Dictionary

All Word

78351 लोप्रो ना. २. पकाएका खुर्सानीको टुक्रो।
78352 लोप्रो ना. ३. सल्केका गुइँठाको चोइटो।
78353 लोप्य्राइ ना. १. लोप्रिने क्रिया वा प्रक्रिया। [लोप्य्राउ+आइ]
78354 लोप्य्राइ ना. २. लोप्य्राउने क्रिया वा प्रक्रिया।
78355 लोप्य्राइनु क.क्रि. १. लोप्रो पारिनु।
78356 लोप्य्राइनु क.क्रि. २. निराश बनाइनु।
78357 लोप्य्राउनु प्रे.क्रि. १. लोप्रो पार्नु।
78358 लोप्य्राउनु प्रे.क्रि. २. निराश तुल्याउनु; हिस्स्याउनु। स.क्रि.
78359 लोप्य्राउनु प्रे.क्रि. ३. तातो पानी लाउनु; नाप्नु। (उदा.- कति न काम गर्छु भनेर अघि सरेको होइन? के लोप्य्राइस् त खै!)
78360 लोफर वि. १. घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो।
78361 लोफर वि. २. मनलाग्दी घुम्ने र बोल्ने; छाडा; बदमास।
78362 लोभ ना. १. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच।
78363 लोभ ना. २. मक्खीचुस हुने ताल; कन्जुसी।
78364 लोभ लालचा ना. लोभ र लालचा; साह्रै लोभ।
78365 लोभनीय वि. लोभ्याउने खालको; लोभलाग्दो; चित्ताकर्षक।
78366 लोभानीपापानी ना. अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैँमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप।
78367 लोभिनु अ.क्रि. १. लोभ वा लालचमा पर्नु।
78368 लोभिनु अ.क्रि. २. आसक्त हुनु; लहसिनु; ऱ्याल काढ्नु।
78369 लोभित वि. लोभिएको; लोभमा परेको; लुब्ध।
78370 लोभी वि. १. लोभ गर्ने; लालची।
78371 लोभी वि. २. चुइयाँ तालको; कन्जुस।
78372 लोभ्याइ ना. लोभिने तथा लोभ्याउने क्रिया- प्रक्रिया।
78373 लोभ्याइनु क.क्रि. लोभमा पारिनु।
78374 लोभ्याउनु प्रे.क्रि. १. कसैलाई लोभमा पार्नु वा लालच देखाउनु।
78375 लोभ्याउनु प्रे.क्रि. २. आफूतिर लहस्याउनु; आसक्त पार्नु।
78376 लोम ना. १. रोम; रौँ।
78377 लोम ना. २. पुच्छर।
78378 लोमकूप ना. रौँको फेदमा हुने खाल्टो वा प्वाल; रोमकूप।
78379 लोमश वि. १. शरीरमा झ्यापझ्यापती रौँ भएको। ना.
78380 लोमश वि. २. पुराणका अनुसार अमर मानिएका र महाभारतका अनुसार युधिष्ठिरका साथ तीर्थयात्रा गर्ने एक ॠषि।
78381 लोमश वि. ३. भेडो।
78382 लोमश वि. ४. स्याल।
78383 लोमहर्ष ना. रोमाञ्च; रोमहर्ष।
78384 लोमहर्षक वि. रोमाञ्च गराउने; रोमाञ्चित पार्ने।
78385 लोमहर्षण ना. १. रोमाञ्च; पुलक।
78386 लोमहर्षण ना. २. व्यासका एक शिष्यको नाम।
78387 लोमुते ना. पिसाबमा रगत मिसिएर आउने रोग; लोहोमुते।
78388 लोमे वि. चटाकसित काममा अघि नसर्ने; लोसो; जुम्सो।
78389 लोराङ ना. लमी; लाँपु।
78390 लोरी ना. नानीलाई सुताउन आमाले गाउने गीत वा त्यसको लय।
78391 लोर्के ना. रिसाएको निहुँ पारी प्राय: प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले।
78392 लोल वि. १. हल्लिएको; काँप्दो।
78393 लोल वि. २. स्थिर नभएको; चञ्चल।
78394 लोल वि. ३. चौचौ लाग्ने।
78395 लोलमति ना. हो कि होइनको अवस्था; संशयात्मा।
78396 लोलरा ना. पुरानो समयमा चलेको कानमा लाउने गहनाविशेष।
78397 लोला ना. १. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लुँदो वा डल्लो।
78398 लोला ना. २. फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना।
78399 लोलाइ ना. लोलाउने काम वा किसिम।
78400 लोलाइनु अ.क्रि. निद्रा वा अरू कुनै कारणले आँखा लट्ठिनु; लोलाइमा परिनु।