Dictionary

All Word

78201 लोकपवाद ना. हे. लोकापवाद।
78202 लोकपाल ना. १. दिक्पाल।
78203 लोकपाल ना. २. राजा; नृप।
78204 लोकपालक ना. लोकको पालना गर्ने पुरुष; राजा।
78205 लोकप्रसिद्ध वि./ना. जनसमाजमा नाउँ कहलिएको; संसारप्रसिद्ध; विश्वविख्यात। लोकप्रसिद्ध हुने स्थिति वा काम; विश्वभर फैलिएको ख्याति।
78206 लोकप्रिय वि. लोक वा दुनियाँलाई मन परेको; सबको प्यारो; जनप्रिय।
78207 लोकप्रियता ना. लोकप्रिय हुने भाव, अवस्था वा गुण; जनप्रियता।
78208 लोकभावना ना. १. लोक वा जनताको सेवा, कल्याण, उपकार आदि गर्ने भावना।
78209 लोकभावना ना. २. जनताको भावना वा वृत्ति।
78210 लोकमत ना. कुनै देशका जनताको सामूहिक विचार वा हितको सूचक हुने अधिकांश जनताको मत वा राय।
78211 लोकमर्यादा ना. लोकमा गर्नुपर्ने वा लोकले मान्नुपर्ने सामाजिक रीतिस्थिति; लौकिक व्यवहार।
78212 लोकल वि. स्थानविशेषको; हे. स्थानीय।
78213 लोकल कल ना. टेलिफोन गर्दा त्यही स्थान वा इलाकामा मात्र गरिने कुराकानी वा कुरागराइ।
78214 लोकलय ना. लोकगीतमा प्रचलित साझा लय; जनताले गाउने गीतमा जनताकै कण्ठबाट सहज र स्वाभाविक रूपमा निस्केको स्वर वा भाका।
78215 लोकवाद ना. लोकको हकहितका निम्ति लाग्ने वा लोकको पक्ष लिने सिद्धान्त।
78216 लोकवार्ता ना. १. जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो; सर्वसाधारणको विचार; किंवदन्ती।
78217 लोकवार्ता ना. २. लोकसाहित्य।
78218 लोकवाहन ना. सर्वसाधारण जनताको सामान बोक्नाका निम्ति व्यवहार गरिने मोटर, ट्रक, रेल आदि गाडी।
78219 लोकविश्रुत वि. जनसमूहमा नाउँ चलेको; लोकप्रसिद्ध।
78220 लोक व्यवहार ना. लोकमा चलेको वा मानिएको व्यवहार; समाजमा प्रचलित प्रथा; लोकाचार।
78221 लोकरञ्जन ना. सबैलाई सुखी तथा प्रसन्न राख्ने काम; लोकको मनोरञ्जन।
78222 लोकशान्ति ना. कुनै विद्रोह, उत्पात, विध्वंस आदि नभएको समयमा जनतामा हुने शान्ति।
78223 लोकसत्ता ना. लोकतान्त्रिक प्रणालीअनुसार कुनै देशको सत्ता जनताकै हात वा अधिकारमा हुने शासनपद्धति; लोकतन्त्र; प्रजातन्त्र।
78224 लोकसत्तात्मक वि. जनताद्वारा सञ्चालित वा व्यवस्थित (शासन- पद्धति)।
78225 लोकसदन/लोकसभा ना. १. संसद्का दुई सदन वा सभामध्ये एक; लोकतन्त्रात्मक व्यवस्था भएका देशका जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा।
78226 लोकसदन/लोकसभा ना. २. भारतीय संसद्मा रहेको तल्लो सभा।
78227 लोकसमाज ना. जनसमूह; जनसमाज।
78228 लोकसम्मति ना. मुलुकको शासनप्रणालीमा भाग लिने तथा प्रजातान्त्रिक पद्धतिको आधारस्तम्भ मानिने जनताको सामूहिक मत वा विचार; लोकमत।
78229 लोकसाहित्य ना. सर्वसाधारण जनताको कोमल मनोभावनालाई व्यक्त गर्ने सरस भाव र सरल भाषा भएको, विभिन्न चाडपर्व तथा मनोरञ्जनका समयमा प्रसङ्गानुकूल गाइने, सुनाइने वा देखाइने लोकव्यवहारमा प्रचलित विभिन्न लोकगीत, लोककथा, लोकनृत्य आदिले युक्त साहित्य; लोकवार्ता।
78230 लोकसाहित्य पुरस्कार ना. वि. सं. २०३२ सालमा स्थापना भएको, प्रत्येक वर्ष लोकसाहित्यसम्बन्धी विभिन्न विधागत तथा अनुसन्धानात्मक ग्रन्थमा साझा प्रकाशनद्वारा प्रदान गरिने एक पुरस्कार।
78231 लोकसिद्ध वि. १. जनसमाजमा क्रियान्वित वा प्रचलित।
78232 लोकसिद्ध वि. २. लोकजीवनबाट स्वीकृत।
78233 लोकसेवक ना. १. सर्वसाधारण जनताको सेवा गर्ने वा सार्वजनिक हितको काम गर्ने व्यक्ति; जनसेवक।
78234 लोकसेवक ना. २. त्यस्तो काममा नियुक्त सरकारी कर्मचारी।
78235 लोकसेवा ना. १. जनसाधारणको हितमा गरिने विशेष कार्य; सर्वसाधारण जनताको सेवा।
78236 लोकसेवा ना. २. सरकारी सेवा वा नोकरी।
78237 लोकसेवा आयोग ना. निजामतीतर्फ निर्धारित सरकारी पदमा नयाँ नियुक्ति वा बढुवा आदि हुनका निम्ति आवेदन दिने उम्मेदवारहरूको योग्यता जाँची छान्ने, अनुमोदन गर्ने र नेपाल सरकारलाई तत्सम्बन्धी परामर्श दिने एक संवैधानिक अङ्ग (पब्लिक सर्भिस कमिसन)।
78238 लोकहत्या ना. लोकलाई मार्ने वा निमोठ्ने काम; जातिहत्या।
78239 लोकहित ना. सार्वजनिक हित; जनकल्याण; लोकको भलाइ।
78240 लोकहितकारी वि. लोकको हित वा भलाइ गर्ने; लोकलाई लाभ हुने काम गर्ने।
78241 लोकहित कार्य ना. सार्वजनिक हितको काम; जनसाधारणका निम्तिको कल्याणकारी कार्य।
78242 लोकाचार ना. १. जनसाधारणका बिच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार।
78243 लोकाचार ना. २. आडम्बरले भरिएको कामकुरो; देखौवा व्यवहार वा ढाँचा।
78244 लोकान्तर ना. मरेपछि जीव लाने कल्पित लोक; परलोक।
78245 लोकान्तरित वि. परलोक भएको; मरेको; मृत।
78246 लोकापवाद ना. दुनियाँमा भएको बदनामी; लोकनिन्दा।
78247 लोकाभार ना. १. गाउँघरमा रैतीले तालुकदार, थरी, मुखिया आदि रोज्ने काम।
78248 लोकाभार ना. २. जनप्रतिनिधिहरूको छनाइ वा रोजाइ।
78249 लोकायत ना. १. यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास नगर्ने व्यक्ति।
78250 लोकायत ना. २. चार्वाकदर्शन।