Dictionary

All Word

77601 लिप्ट्याउनु स.क्रि. २. जोर्नु; टाँस्नु।
77602 लिप्त वि. १. लिपपोत गरिएको; लिपेको; पोतेको।
77603 लिप्त वि. २. दूषित भएको; बिग्रेको।
77604 लिप्त वि. ३. मिलाइएको; टाँसिएको; जोरिएको।
77605 लिप्त वि. ४. तत्परताका साथ कुनै काममा लागेको; एकोहोरिएको।
77606 लिप्यन्तर ना. १. अर्को लिपि।
77607 लिप्यन्तर ना. २. लिपिपरिवर्तन।
77608 लिप्सनु स.क्रि. १. बाक्लो लेदो पदार्थ भित्ता आदिमा मसिनो गरी लेस्नु; लेसाइलो पदार्थ घस्नु।
77609 लिप्सनु स.क्रि. २. अरूसँग लहसिनु।
77610 लिप्सा ना. कुनै वस्तु प्राप्त गर्ने तीव्र इच्छा; अभिलाषा।
77611 लिप्साइ ना. लिप्सने भाव, क्रिया वा प्रक्रिया; लिपाइ।
77612 लिप्साइनु क.क्रि. लिप्सन लाइनु।
77613 लिप्साउनु प्रे.क्रि. १. लिप्सन लाउनु; लिपाउनु।
77614 लिप्साउनु प्रे.क्रि. २. लहसिने पार्नु।
77615 लिप्सिनु स.क्रि. १. लिप्नु। क.क्रि.
77616 लिप्सिनु स.क्रि. २. लिपिनु। अ.क्रि.
77617 लिप्सिनु स.क्रि. ३. कसैसँग ज्यादै लहसिनु; विषयभोगमा आसक्त हुनु।
77618 लिप्सी ना. नारीजातिले सौन्दर्यका निम्ति ओठमा दल्ने रातो रङ्गको शृङ्गारसाधन; लिपिस्टिक।
77619 लिप्सु वि. लिप्सा भएको; कुनै वस्तु प्राप्त गर्ने इच्छा भएको; इच्छुक।
77620 लिप्सो वि. एकदम सानो; धेरै मसिनो; सूक्ष्म।
77621 लिफा ना. १. वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम।
77622 लिफा ना. २. दायाँबायाँ औँठाछाप र सहीछाप गरी राखिएको वा कसैलाई दिइएको खाली कागज।
77623 लिफाफा ना. चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम।
77624 लिफ्ट ना. १. अग्ला भवनमा मानिस आदि तल वा माथि पुऱ्याउन जडिएको विद्युत्द्वारा सञ्चालित भऱ्याङ; उत्तोलक यन्त्र।
77625 लिफ्ट ना. २. अर्काको सबारी साधन चढ्न दिने मौका।
77626 लिबलिब क्रि.वि. १. जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप।
77627 लिबलिब क्रि.वि. २. खानामा ज्यादै लोभिने चालले।
77628 लिबलिबती/लिबलिबी क्रि.वि. अझै लिबलिब हुने गरी।
77629 लिब्री ना. १. किलकिले; लिगलिगे।
77630 लिब्री ना. २. सानो जिभ्री।
77631 लिमिटेड ना. परिमित; सीमित।
77632 लिमिटेड कम्पनी ना. सेयरवालाहरूको दायित्व उठाउन निजहरूले कबुलियत गरेको सेयरको अधिकतम परिमाणसम्म मात्र कारोबार सीमित हुने गरी कम्पनी कानुनबमोजिम दर्ता गरिएको व्यापारी संस्था।
77633 लिम्बु ना. हे. लिम्बू।
77634 लिम्बू ना. लिम्बूवानक्षेत्रमा बस्ने एक किराँत जाति।
77635 लिम्बूवान ना. दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबासो भएको कोसी र मेची अञ्चलका पहाडी क्षेत्र।
77636 लिरबिर क्रि.वि. १. लरबरिने गरी।
77637 लिरबिर क्रि.वि. २. बिस्तारै चलमलाएर।
77638 लिरा ना. इटाली देशको राष्ट्रिय मुद्रा।
77639 लिरिङबिरिङ ना. १. बिस्तारै छुवाएर चलाउने काम; लुलो चालले हल्लाउने काम। क्रि.वि.
77640 लिरिङबिरिङ ना. २. त्यसरी चलाउने वा हल्लाउने गरी।
77641 लिलाम ना. कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेवालालाई माल बिक्री गर्ने काम; डाँक।
77642 लिलाम घर ना. लिलाम गर्ने निर्दिष्ट स्थान।
77643 लिलाम बिक्री ना. लिलाम।
77644 लिलामी वि. १. लिलाममा खरिद वा बिक्री गरिएको।
77645 लिलामी वि. २. लिलामसम्बन्धी; लिलामको।
77646 लिवाइ ना. लिने भाव, क्रिया वा प्रक्रिया।
77647 लिसिङपिसिङ क्रि.वि. १. जसोतसो; येनकेन। ना.
77648 लिसिङपिसिङ क्रि.वि. २. सानोतिनो कामधन्दा; लिसीपिसी।
77649 लिसीपिसी क्रि.वि. १. मन नदिई सुस्तीका साथ। ना.
77650 लिसीपिसी क्रि.वि. २. सानोतिनो वा नगण्य कामधन्दा; लिसिङपिसिङ।