Dictionary

All Word

79051 वर्तमान वि. २. विद्यमान; उपस्थित; मौजुद। ना.
79052 वर्तमान वि. ३. व्याकरणमा कुनै काम अहिले भइरहेको जनाउने काल।
79053 वर्तमान काल ना. व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप। (जस्तो- जान्छु, जान्छौँ, जान्छस्, जान्छौ, जान्छन् इ.)।
79054 वर्तिका ना. १. बत्ती; सुत्लो।
79055 वर्तिका ना. २. पेन्सिलको ढाँचाको लेख्ने साधन।
79056 वर्तिका ना. ३. बट्टाई।
79057 वर्तित वि. १. घुमाइएको; रिँगाइएको।
79058 वर्तित वि. २. बिताइएको।
79059 वर्ती वि. रहेको; स्थित ( अरु शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्ती इ.)।
79060 वर्तुल वि. १. चक्रका आकारको; वृत्ताकार; बाटुलो; गोल। ना.
79061 वर्तुल वि. २. गोलाकृति; वृत्त; परिधि; घेरो।
79062 वर्तुलाकार वि. वृत्ताकार; बाटुलो।
79063 वर्तुलाकृति वि. वर्तुलाकार।
79064 वर्त्स ना. माथ्लो दाँतका फेददेखि पछिल्तिर कठोर तालुसम्मको गरागरा परेको भाग।
79065 वर्त्स्य वि. वर्त्सस्थानबाट उच्चरित हुने (ध्वनि)।
79066 वर्दी ना. हे. वरदी; बर्दी।
79067 वर्द्ध ना. बढ्ने काम; वृद्धि; बढाइ।
79068 वर्द्धक वि. वृद्धि गर्ने; बढाउने।
79069 वर्द्धन ना. १. बढ्ने काम; वृद्धि; बढाइ।
79070 वर्द्धन ना. २. अभ्युदय; उन्नति।
79071 वर्द्धनी ना. १. जलपात्र; कमण्डलु।
79072 वर्द्धनी ना. २. मुर्दा लैजाने खट; शवयान।
79073 वर्द्धनी ना. ३. कुचो।
79074 वर्द्धमान वि. १. बढ्ने खालको; वृद्धिशील। ना.
79075 वर्द्धमान वि. २. जैन धर्मका प्रवर्तक तीर्थङ्कर।
79076 वर्द्धमानक वि. १. खुब बढ्ने खालको। ना.
79077 वर्द्धमानक वि. २. माटाको दियो; कपनी ; पाला।
79078 वर्द्धयिता वि. वृद्धि गर्ने; बढाउने।
79079 वर्द्धित वि. १. वृद्धि भएको; बढेको।
79080 वर्द्धित वि. २. भरिएको।
79081 वर्ध ना. वर्द्ध।
79082 वर्धक वि. वर्द्धक।
79083 वर्धन ना. वृद्धि; वर्द्धन।
79084 वर्धनी ना. वर्द्धनी।
79085 वर्धमान ना. वर्द्धमान।
79086 वर्धमानक ना. वर्द्धमानक।
79087 वर्धयिता वि. वर्द्धयिता।
79088 वर्धित वि. वर्द्धित।
79089 वर्मा ना. क्षत्रियहरूको एक उपाधि वा थर।
79090 वर्य वि. १. वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो।
79091 वर्य वि. २. मनपर्दो।
79092 वर्य वि. ३. उत्तम; श्रेष्ठ; गतिलो।
79093 वर्ष ना. १. दुई अयन, छ ऋतु र बाह्र महिना हुने, कालको एक प्रसिद्ध मान; संवत्सर; साल।
79094 वर्ष ना. २. कालगणनामा कुनै विशिष्ट चक्र वा अवधि पूरा हुन लाग्ने समय (जस्तै- चान्द्रवर्ष, सौरवर्ष आर्थिक वर्ष इ.)।
79095 वर्ष ना. ३. कुनै मासको निश्चित तिथिदेखि फेरि त्यही मासको आउने तिथिका बिचको समय।
79096 वर्ष ना. ४. कुनै महाद्वीपको प्रधान भाग वा विभाग (जस्तै- भारतवर्ष, इलावर्ष आदि)।
79097 वर्ष ना. ५. जन्मदेखि वर्तमानसम्मको समय; उमेर; आयु।
79098 वर्ष ना. ६. झरी; वृष्टि।
79099 वर्षण ना. १. बर्सने काम; बर्साइ; वर्षा।
79100 वर्षण ना. २. असिना।