Dictionary

All Word

78701 वटुक ना. १. एकादश रुद्रमध्ये एक रुद्र; एक भैरव।
78702 वटुक ना. २. बालक; वटु।
78703 वटुक ना. ३. ब्रह्मचारी।
78704 वडवा ना. १. घोडी।
78705 वडवा ना. २. अश्विनी नामकी अप्सरा।
78706 वडवा ना. ३. कमारी; दासी।
78707 वडवा ना. ४. वेश्या; रन्डी।
78708 वडवाग्नि ना. वडवानल।
78709 वडवानल ना. समुद्रभित्र रहने आगो; वडवाग्नि।
78710 वडा ना. जनसङ्ख्या, घर, क्षेत्र आदिका आधारमा छुट्ट्याइएको नगर, गाउँ आदिको इलाका वा विभाग।
78711 वणिक् ना. १. बनियाँ; बेपारी।
78712 वणिक् ना. २. ज्योतिषशास्त्रको एक करण।
78713 वणिक् वृत्ति ना. वणिक्को व्यवसाय वा काम; व्यापार; वाणिज्य।
78714 वत् प्रत्य. नामशब्दका पछाडि गाँसिएर समानता, युक्तता,सम्पन्नता आदि अर्थबोध गराउने प्रत्यय वा आबद्ध रूप (जस्तै- मातृवत्, मित्रवत्, हिमवत् इ.)।
78715 वतन ना. १. जन्मेको वा बसेको ठाउँ (घर, गाउँ वा टोल, जिल्ला, देश आदि)।
78716 वतन ना. २. घरद्वार भएको वा डेरा गरेर बसेको ठाउँ; ठेगाना।
78717 वत्स ना. १. मानिसको बालक।
78718 वत्स ना. २. गाईको बाछो।
78719 वत्स ना. ३. सन्तान;शिशु।
78720 वत्स ना. ४. छोरो वा आफूभन्दा सानो उमेरको व्यक्तिलाई स्नेहपूर्वक बोलाइने शब्द।
78721 वत्स ना. ५. गोत्रप्रवर्तक एक ऋषिको नाम।
78722 वत्स गोत्र ना. वत्स ऋषिको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा लम्साल, दाहाल, रूपाखेती, राणा र कुँवर थर हुनेहरूको गोत्र।
78723 वत्सनाभ ना. सिमालीका जस्ता पात र बाछाको नाभिजस्तो जरो हुने एक प्रकारको विष-बुटी।
78724 वत्सर ना. वर्ष; साल।
78725 वत्सल वि. १. सन्तानमाथि प्रेम भएको।
78726 वत्सल वि. २. सबै केटाकेटीलाई छोराछोरी जस्तै माया गर्ने। ना.
78727 वत्सल वि. ३. साहित्यमा दश रस मान्दा सन्तानप्रति आमाबाबुको स्नेह वर्णनका रूपमा उत्पन्न हुने एक रस।
78728 वत्सल वि. ४. छोराछोरीप्रति आमाबाबुको प्रेमभाव; स्नेह।
78729 वद वि. बोल्ने; कुरा गर्ने (प्रायः शब्दका पछाडि प्रयुक्त, जस्तै- प्रियंवद, सत्यंवद )।
78730 वदन ना. १. अनुहार; चेहरा; मुख। (उदा.- उनको वदन फूल जस्तै कोमल छ।)।
78731 वदन ना. २. अघिल्लो हिस्सा वा भाग; मुहुडा।
78732 वदन ना. ३. कुनै कुरा भन्ने क्रिया वा भाव; बोल्ने काम; कथन।
78733 वदी ना. कृष्णपक्ष; सुदीको विपर्याय शब्द ( जस्तो- सुदीवदी)।
78734 वध ना. कसैलाई मार्ने वा कुट्ने काम; हत्या; हिंसा।
78735 वधक वि. १. वध गर्ने; मार्ने; हत्यारा।
78736 वधक वि. २. ब्याधा।
78737 वत्सभूमि ना. अपराधीलाई प्राणदण्ड दिने ठाउँ; वध गर्ने वा मार्ने ठाउँ।
78738 वधिक वि. १. वध गर्ने; मार्ने। ना.
78739 वधिक वि. २. कस्तूरी।
78740 वधू ना. १. भर्खर बिहा गरिएकी स्त्री; नवविवाहिता स्त्री; दुलही; बेहुली।
78741 वधू ना. २. भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।
78742 वधू गृहप्रवेश ना. घरमा नवविवाहिता दुलहीलाई पहिलोपल्ट प्रवेश गराउने विधि वा मुहूर्त।
78743 वध्य वि. १. मार्न लायक; मार्नुपर्ने।
78744 वध्य वि. २. प्राणदण्ड दिन उचित।
78745 वध्यचिह्न ना. प्राणदण्ड दिइने अपराधीलाई लगाइने चिनु।
78746 वध्यभूमि ना. प्राणदण्ड दिने स्थान; वधभूमि।
78747 वन ना. १. थुप्रै रुख तथा बोटबिरुवाहरू उम्रेर बाक्लो भएको क्षेत्र; जङ्गल; झाडी; बन।
78748 वन ना. २. बगैँचा।
78749 वन ना. ३. दशनामी सन्न्यासीहरूले पाएको एक उपाधि।
78750 वन उद्योग ना. वनको संरक्षण तथा संवर्धन गरी प्राकृतिक सम्पदा बढाउने उद्योग।