Dictionary

All Word

77451 लिँडे वि. ३. गाली गर्दा प्रयोग गरिने शब्द।
77452 लिँडे कुचो ना. बढार्दाबढार्दा बुच्चो भएको पुरानो कुचो।
77453 लिँडे ढिपी ना. एकोहोरो ढिपी; हठ; जिद्दी।
77454 लिँडो वि. १. पुच्छर काटिएको; ठुटे; लिँडे; लिन्डो।
77455 लिँडो वि. २. छोटो।
77456 लिँडो वि. ३. जिद्दीवाल; हठी; एकोहोरे।
77457 लिँड्को ना. १. काठको सानो बिर्को।
77458 लिँड्को ना. २. पाखाबालीमा डल्ला फुटाउन लगाइने दाँदेका छाँटको एक कृषि- औजार।
77459 लिँड्याइ ना. लिँड्याउने भाव, क्रिया वा प्रक्रिया।
77460 लिँड्याइनु क.क्रि. १. लिँड त्याग गरिनु।
77461 लिँड्याइनु क.क्रि. २. टुक्रा पारिनु; बिन्डी पारिनु।
77462 लिँड्याउनु स.क्रि. १. लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु।
77463 लिँड्याउनु स.क्रि. २. ठुटो पार्नु; छोट्ट्याउनु; टुक्रा पार्नु।
77464 लिँड्याउनु स.क्रि. ३. पैसाको लक्कु पार्नु; बिन्डी पार्नु।
77465 लिँड्याउनु स.क्रि. ४. सोहोर्नु।
77466 लिनु स.क्रि. १. अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु।
77467 लिनु स.क्रि. २. धारण गर्नु।
77468 लिनु स.क्रि. ३. समात्नु; समाउनु।
77469 लिनु स.क्रि. ४. स्वीकार गर्नु; मान्नु।
77470 लिनु स.क्रि. ५. आक्रमण गरेर विजय गर्नु; जित्नु।
77471 लिइनु क.क्रि. लिने काम गरिनु; ग्रहण गरिनु।
77472 लिउँचिउँ क्रि.वि. जसोतसो; जसरीतसरी; येनकेन।
77473 लिउ ना. १. एक प्रकारको ऊनी सतरन्जा वा दरी।
77474 लिउ ना. २. चौँरी गाईको रौँबाट बनाइएको राडी।
77475 लिउन ना. गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्थ।
77476 लिक ना. १. रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो।
77477 लिक ना. २. बयलगाडी आदिका पाङ्ग्रा गुड्दा बनेको डुँडजस्तो डोब वा धर्सो; गोरेटो।
77478 लिक्कोमङ ना. बिफर, दादुरा आदिले गाउँमा प्रवेश नगरोस् भन्नाका निम्ति गरिने, राईलिम्बूमा प्रचलित एक किसिमको पूजा।
77479 लिक्ष ना. वास्तु तथा मूर्तिकलामा प्रयुक्त हुने आठ रौँको टुप्पो बराबरको नापो।
77480 लिखत ना. १. कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि)।
77481 लिखत ना. २. अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र।
77482 लिखत ना. ३. दुई पक्षका बिचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र।
77483 लिखत पत्र ना. लिखतको कागज।
77484 लिखत पास ना. जग्गाजमिन आदिको बेचबिखन, रुपियाँपैसाको लेनदेनसम्बन्धी कागजपत्र ऐनकानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम।
77485 लिखत बदर ना. सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको टुटाइ वा उल्टाइ।
77486 लिखा ना. जुम्रा, उडुस आदिको फुल।
77487 लिखा टिपाइ ना. १. चानचुने फाइदा वा लाभ।
77488 लिखा टिपाइ ना. २. धेरैतिरबाट बटुल्ने काम।
77489 लिखा टिपाइ ना. ३. झर्कोलाग्दो काम।
77490 लिखा टिपुवा वि. १. लिखा टिपिरहने।
77491 लिखा टिपुवा वि. २. रोगले खाएको वा सताएको; साह्रै दुब्लो। स्त्री. लिखाटिपुवी।
77492 लिखित वि. १. लेखिएको; रचिएको।
77493 लिखित वि. २. रङ भरिएको।
77494 लिखित वि. ३. कनै उद्देश्यले कसैलाई लेखेर दिइएको वा आज्ञा, आग्रह गरिएको (लिखित अनुरोध, लिखित आदेश, लिखित बहस आदि)। ना.
77495 लिखित वि. ४. लेखोट; लिखित।
77496 लिखित परीक्षा ना. प्रश्नको उत्तर लिखित रूपमा दिनुपर्ने प्रकारको परीक्षा।
77497 लिखितम् ना. १. लिखित; लेखोट।
77498 लिखितम् ना. २. तमसुकका सुरुको बेहोरामा आफू लिखित रूपले सम्बद्ध रहेको देखाउन प्रयोग हुने शब्द।
77499 लिखु ना. १. नेपालको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो; लिखु खोलो। वि.
77500 लिखु ना. २. सानो खालको वा डाँठ झिनो भएको उखु।