Dictionary

All Word

79001 वर्णधर्म ना. वर्णअनुसारको पेसा, कर्तव्य वा स्वभाव र आचरण।
79002 वर्णन ना. १. क्रमबद्ध रूपमा आएको वा विस्तारपूर्वकको कथन; बेलीविस्तार; बखान्।
79003 वर्णन ना. २. कुनै कुराकानी वा घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान; विवरण।
79004 वर्णन ना. ३. प्रशंसा; तारिफ।
79005 वर्णनातीत वि. वर्णन वा बखान गर्न नसकिने; बेलीविस्तार लाउन कठिन; अवर्णनीय।
79006 वर्णनात्मक वि. १. वर्णन बेसी भएको; वर्णनसहितको; वर्णनयुक्त; वर्णनमय।
79007 वर्णनात्मक वि. २. वर्णनका पद्धतिद्वारा तयार गरिने वा भएको (वर्णनात्मक व्याकरण, वर्णनात्मक भाषाविज्ञान इ.)।
79008 वर्णनात्मकता ना. वर्णनात्मक हुनाको भाव वा अवस्था।
79009 वर्णनीय वि. १. वर्णन गर्नुपर्ने; वर्णन गर्न सकिने।
79010 वर्णनीय वि. २. प्रशंसनीय; सहनीलायक।
79011 वर्णपट ना. १. केटाकेटी वा सिकारुहरूलाई अक्षर चिनाउनका निम्ति अकारादि क्रमले अक्षर छापिएको ठुलो पत्र; भित्ते वर्णमाला; साउँअक्षर लेखिएको काठको पाटी।
79012 वर्णपट ना. २. सूर्यको किरण वा कुनै सेतो किरणमा सात किसिमका रङ्ग देखिने पट।
79013 वर्ण परिचय ना. १. अक्षरको ज्ञान।
79014 वर्ण परिचय ना. २. अक्षर चिनाउने पुस्तिका; वर्णमाला।
79015 वर्णभेद ना. १. सनातन धर्मअनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्णमा लाइएको भाग।
79016 वर्णभेद ना. २. उच्चता, नीचता वा रङका दृष्टिले मनुष्यजातिमा गरिएको भिन्नता वा भेदभाव।
79017 वर्णमाला ना. कुनै लिपिका साउँअक्षर क्रमैसँग लेखिएको पत्रसमूह; कखहरा पढाउने पुस्तक; वर्णपरिचय।
79018 वर्णलोप ना. शब्दमा हुने कुनै वर्णको लोप। (जस्तो- स्टेसन > टेसन, बाच्छो > बाछो इ.)।
79019 वर्णविकार ना. शब्दको कुनै एक वर्ण अर्कै वर्णमा परिणत हुने काम, वर्णको विकार। (जस्तो- संस्कृतबाट नेपालीमा आउँदा काकको काग, ग्रामको गाउँ, चक्रको चक्का इ.)।
79020 वर्णविचार ना. वर्णको स्वरूप, कोटि, उच्चारण, प्रयोग आदिको विवेचना वा व्याख्या गर्ने नियम वा विभाग।
79021 वर्णविद्वेष ना. काला, गोरा आदि वर्ण वा जातिका आधारमा सानोठुलो भनी भेदभाव गरिने प्रवृत्ति तथा हीनताजन्य भावना।
79022 वर्णविन्यास ना. वर्णको व्यवस्थित रखाइ; अक्षरविन्यास; हिज्जे; वर्तनी; खिप्ती।
79023 वर्णविपर्यय ना. शब्दका वर्णहरू अगाडिको पछाडि वा पछाडिको अगाडि हुने चाल; अक्षरहरूको उलटफेर।
79024 वर्णविभाग ना. १. हिन्दु धर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
79025 वर्णविभाग ना. २. मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी।
79026 वर्णवृत्त ना. लघुगुरुको क्रम वा वर्णको सङ्ख्या मिलाई लेखिएको वाक्य; वार्णिक छन्दमा रचित पद्य।
79027 वर्णव्यवस्था ना. हिन्दु धर्मका अनुसार गरिएको वर्णसम्बन्धी व्यवस्था वा विभाजन।
79028 वर्णसङ्कर ना. दुई अलग जातिका आमाबाबुबाट जन्मेको सन्तान; ठिमाहा।
79029 वर्णागम ना. शब्दका सन्धि आदि हुँदा अगाडि, पछाडि वा बिचमा कुनै अक्षर थपिने काम। (उदा.- दि+आउँछ = दियाउँछ, दिलाउँछ -मा 'य' र 'ल' आगम इ.)।
79030 वर्णात्मक वि. वर्ण वा अक्षरमा लेखिने तथा लेखिएको (शब्द, पदावली आदि)।
79031 वर्णानुक्रम ना. अकारादि क्रम मिलाई गरिएको क्रम; अक्षरादि क्रम; अक्षरको सिलसिला।
79032 वर्णानुक्रमिक वि. वर्णानुक्रममा रहेको वा मिलेको; अक्षरको सिलसिलामुताबिकको।
79033 वर्णाश्रम ना. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आदि चार आश्रम।
79034 वर्णाश्रम धर्म ना. वर्णाश्रममा रहेर पालन गरिने कर्तव्य तथा सोअनुसार प्राप्त गरिने धर्म।
79035 वर्णित वि. १. वर्णन गरिएको; बयान गरिएको; भनिएको।
79036 वर्णित वि. २. चित्रण गरिएको; चित्रित।
79037 वर्णित वि. ३. प्रशंसा गरिएको।
79038 वर्णी वि. १. कुनै एक वर्ग वा जातिको।
79039 वर्णी वि. २. शील, धर्म आदि भएको (ब्रह्मचारी) आदि।
79040 वर्ण्य वि. १. वर्णन गर्न लायक; वर्णनीय।
79041 वर्ण्य वि. २. प्रस्तुत।
79042 वर्तन ना. १. रहने वा टिक्ने काम; बसाइ।
79043 वर्तन ना. २. विद्यमान स्थिति; स्थिरता।
79044 वर्तन ना. ३. व्यवहार।
79045 वर्तन ना. ४. जीविका।
79046 वर्तन ना. ५. घुमाइ; चक्कर।
79047 वर्तनी ना. १. विद्यमानता; स्थिति। २ शब्दअन्तर्गत वर्णहरूको विन्यासमा हुने आवश्यक क्रमिकता र विशुद्धपन; हिज्जे।
79048 वर्तनी ना. ३. जीवनवृत्ति; भत्ता।
79049 वर्तनी ना. ४. निवृत्तिभरण; पेन्सन।
79050 वर्तमान वि. १. अहिले भइरहेको वा चलिरहेको; समसामयिक।