Dictionary

All Word

79151 वल्लि ना. २. पृथ्वी।
79152 वल्ली ना. लहरो; लता।
79153 वल्लो वि. कुनै दुई वस्तुमध्ये वरतिरको; नजिकको; वरको।
79154 वव ना. पञ्चाङ्गमा पर्ने एघार करणमध्ये एक।
79155 वश ना. १. अधीन; ऐँच; काबु।
79156 वश ना. २. स्वामित्वपूर्ण अधिकार; कब्जा।
79157 वश ना. ३. अरूलाई प्रभावमा पार्ने शक्ति; हैकम।
79158 वश ना. ४. अरू शब्दका पछाडि जोरिएर कारणले, गर्दा आदि अर्थ जनाउने शब्द। (जस्तै- कार्यवश, विधिवश, संयोगवश इ.)।
79159 वशकर वि. वशमा राख्ने; ऐँचमा ल्याउने।
79160 वशवर्ती वि. कसैको वशमा रहेको वा परेको; अधीनस्थ।
79161 वशात् क्रि.वि. वशद्वारा वा वशले गर्दा (जोडिएर प्रयुक्त, जस्तै- दैववशात्, भाग्यवशात् इ.)।
79162 वशिष्ठ ना. १. सप्तर्षिहरूमा प्रमुख मानिएका, मन्त्रद्रष्टा वैदिक ऋषि।
79163 वशिष्ठ ना. २. पुराणअनुसार ब्रह्माजीका मानसपुत्र।
79164 वशिष्ठ ना. ३. भरद्वाजका समसामयिक र दिवोदासका पुत्र। सुदासका पुरोहित।
79165 वशिष्ठ ना. ४. मित्रावरुण नामका देवता र उर्वशी नामकी अप्सराका पुत्र।
79166 वशिष्ठ ना. ५. व्याघ्रपदका बाबु, उपमन्यु ऋषिका बाजे र सिन्धुप्रदका बुढाबाजे।
79167 वशिष्ठ ना. ६. सूर्यवंशी राजाहरूका कुलपुरोहित तथा रामचन्द्र र हरिश्चन्द्रका गुरु।
79168 वशिष्ठ ना. ७. ब्राह्मणोचित प्रतिष्ठा तथा आदर्शका प्रतिनिधि मुनि।
79169 वशिष्ठ ना. ८. गोत्रप्रवर्तक एक ऋषि। (विश्वामित्रले वसिष्ठ ऋषिसँग समता राख्न प्रशस्त प्रयत्न गरेकाले त्यससम्बन्धी थुप्रै उपाख्यान प्रचलित छन्)।
79170 वशिष्ठ गोत्र ना. वसिष्ठ ऋषिको नाममा चलेको उनको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा भट्टराई, दवाडी, थानसिङे भँडारी, सिजापती, चालिसे, सोती, मुडभरी, सुयल मगर, सुयल थापा र सुयल घर्तीहरूको गोत्र।
79171 वशीकरण ना. कसैलाई टुनामुना आदि गरी वशमा पार्ने काम; सम्मोहन; टुनामोहनी।
79172 वशीकृत वि. वशमा पारिएको; वशीभूत; सम्मोहित।
79173 वशीभूत वि. वशमा परेको; अधीनमा भएको।
79174 वश्य वि. वशमा राख्नुपर्ने वा राख्न सकिने; वशमा राखिएको; अधीन तुल्याइएको। ना. दास; कुमारो।
79175 वषट् ना. कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि)।
79176 वसती ना. १. रहने वा टिक्ने काम।
79177 वसती ना. २. वासस्थान; आवास; घर।
79178 वसती ना. ३. डेरा।
79179 वसती ना. ४. आधार; आश्रय।
79180 वसती ना. ५. शिविर।
79181 वसती ना. ६. बस्ती।
79182 वसन ना. १. कपडा; वस्त्र; परिधान।
79183 वसन ना. २. ढाक्ने वस्तु वा उपकरण।
79184 वसन ना. ३. लुगा।
79185 वसन्त ना. छ ऋतुमध्ये एक र पहिलो ऋतु (चैत र वैशाख (महिना); ऋतुराज।
79186 वसन्तकाल ना. वसन्तको याम; वसन्तऋतु।
79187 वसन्ततिलका ना. चौध अक्षरको पाउ, प्रत्येक चरणमा क्रमशः तगण, भगण, दुई जगण र आखिरमा दुई गुरु हुने अनि छ र आठ अक्षरमा यति भएको एक छन्द।
79188 वसन्त पञ्चमी ना. माघ शुक्ल पञ्चमी; श्रीपञ्चमी।
79189 वसन्त पुष्प ना. वसन्त ऋतुमा फुल्ने फूलविशेष।
79190 वसन्त श्रवण ना. वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमानढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीतगोविन्द' काव्यको कुनै भाग सुन्ने काम।
79191 वसन्ती ना. १. पाकेका कागतीको बोक्राजस्तो हल्का वा फिक्का पहेँलो रङ। वि.
79192 वसन्ती ना. २. त्यस रङको।
79193 वसन्तोत्सव ना. वसन्तपञ्चमीका दिन वा त्यसको भोलिपल्ट मनाइने एक उत्सव वा चाड; मदनोत्सव।
79194 वसा ना. प्राणीको शरीरमा हुने सेतो चिल्लो पदार्थ; बोसो।
79195 वसियत ना. मृत्युउप्रान्त आफ्नो श्रीसम्पत्ति यस प्रकारले उपयोग गर्नू भनी दिइने स्वैच्छिक निर्देशन वा स्वीकृति; शेषपछिका लागि व्यवस्था वा आदेश गरिएको बकस।
79196 वसियतनामा ना. आफ्नो मृत्युउप्रान्त आफ्ना अधिकारमा रहेको चल-अचल सम्पत्ति यस प्रकारले उपयोग गरियोस् भनी मृत्युभन्दा पहिला नै लेखिदिने कागतपत्र; वसियतका सर्त लेखिएको शेषपछिको बकसपत्र वा बन्डाचुन्डाको लिखत।
79197 वसिष्ठ ना. हे. वशिष्ठ।
79198 वसु ना. १. आप वा अह, ध्रुव, सोम, धर वा धव, अनिल, अनल, प्रत्यूष र प्रभास- यी आठ वैदिक देवताको समूह।
79199 वसु ना. २. उक्तअनुसार आठलाई जनाउने सङ्ख्या।
79200 वसु ना. ३. मणि; रत्न।