Dictionary

All Word

77801 लुटपुट्याउनु स.क्रि. / प्रे.क्रि. १. लोटपोट गराउनु; गुडाउनु।
77802 लुटपुट्याउनु स.क्रि. / प्रे.क्रि. २. प्रेममा फँसाउनु; आसक्त पार्नु।
77803 लुटपुट्याहट ना. लुटपुटिने काम, किसिम वा स्थिति; लुटपुट्याइ।
77804 लुटमार ना. १. लुट्ने र मार्ने काम।
77805 लुटमार ना. २. लुटपिट।
77806 लुटलाट ना. लुटेर लिने काम; लुटपाट।
77807 लुटाइ ना. लुट्ने भाव, क्रिया वा प्रक्रिया।
77808 लुटाइनु क.क्रि. लुट्न लाइनु।
77809 लुटाउनु प्रे. क्रि. १. लुट्न लाउनु।
77810 लुटाउनु प्रे. क्रि. २. सित्तैँमा दिनु; जति भन्यो उति दिनु।
77811 लुटाकाने वि. कान खुम्चिने जातको (बाख्रो)।
77812 लुटान ना. १. लुट्ने वा लुटिने काम।
77813 लुटान ना. २. सामूहिक रूपमा भएको लुट।
77814 लुटान ना. ३. लुटेको वस्तु।
77815 लुटालुट ना. १. परस्परमा एकले अर्कालाई लुट्ने काम; एकैसाथ धमाधम भएको लुटाइ।
77816 लुटालुट ना. २. लुटालुट।
77817 लुटाहा वि. लुटको काम गर्ने; लुट्ने स्वभावको; लुटेरो; लुटाहार।
77818 लुटाहार वि. लुटाहा; लुटेरो।
77819 लुटिनु१ अ.क्रि. १. तिल वा मासका पातहरू खुम्रिने रोग लाग्नु।
77820 लुटिनु१ अ.क्रि. २. बोटबिरुवा आदि बटारिएर बढ्न नसक्नु।
77821 लुटिनु१ अ.क्रि. ३. कान छोटो हुनु।
77822 लुटिनु२ क.क्रि. १. लुटामार गरिनु; धनमाल खोसिनु।
77823 लुटिनु२ क.क्रि. २. लुटमा पर्नु।
77824 लुटिनु२ क.क्रि. ३. सर्वस्व हरिनु।
77825 लुटुपुटु क्रि.वि. लुटपुट।
77826 लुटे वि. १. निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि)।
77827 लुटे वि. २. साह्रै सानो कान भएको (मानिस, पशु आदि)।
77828 लुटेरो वि. लुट्ने; लुटाहा; लुटाहार।
77829 लुठी ना. व्यभिचारिणी स्त्री; वेश्या।
77830 लुठो ना. जार; नाठो; उपपति।
77831 लुडबुडिनु अ.क्रि. १. लडीबुडी गर्नु।
77832 लुडबुडिनु अ.क्रि. २. गुड्नु; पल्टनबाजी खानु।
77833 लुडबुड्याइ ना. लुडबुडिने वा लुडबुड्याउने क्रियाप्रक्रिया।
77834 लुडबुड्याइनु क.क्रि. लडीबुडी पारिनु।
77835 लुडबुड्याउनु स.क्रि. १. लडीबडी पार्नु; लोटपोट पार्नु।
77836 लुडबुड्याउनु स.क्रि. २. गुडाउनु; पल्टनबाजी खुवाउनु।
77837 लुडो ना. केटाकेटीहरूले खेल्ने एक प्रकारको खेल।
77838 लुण्ठन ना. १. बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट; चोरी।
77839 लुण्ठन ना. २. लोट्ने वा पछारिने काम।
77840 लुण्ठन ना. ३. गुड्ने काम; लडीबुडी गर्ने काम।
77841 लुण्ठित वि. १. लुटबाट ल्याइएको; चोरिएको।
77842 लुण्ठित वि. २. पछारिएको; लडेको।
77843 लुण्ठित वि. ३. गुडेको।
77844 लुतुक्क क्रि.वि. १. ओइलाएर लत्रिने गरी।
77845 लुतुक्क क्रि.वि. २. ज्यादा पाकेर गल्ने चालले।
77846 लुतुरे/लुतुरो ना. १. लुगाफाटोको ससानो धरो; लुन्द्रो। वि.
77847 लुतुरे/लुतुरो ना. २. निर्धो; दुब्लो; लुखुरो; लुतुरे।
77848 लुते वि. १. लुतो आएको वा लुतो भएको; लुताको रोगी।
77849 लुते वि. २. बल नभएको; दुब्लो; फितलो; लुरे।
77850 लुतेङ्ग्रो वि. १. लुतुरो; लुत्याङ्ग्रो।