Dictionary

All Word

78001 लेखपाङ्ग्रो ना. लेक पाङ्ग्रो।
78002 लेखा१ ना. १. कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, स्याहा, खाताबही आदि र उक्त कागतपत्र; आयव्ययको विवरण; हिसाब वा गणना।
78003 लेखा१ ना. २. लेखेर राखिएको कुरो; घटनाको विवरण।
78004 लेखा१ ना. ३. रेखा; धर्को; पङ्क्ति।
78005 लेखा१ ना. ४. चित्र; चिह्न।
78006 लेखा२ ना.यो. १. विचार वा दृष्टिकोणमा; भन्दा लेखि।
78007 लेखा२ ना.यो. २. लागि; निम्ति।
78008 लेखाइ ना. लेख्ने तथा लेखाउने भाव, क्रिया वा प्रक्रिया।
78009 लेखाउनी/लेखौनी ना. लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च।
78010 लेखाउनु प्रे.क्रि. लेख्न लाउनु।
78011 लेखाकर्म ना. लेखा वा हिसाबकिताब राख्ने काम; तहबिलदारी (एकाउन्टेन्सी)।
78012 लेखाचित्र ना. कुनै व्यापार, कामकुरो वा घटनामा भइरहने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा भएको चारकुने अङ्कनपत्र; ग्राफ।
78013 लेखाजोखा ना. लेखोजोखो।
78014 लेखाधिकृत ना. हिसाबकिताब जाँच्ने वा हेर्ने अधिकारी।
78015 लेखाध्यक्ष ना. सरकारी कार्यालय वा सङ्घसंस्था आदिको आयव्ययको हिसाब राख्ने अधिकारी; लेखापाल।
78016 लेखान्त ना. प्रारब्ध; भाग्य ( उदा.- गाउँघरकी सोझी सुभद्रा लेखान्तमा विश्वास गर्थिन् - गु. प्र. मैनाली)।
78017 लेखान्तर ना. १. लेखान्त; भाग्य; प्रारब्ध।
78018 लेखान्तर ना. २. एक प्रकारको लेखबाट अर्को प्रकारको लेखमा परिणत गर्ने काम।
78019 लेखापढी ना. १. लेख्ने र पढ्ने काम; लेखपढ।
78020 लेखापढी ना. २. चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार।
78021 लेखापढी ना. ३. लेनदेनसम्बन्धी व्यवहारमा सबुतप्रमाणका लागि गरिने लिखत; लेखोट।
78022 लेखा परीक्षक ना. सरकारी कार्यालय वा सङ्घसंस्था आदिको हरहिसाब जाँच गर्ने अधिकारप्राप्त व्यक्ति; अडिटर।
78023 लेखा परीक्षण ना. आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेख नियमबद्ध रूपले जाँच, रुजु आदि गरी हरहिसाब हेर्ने र वास्तविक आर्थिक स्थितिका सम्बन्धमा प्रतिवेदन दिने काम; अधिकृत संस्था वा व्यक्तिद्वारा गरिने त्यस्तो हरहिसाबको नियमपूर्वकको जाँचबुझ; अडिट।
78024 लेखा परीक्षा ना. लेखापरीक्षण।
78025 लेखापाल ना. आम्दानी खर्चको हिसाब वा लेखा राख्ने, लेख्ने र जिम्मेवारी लिने कर्मचारी; एकाउन्टेन्ट।
78026 लेखालेख ना. पालैसित लेख्ने काम; दोहरो पत्राचार।
78027 लेखि क्रि.वि. दृष्टिकोणमा; विचारमा; लेखा; निम्ति। (उदा.- तिम्रा लेखि उनी मरेबराबरै भए त ?)।
78028 लेखिका ना. १. कुनै लेख, ग्रन्थ आदि लेख्ने स्त्री।
78029 लेखिका ना. २. लेखनदासको काम गर्ने स्वास्नीमानिस।
78030 लेखिनु क.क्रि. लेख्ने काम गरिनु।
78031 लेखिम ना. लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम, पृथक् लिपिचिह्न; ग्राफिम।
78032 लेखुवा वि. लेखिएको (पुर्जी, बेहोरा आदि); लेख्ने वा लेखिटोपल्ने। (तिमीसँग लेखुवा बयान नै लियो कि मौखिक सोधनी मात्र गऱ्यो? कामधाम नगरी लेखुवा भएर मात्रै कहाँ खान पाइन्छ र!)।
78033 लेखो ना. १. सम्झनाका निम्ति गरिने आयव्ययको गणना; हिसाब; सङ्ख्या।
78034 लेखो ना. २. विश्वास गरिने कुरो।
78035 लेखोजोखो ना. हिसाबकिताब वा नापतौलको गणना वा फाँटवारी।
78036 लेखोट ना. सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; लिखत। (उदा.- घरसारमै भए पनि एउटा लेखोट त गर्नैपर्छ)।
78037 लेखोट पत्र ना. लेखिएको कागतपत्र; लिखत।
78038 लेखोट पुर्जी ना. १. कुनै कामकुराको निकास, फर्स्योट, तामेली आदि गर्ने सिलसिलामा र अरूसँग सोधनी गरी जवाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन बुझ्दा समेत लेखिने कागत।
78039 लेखोट पुर्जी ना. २. कुनै कामको बेहोरा लेखिएको कागत।
78040 लेखो न जोखो ना. मात्रा वा सङ्ख्या बताउन नसकिने स्थिति।
78041 लेखौट ना. लेखोट।
78042 लेख्य वि. लेख्न लायक; लेख्नुपर्ने; लेखनीय।
78043 लेख्यदान ना. राजाले जग्गा दिँदा वा जग्गासम्बन्धी आयस्ताको नियम बनाउँदा तथा जनताले जग्गा किनबेच गर्दा भूस्वामित्वका लागि दिइने निस्सापत्र।
78044 लेग्रो१ ना. १. अलिकति बाँकी रहेको काम; कामको शेष।
78045 लेग्रो१ ना. २. बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी।
78046 लेग्रो१ ना. ३. कपडा आदिमा टाँसिएको मयल; दाग।
78047 लेग्रो२ ना. १. घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो।
78048 लेग्रो२ ना. २. लामो र ठुलो स्वर; लेघ्रो।
78049 लेग्रो२ ना. ३. जिह्वाग्र, जिब्राको अघिल्लो भाग।
78050 लेघ्रो ना. हे. लेग्रो।