Dictionary

All Word

78551 ल्वासल्वासी/ल्वासल्वास्ती क्रि.वि. अझै ल्वासल्वास भएर।
78552 ल्वास्स क्रि.वि. नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने, लगाउने गरी।
78553 ल्हाफेवा ना. थकाली जातिले तिब्बती पात्रोअनुसार प्रत्येक बाह्र वर्षमा आउने 'बाँदर वर्ष' पारेर कार्तिक महिनामा मनाउने कुलदेवताको पूजा, जुलुस र धार्मिक ग्रन्थको पाठसहितको बाह्रवर्षे जात्रा वा उत्सव।
78554 ल्हाम ना. हिमाली भेगका महिलाहरूले जाडोमा लगाउने लुगाविशेष।
78555 ल्होसार ना. १. महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन।
78556 ल्होसार ना. २. सो दिनमा मनाउने पर्व।
78557 ल्होसार ना. ३. मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत्।
78558 देवनागरी वर्णमालाको उनन्तिसौं, व्यञ्जन कण्ठोष्ठ्य; घोष,अल्पप्राण, अर्धस्वर व्यञ्जन; तलथोप्ली व।
78559 वंश ना. १. बाँस।
78560 वंश ना. २. ढाडको हाड; मेरुदण्ड।
78561 वंश ना. ३. नाकको डाँडी।
78562 वंश ना. ४. परिवार; कुल; खलक; खानदान।
78563 वंश ना. ५. सन्तति; सन्तान; लहरो।
78564 वंशकर्पूर ना. वंशलोचन।
78565 वंशधर ना. १. वंशलाई जोगाइरा राख्ने पुरुष; कुलको रक्षा गर्ने पुरुष; वंशको रक्षक।
78566 वंशधर ना. २. सन्तान।
78567 वंशपरम्परा ना. कुनै वंशको अक्षुण्ण रूपमा चल्दै आएको परम्परा वा क्रम।
78568 वंशलोचन ना. पोथी बाँसको गुदीमा जम्ने र औषधीका रूपमा प्रयोग हुने चिनीजस्तो पदार्थ। (मेघ गर्जने अवस्थामा स्वाती नक्षत्र परेका बेला बाँसभित्र पानी जमेपछि वंशलोचन बन्छ भन्ने लोकविश्वास छ)।
78569 वंशवृक्ष ना. १. कुनै वंशका मूल पुरुषदेखि लिएर त्यस वंशका वर्तमान कालसम्मका मानिसहरूको शाखासन्ततिको क्रम लेखिएको तालिका।
78570 वंशवृक्ष ना. २. बाँसको बोट।
78571 वंशस्थ ना. प्रत्येक चरणमा बाह्र अक्षर हुने, जगण, तगण, जगण र रगणले एक पाउ बन्ने र पाँच अक्षरमा यति हुने एक वार्णिक छन्द।
78572 वंशागत वि. वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्त।
78573 वंशाणु ना. वंशानुगत गुणहरू सार्ने अति सूक्ष्म वस्तु; जीवमा वंशानुगत रूपमा रहने अणु।
78574 वंशानुक्रम ना. वंशपरम्परा।
78575 वंशावली ना. १. कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिका।
78576 वंशावली ना. २. वंशको वृत्तान्त; पुर्ख्यौली।
78577 वंशी ना. १. बाँसुरी।
78578 वंशी ना. २. रगत बग्ने नसा।
78579 वंशी ना. ३. वंशलोचन।
78580 वंशी ना. ४. कुनै नाम शब्दको पछिल्तिर लागी त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द। (जस्तै - रघुवंशी, शाहवंशी आदि)। वि.
78581 वंशी ना. ५. वंशसम्बन्धी; वंशको; वंशीय।
78582 वंशीधर ना. १. कृष्ण। वि.
78583 वंशीधर ना. २. बाँसुरी लिएर हिँड्ने; हातमा बाँसुरी लिएको।
78584 वंशीय वि. १. बंसियार।
78585 वंशीय वि. २. कुनै नाम शब्दको पछिल्तिर जोडिने र त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द; वंशी (जस्तै- सूर्यवंशीय, चन्द्रवंशीय आदि)।
78586 वंशोद्भव वि. कुनै वंशमा पैदा भएको; कुनै कुलमा जन्मेको; वंशोत्पन्न।
78587 वंश्य वि. १. वंशीय। ना.
78588 वंश्य वि. २. वंशको व्यक्ति।
78589 वंश्य वि. ३. पूर्वज; पुर्खा।
78590 वंश्य वि. ४. सन्तान।
78591 वकार ना. 'व' अक्षर; अन्तःस्थ वर्गको चौथो वर्ण।
78592 वकालत ना. १. अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम।
78593 वकालत ना. २. कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने जिरह।
78594 वकालतनामा ना. आफ्नो प्रतिनिधि भई अदालतमा मुद्दाको बहस वा पैरबी गर्न कसैलाई दिइनेलिइने अधिकारपत्र वा मन्जुरनामा।
78595 वकिल ना. १. कसैको प्रतिनिधि भएर अदालतमा गई वकालत गर्न अधिकार पाएको व्यक्ति; कानुनव्यवसायी।
78596 वकिल ना. २. राजदूत वा राजप्रतिनिधि।
78597 वकिली ना. वकिलको काम वा व्यवसाय।
78598 वकुल ना. हे. बकुल।
78599 वक्तव्य ना. १. कुनै विषयवस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृता; कथन। वि.
78600 वक्तव्य ना. २. भन्नुपर्ने वा भन्न उचित; कथनीय।