Dictionary

All Word

78901 वराह ना. २. विष्णुका दश अवतारमध्ये तेस्रोअवतार।
78902 वराह ना. ३. अठार पुराणमध्ये वराहअवतारको माहात्म्य वर्णन गरिएको एक पुराण।
78903 वराह अवतार ना. विष्णुका दश अवतारमा तेस्रो अवतार।
78904 वराहकल्प ना. विष्णुले वराहको अवतार धारण गरेको समय।
78905 वराहक्षेत्र नेपालको सुनसरी जिल्लामा पर्ने, सप्तकोसी र कोकाहा नदीको सङ्गममा रहेको वराह भगवान्को मन्दिरसहितको एक प्रसिद्ध तीर्थस्थल।
78906 वराह मिहिर विक्रमादित्यका नवरत्नमध्ये एक तथा ज्योतिषशास्त्रका प्रख्यात आचार्य।
78907 वरि ना. यो. १. वरतिर; वर। (उदा.- तिम्रै घरवरि भेटुँला नि त ) । ना.
78908 वरि ना. यो. २. जोत्न लागेका गोरुलाई एक मेसोबाट फर्काउन हलीले प्रयोग गर्ने शब्द; होर्रा वा तलीको अर्को रूप।
78909 वरिपरि क्रि.वि. वरपर; यताउति; चारैतिर।
78910 वरिष्ठ वि. १. सबैभन्दा उम्दा; सर्वोत्तम; श्रेष्ठतम।
78911 वरिष्ठ वि. २. अति ठुलो; उच्च कोटिको।
78912 वरिष्ठ अधिवक्ता ना. सर्वोच्च अदालतमा बहस गर्ने अधिकार भएको उच्च तहको वकिल।
78913 वरी प.स. कुनै काम सकेर अर्को काम भएको वा थाल्ने कुरा जनाउन पूर्वकालिक क्रियामा गाँसिने एक रूप ।(उदा.- नानी खेलीवरी घर आइसक्यो। तिमी खाईवरी छिटै आऊ )।
78914 वरीयता ना. १. अधिक श्रेष्ठता; धेरै उम्दापन।
78915 वरीयता ना. २. विशेष मान्यता।
78916 वरुण ना. १. समुद्रका अधिष्ठातृ देवता वा जलका अधिपति; पश्चिम दिशाका दिक्पाल मानिएका एक वैदिक देवता।
78917 वरुण ना. २. आयतनको हिसावले तेस्रो ग्रह; नेपच्युन।
78918 वरुण ना. ३. पानी।
78919 वरुण ना. ४. अन्तरिक्ष।
78920 वरुण ना. ५. सूर्य; आदित्य (प्रायः मित्रका साथ जोडिएर, जस्तो-मित्रावरुण)।
78921 वरुणालय ना. समुद्र; सागर।
78922 वरेण्य वि. १. वरण गर्न उचित वा योग्य; पूज्यतम।
78923 वरेण्य वि. २. सबैभन्दा उत्तम; श्रेष्ठतम; प्रधान; मुख्य । (उदा.- श्री राजन्यवरेण्य मित्रवर ए वीरत्वका सागर- बदरीनाथ भट्टराई, 'चिठी')।
78924 वर्कनु अ.क्रि. १. हिँड्नु; जानु।
78925 वर्कनु अ.क्रि. २. वरतिर आउनु; फिर्किनु।
78926 वर्कनुफर्कनु अ.क्रि. १. घरि वर आउनु र घरि पर जानु; ओहोरदोहोर गर्नु।
78927 वर्कनुफर्कनु अ.क्रि. २. वल्टनु-पल्टनु; ओर्कनु-फर्कनु।
78928 वर्काइ ना. वर्कने क्रिया वा प्रक्रिया।
78929 वर्काइफर्काइ ना. वर्किने-फर्किने क्रिया वा प्रक्रिया।
78930 वर्काइनु क.क्रि. १. फर्काइनु।
78931 वर्काइनु क.क्रि. २. पल्टाइनु।
78932 वर्काइनु फर्काइनु क.क्रि. वर्कनफर्कन लाइनु।
78933 वर्काउनु प्रे.क्रि. १. वर्कन लाउनु; फर्काउनु।
78934 वर्काउनु प्रे.क्रि. २. पल्टाउनु।
78935 वर्काउनु फर्काउनु प्रे.क्रि. वर्कनफर्कन लाउनु।
78936 वर्किनु अ.क्रि. १. वरतिर आइनु।
78937 वर्किनु अ.क्रि. २. वर्कनु।
78938 वर्किनु फर्किनु अ.क्रि. वर्कीफर्की हिँडिनु।
78939 वर्कने फर्कने होइनु।
78940 वर्कीफर्की क्रि.वि. वर्कनेफर्कने गरेर; ओहरदोहर।
78941 वर्ग ना. १. समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुने मानिसहरूको समूह वा जमात; दल; श्रेणी; दर्जा; विभाग।
78942 वर्ग ना. २. एकै स्थानबाट उच्चारण हुने वर्णहरूको समुदाय। (जस्तो- कण्ठबाट क, ख, ग, घ, वर्त्सबाट च, छ, ज, झ आदि)।
78943 वर्ग ना. ४. गणितमा दुई समान अङ्क वा सङ्ख्याले गुन्ने रीति वा त्यसरी निकालिएको गुणनफल।
78944 वर्ग किलोमिटर ना. एक किलोमिटर लम्बाइ र एक किलोमिटर चौडाइ भएको क्षेत्रफल।
78945 वर्गद्वन्द्व ना. वर्गसङ्घर्ष।
78946 वर्गनिरपेक्ष वि. कुनै एक वर्गलाई मात्र प्रधानता नदिइने ( राजनीति वा सिद्धान्त)।
78947 वर्गफल ना. दुई समान राशिको गुणनफल।
78948 वर्गभेद ना. जाति, रङ्ग आदिका आधारमा वर्ग छुट्ट्याउने वा भेदभाव गर्ने काम।
78949 वर्गमाइल ना. एक माइल लम्बाइ र एक माइल चौडाइ भएको क्षेत्रफल।
78950 वर्गमिटर ना. एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको क्षेत्रफल।