Dictionary

All Word

77901 लुब्धक ना. २. सिकारी।
77902 लुब्धक ना. ३. लम्पट मानिस।
77903 लुब्धक ना. ४. उत्तरी गोलार्धको एक तेजस्वी तारा।
77904 लुब्धिनु अ.क्रि. ज्यादै लोभी हुनु।
77905 लुब्धो ना. लोभी; लालची।
77906 लुम ना. लुगा बुन्ने घरेलु साधन वा यन्त्र; तान।
77907 लुमडी ना. स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो।
77908 लुमुर वि. पुच्छरजस्तो हल्लिरहने।
77909 लुमुरकुटेरो ना. पुच्छर झैँ गरी थाङ्नाको फेर हल्लने पोको; थाङ्ने पोको।
77910 लुम्बिनी ना. १. नेपालको पश्चिमाञ्चलक्षेत्रको रुपन्देही जिल्लामा पर्ने एक प्राचीन वन; गौतम बुद्धको जन्मस्थल।
77911 लुम्बिनी ना. २. नेपालको यसै नामको अञ्चल।
77912 लुम्रुङलुम्रुङ क्रि.वि. तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राङल्याम्राङ।
77913 लुम्रे/लुम्रो ना. १. कपडाको लाम्चो धरो; लुन्द्रो। वि.
77914 लुम्रे/लुम्रो ना. २. लोसे; जुम्सो।
77915 लुम्रे/लुम्रो ना. ३. लुरे।
77916 लुम्सो वि. लोसे चालको; ढिलो वा सुस्त चालको; लुम्रो।
77917 लुर ना. शक्ति; पाइन। (उदा.- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो)।
77918 लुरखुर क्रि.वि. १. झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर।
77919 लुरखुर क्रि.वि. २. दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी।
77920 लुरखुराइ ना. लुरखुराउने भाव, क्रिया वा प्रक्रिया।
77921 लुरखुराइनु अ.क्रि. लुरखुराउने होइनु।
77922 लुरखुराउनु अ.क्रि. लुरखुरिनु।
77923 लुरखुरिनु अ.क्रि. विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु।
77924 लुरखुरे वि. विनाकाम यताउति लरखरिने; झल्ला।
77925 लुरखुऱ्याइ ना. लुरखुरिने भाव वा क्रियाप्रक्रिया।
77926 लुरखुऱ्याहट ना. लुरखुरिने काम; लुरखुऱ्याइ।
77927 लुरीखुरी क्रि.वि. निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन।
77928 लुरुलुरु क्रि.वि. लाचारी वा हैरानीका साथ हिँडेर; लुइँलुइँ; लुखुरलुखुर; खुरुखुरु।
77929 लुरे/लुरो वि. १. निर्धो; अशक्त; कमजोर; लुलो।
77930 लुरे/लुरो वि. २. सानो जिउडालको; दुब्लो र पातलो।
77931 लुरे/लुरो वि. ३. काँथर; निफर; हिक्मतहारा; हिम्मत नभएको।
77932 लुर्कन ना. १. लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना।
77933 लुर्कन ना. २. झुन्डिएर रहेको वस्तु; लर्कन।
77934 लुर्कने ना. बाख्राका कानमनिको थुनजस्तो लुर्को।
77935 लुर्का ना. हे. लुर्को।
77936 लुर्के वि. लुर्को भएको।
77937 लुर्के भन्टा ना. पात र डाँठमा काँडा हुने, लामो झिनो र निलो रङ्गको फल फल्ने एक प्रकारको भन्टा; लुर्के भिँडा।
77938 लुर्के भिँडा ना. लुर्के भन्टा।
77939 लुर्को ना. १. स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का।
77940 लुर्को ना. २. बाख्राका कानमनि झुन्डिएर रहेको मासुको लुर्कन।
77941 लुर्को ना. ३. लरी; लर्को।
77942 लुलिनु अ.क्रि. लुलो वा फितलो हुनु।
77943 लुलीलुली ना. केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल।
77944 लुली हात ना. केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई उसका हातले उसैलाई लबट्याउने बालखेल।
77945 लुलु ना. हिमाली भेगमा हुने साऱ्है सानो डालको चौँरी गाई।
77946 लुले/लुलो वि. १. दर्बिलो वा दऱ्हो नभएको; फितलो; दुर्बल; शिथिल।
77947 लुले/लुलो वि. २. निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको।
77948 लुलोलङ्गडो वि. अङ्गभङ्ग भएको।
77949 लुल्याइ ना. १. लुलिने भाव वा क्रियाप्रक्रिया। [लुल्याउ+आइ]
77950 लुल्याइ ना. २. लुल्याउने क्रियाप्रक्रिया।