Dictionary

All Word

78951 वर्गमिल ना. वर्गमाइल।
78952 वर्गमूल ना. त्यो राशि जसले वर्गफललाई भाग दिँदा वर्गाङ्क निक्लन्छ। (जस्तो- २५ को वर्गमूल ५ हो)।
78953 वर्ग विभाजन ना. वर्ग छुट्ट्याउने वा बाँड्ने काम।
78954 वर्गविभेद ना. वर्ग अलग्ग्याउने काम; वर्गभेद।
78955 वर्गविहीन ना. वर्ग वा वर्गको भेदभाव नभएको।
78956 वर्गसङ्घर्ष ना. १. समाजका पीडित र पीडक वर्गविच हुने सङ्घर्ष।
78957 वर्गसङ्घर्ष ना. २. समाजका शोषक र शोषितका बिच हुने युद्ध।
78958 वर्गसमन्वय ना. समाजका विभिन्न वर्गका बिच समानताको भाव राख्ने समान सहुलियत प्रदान गर्ने काम; विभिन्न वर्गका बिचको मेलमिलाप।
78959 वर्गस्वार्थ ना. विभिन्न आधारमा बनेका वर्गहरूको आपसी स्वार्थ; वर्गीय स्वार्थ।
78960 वर्गाकार ना. चारचार कुना परेको आकार।
78961 वर्गाकार वृक्षारोपण ना. चारचार कुना पर्ने गरी खण्डखण्ड पारेर रुख रोप्ने प्रविधि।
78962 वर्गाङ्क ना. वर्गफल।
78963 वर्गीकरण ना. विभिन्न वर्गमा विभाजन गर्ने काम; वर्गअनुसार छुट्ट्याउने काम; वर्गवर्गको बँडाइ।
78964 वर्गीकरण मञ्जूषा ना. हुलाकमा वडा वा क्षेत्रअनुसार चिठीपत्र छाँटेर राखिने विशेष प्रकारको खन्डे दराज (सर्टिङकेस)।
78965 वर्गीकृत वि. वर्गमा विभाजन गरिएको; वर्ग छुट्ट्याइएको।
78966 वर्गीय वि. कुनै वर्गसित सम्बन्धित; वर्गको; वर्गमा रहेको।
78967 वर्गीय सङ्गठन ना. विभिन्न वर्गका विच आआफ्नो हितसंरक्षणका निम्ति वैधानिक रूपमा स्थापित वा निर्मित सङ्गठन । (जस्तै- महिला सङ्गठन, युवक सङ्गठन, किसान सङ्गठन, मजदुर सङ्गठन, भूतपूर्व सैनिक सङ्गठन, विद्यार्थी सङ्गठन आदि)।
78968 वर्च ना. १. बल; शक्ति।
78969 वर्च ना. २. प्रकाश; कान्ति; तेज; चम्काइ।
78970 वर्च ना. ३. आकृति; रूप।
78971 वर्चस्व ना. आधिपत्य; अधिकार; नियन्त्रण।
78972 वर्चस्वान् वि. १. तेजस्वी; वर्चस्वी।
78973 वर्चस्वान् वि. २. शक्तिशाली।
78974 वर्चस्विता ना. वर्चस्वी हुनाको भाव, गुण वा अवस्था।
78975 वर्चस्वी वि. १. तेजयुक्त; तेजस्वी।
78976 वर्चस्वी वि. २. शक्तिशाली; पराक्रमी। ना.
78977 वर्चस्वी वि. ३. तेजस्वी व्यक्ति।
78978 वर्चस्वी वि. ४. चन्द्रमा।
78979 वर्जक वि. १. परित्याग गर्ने; त्याग्ने वा छोड्ने।
78980 वर्जक वि. २. मनाही गर्ने; निषेधक।
78981 वर्जन ना. १. छोड्ने काम; त्याग; तिलाञ्जलि।
78982 वर्जन ना. २. निषेध; मनाही; अपवाद।
78983 वर्जन ना. ३. नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम।
78984 वर्जनीय वि. १. छोड्न योग्य; त्याज्य।
78985 वर्जनीय वि. २. निषेध वा मनाही गर्नुपर्ने।
78986 वर्जित वि. १. छोडिएको; अलग्ग्याइएको।
78987 वर्जित वि. २. बहिष्कृत; निषेधित।
78988 वर्जित वि. ३. वञ्चित; रहित।
78989 वर्ज्य वि. वर्जनीय; छोड्न वा त्याग्न योग्य।
78990 वर्ण ना. १. दृष्टिमा आउने रूप वा आकृति; सौन्दर्य; वेशभूषा।
78991 वर्ण ना. २. पदार्थमा हुने रातो, सेतो, कालो, पहेँलो आदि रूपभेद; रङ्ग।
78992 वर्ण ना. ३. हिन्दुधर्मअनुसार मनुष्यजातिका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र )।
78993 वर्ण ना. ४. रँगाउने पदार्थ; रोगन।
78994 वर्ण ना. ५. अ-देखि ज्ञ-सम्मका ध्वनिको प्रतीकचिह्न; टुक्य्राउन नसकिने ध्वनिको एकाइसूचक लिपि।
78995 वर्ण ना. ६. स्थायी, आरोही, अवरोही र सञ्चारी गरी चार प्रकारका भेद हुने गायनको प्रत्यक्ष विधि वा प्रक्रिया।
78996 वर्णक ना. १. आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन।
78997 वर्णक ना. २. अभिनेता, गुप्तचर आदिको पहिरन वा रूपसज्जा।
78998 वर्णक ना. ३. मुखावरण; नकाब; बुर्का।
78999 वर्णक ना. ४. स्तुतिगायक; चारण; भाट।
79000 वर्णतूलिका ना. चित्र लेख्ने बुरुस; कुची।