Dictionary

All Word

78051 लेचिनु अ.क्रि. १. हिँड्दा खुट्टा खोचिनु; लच्कनु।
78052 लेचिनु अ.क्रि. २. बोल्दा कुरो चपाउनु वा लरबरिनु।
78053 लेच्याइ ना. लेचिने वा लेच्याउने काम।
78054 लेच्याइनु अ.क्रि. लेचिने होइनु।
78055 लेच्याउनु अ.क्रि. १. लडखडाउनु; खोच्याउनु। प्रे.क्रि.
78056 लेच्याउनु अ.क्रि. २. लेचिने पार्नु; लच्काउनु।
78057 लेट्नु अ.क्रि. आरामसाथ सुत्नु; पल्टनु वा ढल्कनु।
78058 लेट वि. १. विलम्बको; ढिलो। क्रि.वि.
78059 लेट वि. २. बियाँलो; अबेर।
78060 लेटन ना. छोड्दै नछोडी एकनासले धर्ना दिने काम; लम्पट।
78061 लेट म्याटर ना. छापिसकेपछि पनि फेरि उपयोग हुने सम्भावनाले नबिगारी राखिएको टाइप-सामग्री।
78062 लेटर ना. १. चिठी; पत्र।
78063 लेटर ना. २. अक्षर।
78064 लेटर प्याड ना. पत्र लेख्नका निम्ति बनाइएको नाम, ठेगाना आदि भएको वा सादाखाले कागतका पत्रको समूह।
78065 लेटर बक्स ना. पत्रमञ्जूषा; चिठीबाकस।
78066 लेटाइ ना. लेट्ने क्रिया वा प्रक्रिया।
78067 लेटाइनु क.क्रि. लेट्न लाइनु; पल्टाइनु।
78068 लेटाउनु प्रे.क्रि. लेट्न वा पल्टन लाउनु; सुताउनु।
78069 लेटिनु अ.क्रि. पल्टिनु; ढल्किनु।
78070 लेठन ना. अड्डी लिने काम; धर्ना; लेटन।
78071 लेठो ना. झमेला; झन्झट।
78072 लेठोबेठो ना. १. झैझमेला।
78073 लेठोबेठो ना. २. नगरी नहुने काम।
78074 लेड ना. १. कम्पोज गरिएका टाइपहरू सोझो पार्न लहरका बिचबिचमा हालिने सिसा वा काठको सिन्को।
78075 लेड ना. २. सिसा।
78076 लेथ्नु/लेथ्नो वि. १. थकाइ, पिटाइ आदिले चल्नचटपटाउन नसक्ने भएको; थिलथिलो।
78077 लेथ्नु/लेथ्नो वि. २. दुर्बल वा शिथिल भएको; जीर्ण।
78078 लेथ्नु/लेथ्नो वि. ३. बिग्रेको; ध्वस्त।
78079 लेथ्रो ना. उभार; थिग्रेनी; थिग्रो।
78080 लेदो ना. १. बाक्लो तरल पदार्थ; लदरो वस्तु। वि.
78081 लेदो ना. २. बाक्लो पन्यालो; दबदबे।
78082 लेध्रो ना. उभार; थिग्रो।
78083 लेनदेन ना. १. कुनै वस्तु लिने र दिने काम; आदानप्रदान।
78084 लेनदेन ना. २. परस्परमा ॠण लिनेदिने काम; सरसापट; कारबार।
78085 लेना ना. अरूलाई तिर्नुपर्ने धन वा नगदी वस्तु।
78086 लेनादेना ना. लेनदेन।
78087 लेनिन ना. विश्वप्रसिद्ध एक साम्यवादी नेता।
78088 लेनिनवाद ना. लेनिनले चलाएको र स्वीकार गरेको किसान, मजदुर र सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा ल्याउने र राष्ट्रिय पुँजी तथा उत्पादनमा समान हक र उपभोग कायम गर्ने राजनीतिक सिद्धान्त।
78089 लेनिनवादी वि. लेनिनको सिद्धान्तमा विश्वास राख्ने; लेनिनवादको अनुयायी।
78090 लेन्स ना. १. एकै ठाउँमा किरण सोहोर्ने वा प्रकाश, दृश्य आदिलाई ठुलोसानो देखाउने, माझमा उठेको वा दबेको दूरबीन, क्यामरा आदिमा जडिने काँचको चक्का वा ऐना।
78091 लेन्स ना. २. बाहिरी पदार्थको छाया ग्रहण गर्ने आँखाभित्रको पारदर्शी सानो भाग; नानी।
78092 लेप्नु स.क्रि. लेपन गर्नु; लिप्नु।
78093 लेप ना. १. लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन।
78094 लेप ना. २. सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम।
78095 लेपन ना. १. लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम।
78096 लेपन ना. २. लिपपोत; लिपाइ।
78097 लेपनीय वि. लेपन गर्न सुहाउँदो, लिप्न वा घस्न लायक।
78098 लेपित वि. लेप लगाइएको; लेपन गरिएको।
78099 लेपाइ ना. लेप्ने क्रिया वा प्रक्रिया।
78100 लेपाइनु क.क्रि. लेप्ने काम गराइनु।