Dictionary

All Word

77851 लुतेङ्ग्रो वि. २. रोगी; पिलन्धरे; रोगाहा।
77852 लुतो ना. ज्यादै चिलाउने र बाक्ला बिमिरा उठेर पाक्ने खटिराविशेष।
77853 लुतो न कन्याइ ना. काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पऱ्यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ)।
77854 लुत्त क्रि.वि. १. लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्त।
77855 लुत्त क्रि.वि. २. झट्ट पस्ने वा निस्कने चालले; ल्वात्त; सुत्त। सात. लुतुतुतु।
77856 लुत्तिनु अ.क्रि. १. इज्जत, प्रतिष्ठा, पद वा ओहदा आदिबाट च्युत हुनु; खुत्तिनु; निकालिनु।
77857 लुत्तिनु अ.क्रि. २. नष्ट हुनु; बिग्रनु।
77858 लुत्तिनु अ.क्रि. ३. भत्कनु; पहिरो जानु।
77859 लुत्त्याइ ना. लुत्तिने भाव वा क्रिया प्रक्रिया।
77860 लुत्त्याइनु क.क्रि. खुत्त्याइनु।
77861 लुत्त्याउनु स.क्रि. १. इज्जत, प्रतिष्ठा, पद वा ओहदाबाट च्युत गर्नु; खुत्त्याउनु।
77862 लुत्त्याउनु स.क्रि. २. नष्ट गर्नु; बिगार्नु; भत्काउनु।
77863 लुत्याङग्रो वि. हे. लुतेङ्ग्रो।
77864 लुत्याहा वि. १. लुतो लागेको; लुते।
77865 लुत्याहा वि. २. कमजोर; दुर्बल; हुतीहारा; नामर्द।
77866 लुत्रनु अ.क्रि. १. जिद्दी नगरेर लुत्रुक्क पर्नु; लत्रनु; ठर्रो नहुनु; नुहुनु; दब्नु।
77867 लुत्रनु अ.क्रि. २. लाचार हुनु; विवश हुनु; बाध्य हुनु।
77868 लुत्रनु अ.क्रि. ३. विनयभाव देखाउनु; नम्र हुनु।
77869 लुत्राइ ना. लुत्रने भाव वा क्रियाप्रक्रिया।
77870 लुत्राइनु क.क्रि. लुत्रुक्क पारिनु।
77871 लुत्राउनु प्रे. क्रि. लुत्रुक्क पार्नु; लत्राउनु।
77872 लुत्रिनु अ.क्रि. लुत्रुक्क परिनु।
77873 लुत्रुक्क क्रि.वि. १. लुत्रने गरी।
77874 लुत्रुक्क क्रि.वि. २. विवश हुने ढङ्गले; लुतुक्क; लत्रक्क।
77875 लुत्रे वि. लुतुरे; लुतुरो।
77876 लुत्रेलाम्रे वि. चिथ्रा लुगा लाएको र दुब्लोपातलो; डुहुरे र ख्याउटे।
77877 लुत्रो वि. लुत्रुक्क परेको; लुतुरो।
77878 लुथुर्के ना. एक जातको पक्षी।
77879 लुन्डो वि. पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे।
77880 लुन्तुरे/लुन्तुरो ना. १. बालकहरूको मूत्रेन्द्रिय; तुन्तुरो; तुरी।
77881 लुन्तुरे/लुन्तुरो ना. २. धरो; धुर्को; लुन्द्रो।
77882 लुन्द्रे वि. लुतुरो; लुरे; ख्याउटे।
77883 लुन्द्रो ना. १. कपडाको सानो धर्सो।
77884 लुन्द्रो ना. २. त्यान्द्रो।
77885 लुप ना. स्त्रीहरूले योनिमा लगाउने गर्भनिरोधको साधन।
77886 लुपुक्क क्रि.वि. गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क।
77887 लुपुलुपु क्रि.वि. धमाधम चाटेर; लपलप।
77888 लुप्त वि. १. भाँचिएको; भग्न; क्षतिग्रस्त।
77889 लुप्त वि. २. लोप भएको; लुकेको, छिपेको; हराएको।
77890 लुप्त वि. ३. लुटिएको; ठगिएको।
77891 लुप्त वि. ४. अप्रयुक्त; अप्रचलित।
77892 लुप्त वि. ५. अदृश्य; नदेखिएको।
77893 लुप्त वि. ६. उपेक्षित; हेला गरिएको।
77894 लुप्ताकार ना. लोप भएको ठाउँमा लेखिने आधा अकार वा आकारको चिह्न (S); खण्डाकार।
77895 लुप्तोपमा ना. उपमान, उपमेय, धर्म र वाचक चारमध्ये कुनै तीनवटा लोप हुँदा पर्ने उपमा अलङ्कारको एक भेद।
77896 लुप्तोपमा शृङ्खला ना. नृतत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर।
77897 लुब्ध वि. १. मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप।
77898 लुब्ध वि. २. इच्छुक; लालायित।
77899 लुब्ध वि. ३. लम्पट; आसक्त।
77900 लुब्धक ना. १. लोभी मान्छे।