Dictionary

All Word

77651 लिसे वि. लिसोजस्तो टाँसिने; पिछा लाग्ने।
77652 लिसे टाँगो १. लिप-लिसे ना. लिसो टाँसेको टाँगो।
77653 लिसे टाँगो २. तुच्छ उद्योग।
77654 लिसे टाँगो ३. दीर्घसूत्री चाल।
77655 लिसो ना. १. खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्थ।
77656 लिसो ना. २. रुखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो।
77657 लिसो ना. ३. रुखमा मजबुतीसाथ टाँसिएर रहने एक लहरो।
77658 लिसो ना. ४. मन नपरीकन पनि धेरै समयसम्म बसिरहने मानिस वा वस्तु।
77659 लिस्टे/लिस्टो वि. १. कन्जुस; मक्खीचुस; लोभी; लिस्टे। ना.
77660 लिस्टे/लिस्टो वि. २. एक जातको चरो
77661 लिस्ती ना. १. झ्यालढोका आदिमा काँच, फल्याक आदि जड्नका लागि चारैतिर जडिने काठ आदिको पातलो फ्रेम वा साधन।
77662 लिस्ती ना. २. घरभित्र बिजुलीको तार सुरक्षितसँग जड्न भित्तामा ठोकिएको मोटाइचौडाइ कम भएको लामो काठ।
77663 लिस्नु ना. १. एउटै खाँबो बिचबिचमा कपेर खुड्किलो पारिएको भऱ्याङ; एकखुट्टे भऱ्याङ; अखटो।
77664 लिस्नु ना. २. भञ्ज्याङ।
77665 लिस्नु ना. ३. खुड्किलो; सिँढी।
77666 लिस्याइलो वि. १. मसिनो र टाँसिएलाजस्तो।
77667 लिस्याइलो वि. २. च्याटच्याट लाग्ने; टाँसिने।
77668 लिहल वि. कानुनी रूपमा लिएको, प्राप्त गरेको (तमसुक आदिमा मात्र प्रयुक्त हुने शब्द)।
77669 लिहल गत कानुनी रूपमा तमसुक लेखेर सापट लिइएको (रुपियाँपैसा)।
77670 लिहिली ना. कौकामीहरूले भाँडाबर्तनहरू बनाउँदा तल राख्ने फलामको अचानु; ली।
77671 लिहिली ठेलो ना. लिही अड्याउन गाडिने काठ।
77672 लिही ना. कुखुराको विष्ठा; सुली।
77673 ली ना. एकसय बिस गज बराबरको नापको परिमाण।
77674 लीग ना. हे. लिग।
77675 लीन वि. १. नछुट्टिने गरी जोडिएको; टाँसिएको।
77676 लीन वि. २. छिपाइएको; प्रच्छन्न; लुकाइएको।
77677 लीन वि. ३. काममा एकाग्र भई लागेको; तन्मय भएको।
77678 लीन वि. ४. पग्लिएको; विगलित।
77679 लीन वि. ५. कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन।
77680 लीनता ना. लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता।
77681 लीला ना. १. चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद।
77682 लीला ना. २. विलास; विहार; रतिक्रीडा; केलि।
77683 लीला ना. ३. देवताको चरित्र।
77684 लीला ना. ४. देवदेवीका अवतारका चरित्र आदिको अभिनय।
77685 लीला ना. ५. छद्मवेश; ढोँग।
77686 लीला ना. ६. प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाद्वारा गरिने नायकको अनुकरण।
77687 लीलावतार ना. लीला वा लोक- अभिनयका लागि धारण गरिएको विष्णुको अवतार।
77688 लीलावान् वि. १. लीला गर्ने; क्रीडाशील।
77689 लीलावान् वि. २. सुन्दर; रमणीय।
77690 लीलोद्यान ना. क्रीडा गर्ने बगैँचा।
77691 लु१ ना. ग्रीष्म ॠतुको वेला गरम प्रदेशहरूमा चल्ने तातो हावा वा त्यसको धार।
77692 लु२ निपा. ल; लौ।
77693 लुँग ना. पोते, माला आदिको गुच्छाको हरेक लहर; लरियो।
77694 लुँगी ना. दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्रीजातिले लगाउने अधोवस्त्र।
77695 लुँडिनु अ.क्रि. १. लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु।
77696 लुँडिनु अ.क्रि. २. बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु।
77697 लुँडिनु अ.क्रि. ३. बटारिनु; बाटिनु; बेरिनु।
77698 लुँडिनु अ.क्रि. ४. बालीनाली राम्रो सप्रेर आउनु।
77699 लुँडिनु अ.क्रि. ५. नदी वा समुद्रको पानी अचानक बढेर आउनु।
77700 लुँडी ना. १. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।