Dictionary

All Word

78751 वन उपखण्ड ना. वनको खण्डभित्रको खण्ड।
78752 वन उपोदकी ना. वनमा हुने एक जातको पवै; बनपवै।
78753 वनकदली ना. बनकेरा।
78754 वनकरी ना. जङ्गली हात्ती।
78755 वनकुक्कुट ना. बनकुखुरो; लुइँचे।
78756 वनकुञ्जर ना. जङ्गली हात्ती; वनकरी।
78757 वनकुसुम ना. जङ्गलमा फुल्ने एक जातको कुसुम फूल; बनैयाँ कुसुम।
78758 वनक्षेत्र ना. वनको साँधसिमाना छुट्ट्याइएको वा बन्देज गरिएको निर्धारित क्षेत्र।
78759 वनखण्ड ना. टुक्राटुक्रीमा विभाजित वन; सानो जङ्गल।
78760 वनगढ ना. वनको किल्ला।
78761 वनचम्पक ना. बनचाँप; काठेचाँप।
78762 वनचर ना. १. वनमा बस्ने वा घुम्ने प्राणी; जङ्गली प्राणी।
78763 वनचर ना. २. बनकर; बाँदर।
78764 वनचर ना. ३. जन्तु; पशु।
78765 वनचारी वि. वनमा बस्ने वा घुम्ने (प्राणी)।
78766 वनज वि. वनमा उत्पन्न हुने; जङ्गली; बनैयाँ।
78767 वनजन्तु ना. वनमा हुने वा बस्ने जन्तु वा प्राणी; जङ्गली जनावर।
78768 वनतुलसी ना. बाबरी।
78769 वनदमना ना. हिमालयमा पाइने एक जातको दमना।
78770 वनदुर्ग ना. राष्ट्ररक्षाका लागि वनलाई नै किल्लाका रूपमा प्रयोग गरिने स्थान।
78771 वनदेवता ना. वनका अधिष्ठात्री देवता। स्त्री. वनदेवी।
78772 वननाशन ना. कुनै क्षेत्रलाई जङ्गलले रहित पार्ने वा आवादी बसाउन जङ्गल फाँड्ने काम।
78773 वनपथ ना. १. जङ्गलको बाटो; वनको बिचबाट जानुपर्ने बाटो।
78774 वनपथ ना. २. डढेलो आदिबाट जोगाउन र यातायातको सुविधासमेतका लागि वनलाई खण्डखण्ड गरी छुट्ट्याएर बनाइएको बाटो।
78775 वनभूमि ना. वनले ढाकिएको जमिन; वनस्थली।
78776 वनभोज ना. बनभात; बनभतेर।
78777 वन महोत्सव ना. वनको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले अनेक बोटबिरुवा लगाई गरिने उत्सव।
78778 वनमानुष ना. बनमान्छे।
78779 वनरक्षक ना. वनजङ्गलको सुरक्षा गर्ने वा वनलाई विनाश हुनबाट जोगाउने व्यक्ति; वनपाल; बनपाले।
78780 वनरोपण ना. पाखामैदानमा वन वा जङ्गल लगाउने काम।
78781 वनमाला ना. १. जङ्गली फूल वा फूलपातहरू उनेर बनाइएको माला।
78782 वनमाला ना. २. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल - यी पाँचथरी फूल उनेर गाँसिएको माला।
78783 वनमाली वि. १. वनमाला पहिरने। ना.
78784 वनमाली वि. २. कृष्ण।
78785 वनमाली वि. ३. लहराहरूबाट स्वागतद्वार आदि सजाइने र फलबाट विस्फोटक वस्तु तयार पार्न काम लिन सकिने एक जातको लहरो।
78786 वनवाटिका ना. वन र वाटिका; वनउपवन।
78787 वनवास ना. १. वनको वास वा वनमा बस्ने काम।
78788 वनवास ना. २. धार्मिक दृष्टिले सजाय भोग्न वा निराधार भई गरिने वनको बसाइ।
78789 वनवासी वि. वनमा बस्ने; जङ्गलनिवासी।
78790 वनविज्ञान ना. वनजङ्गलको विषय वा वृक्षरोपण आदिसम्बन्धी विज्ञान वा शास्त्र।
78791 वन व्यवसाय ना. वनजङ्गल बढाउने र रुखपात, काठ, जडीबुटी आदि वनपैदावारको बिक्रीवितरण गरिने काम।
78792 वन संरक्षक ना. वनरक्षक।
78793 वन संरक्षण ना. वनजङ्गलको संरक्षण गर्ने वा वनलाई क्षय हुनबाट बचाउने काम।
78794 वनसम्पदा ना. वनजङ्गल र वन्य जन्तु तथा पक्षीका रूपमा रहेको राष्ट्रिय धन।
78795 वन सरोजिनी ना. कपासको बोट।
78796 वन सहचर ना. रातो फूल फुल्ने खालको सहचर बुटी।
78797 वनसाधन ना. वनबाट प्राप्त हुने सबै सामग्री।
78798 वनस्थली ना. जङ्गलभित्रको सानो जमिन; वनभूमि।
78799 वनस्पति ना. प्रायः फूल नफुलीकनै फल लाग्ने खालको रुखविशेष; बोटबिरुवा, लता आदि।
78800 वनस्पति घिउ ना. नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ; घाँसे घिउ; डाल्डा।