Dictionary

All Word

78501 ल्याउनु स.क्रि. २. कमाइ, आमदानी आदि भित्र हुल्नु।
78502 ल्याउनु स.क्रि. ३. स्वास्नी भित्र्याउनु।
78503 ल्याकत ना. हे. ल्यागत।
78504 ल्याकत जाँच ना. ल्यागतजाँच।
78505 ल्याकत दार वि. ल्यागतदार।
78506 ल्याकती वि. ल्यागती।
78507 ल्यागत ना. उपयुक्त वा योग्य हुने स्थिति; योग्यता; लायकपन।
78508 ल्यागतजाँच ना. ल्यागत जाँच्ने काम; योग्यतापरीक्षा (टेस्ट)।
78509 ल्यागतदार वि. ल्यागत भएको; ल्यागती; लायक; योग्य।
78510 ल्यागती वि. ल्यागत पुगेको; ल्यागतदार।
78511 ल्याङफ्याङ ना. १. बेढङ्गको लवाइ; छन्द न बन्दको पहिरन।
78512 ल्याङफ्याङ ना. २. व्यवस्था नमिलेको कामकारवाई।
78513 ल्याङल्याङ क्रि.वि. १. कुनै घर, कोठो आदि साह्रै ठुलो र लामो हुने गरी।
78514 ल्याङल्याङ क्रि.वि. २. हल्लने वा हल्लाउने चालले।
78515 ल्याङल्याङी/ल्याङल्याङ्ती क्रि.वि. अझै बढी ल्याङल्याङ भएर।
78516 ल्याटिन ना. इटाली देशमा प्रचलित प्राचीन भाषा।
78517 ल्यात्त क्रि.वि. गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसित।
78518 ल्यान्डरोभर ना. ठुलो खालको र बलियो जिप गाडी।
78519 ल्यापल्याप क्रि.वि. कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग।
78520 ल्यापल्यापती/ल्यापल्यापी क्रि.वि. अझ क्रमिक रूपले ल्यापल्याप गरी।
78521 ल्याप्चे ना. औँठामा छापमसी दलेर शङ्खचक्रको रेखा प्रस्ट देखिने गरी गरिने सहीछाप; औँठाछाप।
78522 ल्याप्प क्रि.वि. १. कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर।
78523 ल्याप्प क्रि.वि. २. लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी।
78524 ल्याफल्याफ क्रि.वि. १. पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी।
78525 ल्याफल्याफी/ल्याफल्याफ्ती क्रि.वि. अझ ल्याफल्याफ भएर।
78526 ल्यासल्यास क्रि.वि. लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी।
78527 ल्यासल्यासी/ल्यासल्यास्ती क्रि.वि. अझ छिटो ल्यासल्यास भएर।
78528 ल्यासे मैजू ना. तरुनी नेवार्नी।
78529 ल्यासे वि. तरुनी; ठिटी।
78530 ल्यु ना. चौँरीको ऊनबाट बनाइएको राडी।
78531 ल्वाँग ना. हे. ल्वाङ।
78532 ल्वाँगे वि. १. कामकुरा गर्ने सिप वा ढङ्ग नभएको।
78533 ल्वाँगे वि. २. भद्दा जिउको र बेकम्मा (मानिस)।
78534 ल्वाक्क क्रि.वि. धेरै वस्तु खास गरी रुपियाँपैसा एकै खेप दिने वा पाउने गरी।
78535 ल्वाक्क फ्वाक्क क्रि.वि. यताउति गरी वा टाक्कटुक्क मिलाएर; छ्वाय-फ्वाय।
78536 ल्वाङ ना. मसिना पात हुने एक जातको बोट र त्यसैको मसलाका निम्ति प्रसिद्ध ससानो सुगन्धी फूल।
78537 ल्वाङ किलो ना. ल्वाङको फूलजस्तो र छत्तादार सानो फलामे किलो।
78538 ल्वाङ फुल ना. १. कानमा लगाइने ल्वाङका आकारको फुली।
78539 ल्वाङ फुल ना. २. एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल।
78540 ल्वाङे ना. ल्वाँगे।
78541 ल्वातल्वात क्रि.वि. नटुटाई र थोरथोरै पस्ने-निस्कने गरी।
78542 ल्वातल्वाती क्रि.वि. अझै ल्वातल्वात भएर; ल्वातल्वात।
78543 ल्वात्त क्रि.वि. कुनै कमलो वस्तुमा लामो कुरो एकै चोटि पस्ने वा निस्कने गरेर; ल्वाम्म।
78544 ल्वापल्वाप क्रि.वि. थोरथोरै तर क्रम नटुटाई लाग्ने वा चाट्ने गरी।
78545 ल्वापल्वापी/ल्वापल्वाप्ती क्रि.वि. अझै बेसी ल्वापल्वाप भएर।
78546 ल्वामल्वाम क्रि.वि. अलिअलि र क्रम नटुटाई पस्ने वा गाडिने गरी।
78547 ल्वामल्वामी/ल्वामल्वाम्ती क्रि.वि. अझै ल्वामल्वाम हुने गरी।
78548 ल्वाम्म क्रि.वि. कमलो वा नरम ठाउँमा कुनै लामो कुरो एकै चोटि पस्ने वा गाडिने गरी; स्वाम्म।
78549 ल्वासल्वास क्रि.वि. १. नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी।
78550 ल्वासल्वास क्रि.वि. २. ल्वामल्वाम।