Dictionary

All Word

78851 वयःस्थ वि. २. बलिष्ठ; बलियो।
78852 वयःस्थ वि. ३. प्रौढ। ना.
78853 वयःस्थ वि. ४. वयमिल्दो साथी; दौँतरी।
78854 वय ना. १. जीवनको बितेको समय; उमेर; अवस्था।
78855 वय ना. २. यौवन; जवानी।
78856 वयस् ना. बितेको जीवनकाल; आयु।
78857 वयस्क वि. १. वयप्राप्त; उमेर पुगेको।
78858 वयस्क वि. २. कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग।
78859 वयस्क मताधिकार ना. उमेर पुगेका सबै नागरिकले विनाभेदभाव मत दिन र प्रतिनिधि छान्न पाउने अधिकार; बालिग मताधिकार।
78860 वयोवृद्ध वि. बुढ्याइँमा पुगेको; उमेर ढल्केको; सबैले मान्ने वृद्ध।
78861 वर ना. १. देवता, गुरुजन आदिसँग मागिने र उनीहरू प्रसन्न भएर दिने फल वा मनोरथसिद्धिको आशिष।
78862 वर ना. २. कन्यासँग विवाह गर्न पक्का भएको केटो; दुलहा; बेहुलो।
78863 वर ना. ३. शब्दका पछाडि गाँसिएर श्रेष्ठताको भाव बुझाउने शब्द (जस्तै- गुरुवर, कविवर, प्रियवर, मान्यवर इ. )।
78864 वर ना. ४. उत्तम; श्रेष्ठ; गतिलो।
78865 वर प. स. कुनै काम सकेर अर्को काम गर्न अह्राउँदा क्रियापदमा द्वित्व झैँ भएर जोरिने शब्द (उदा.- तिमी घरैमा बसवर, खाऊवर र केटाकेटीको विचार गरवर )।
78866 वर क्रि.वि. आफूतिर; आफ्ना छेउमा; नजिक।
78867 वरको वि. आफ्ना छेउ वा नजिकको; आफन्त; नाताकुटुम्बभित्र पर्ने। (उदा.- यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त भएन)।
78868 वरण ना. १. कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम।
78869 वरण ना. २. विवाहमा दुलहालाई गरिने आदरपूर्ण स्वागतसत्कार।
78870 वरण ना. ३. कन्याले वर रोज्ने वा स्वीकार गर्ने काम।
78871 वरण ना. ४. रोजाइ; छनोट; मनोनयन।
78872 वरण स्वतन्त्रता/स्वातन्त्र्य ना. कसैलाई आफूखुसी वरण गर्ने वा छान्नचुन्न पाउने अधिकार।
78873 वरणी ना. विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष।
78874 वरणीय वि. १. वरण गर्न योग्य; रोज्न वा छान्न लायक।
78875 वरणीय वि. २. ग्रहण गर्न योग्य; लिनुपर्ने।
78876 वरत्र क्रि.वि. यस लोकमा; यस लोकका निम्ति; यस जगत्मा। (उदा.- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन।
78877 वरद वि. वर दिने; वरदाता; आशीर्वाद दिने।
78878 वरदान ना. देवता वा गुरुजन आदिले प्रसन्न भएर अभीष्टसिद्धिका निम्ति दिने आशीर्वाद; इच्छित वस्तुको प्राप्ति; वर।
78879 वरदायक वि. वर दिने; वरदाता।
78880 वरन् संयो. त्यसो भन्दा; बरु; तर।
78881 वरपक्ष ना. बिहेबटुलोमा दुलहातर्फका निम्तालु वा दुलहासँगै जाने मानिस; बरियाँ; जन्ती।
78882 वरपर क्रि.वि. १. नजिकपुँडो; चारैतिर; यताउति। ना.
78883 वरपर क्रि.वि. २. छरछिमेक।
78884 वरपीपल ना. १. वर र पीपलको रुख।
78885 वरपीपल ना. २. पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णुलक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख। (विष्णुलक्ष्मी सम्झेर प्रतिष्ठा गर्दा वरपीपलको बिहे गरिदिने नेपालीहरूको धार्मिक चलन छ)।
78886 वरमाला ना. स्वयंवरमा वा विवाहका समयमा दुलहालाई दुलहीले लगाइदिने माला।
78887 वरयात्रा ना. उत्सवपूर्वक वरलाई साथमा लिएर जाने व्यक्तिहरूको लर्को; बरियाँत; जन्त।
78888 वरयात्री ना. जन्तीमा जाने व्यक्तिहरूको समूह; बरियाँत ।
78889 वरवर्णिनी ना. स्वयंवर गर्नका निम्ति तयार भएकी कन्या।
78890 वराङ्ग ना. १. माथ; शिर।
78891 वराङ्ग ना. २. सुन्दर शरीर।
78892 वराङ्गना ना. सुन्दर स्त्री; राम्री आइमाई।
78893 वराङ्गी वि. सुन्दर शरीर भएकी स्त्री; राम्री कन्या।
78894 वरात ना. हे. बनात।
78895 वरापरी ना. [ख वरपरे आवश्यक खर्चबर्च; भइपरी आउने खर्च। (उदा.- बिहान-बेलुकीको छाक त जिनतिन चलेको छ, वरापरीले पो माऱ्यो।
78896 वराभय ना. 'चाहिएको कुरा भन र निर्भर रहू' भन्ने भाव बुझाउने शब्द; वर र अभय।
78897 वराभय पाणि वि. १. वरमुद्रा र अभयमुद्रा धारण गरेका; वराभयमुद्रामा रहेका। ना.
78898 वराभय पाणि वि. २. विष्णु।
78899 वराभय पाणि वि. ३. बुद्ध।
78900 वराह ना. १. सुँगुर; बनेल।