Dictionary

All Word

77401 लाल्ची वि. लाल्चा गर्ने; लालची।
77402 लावण्य ना. १. लवणको भाव वा गुण; नुनिलोपन।
77403 लावण्य ना. २. राम्रो हुनाको भाव वा अवस्था सौन्दर्य; माधुर्य।
77404 लावण्य ना. ३. असल शीलस्वभाव हुनाको गुण वा स्थिति; सुशीलता।
77405 लावा१ ना. ज्वालामुखी पहाडबाट निस्कने पत्थर, धातु आदिको द्रव पदार्थ।
77406 लावा२ ना. धान भुटेर तयार पारिने पूजा र मङ्गलकार्यमा समेत प्रयोग गरिने सेतो, हलुको खाद्य पदार्थ; लाजा।
77407 लावाधान ना. बाहिर झुसले ढाकेको, भुट्दा लावा निस्कने लाम्चो खालको धान।
77408 लावाबाजा ना. चारदेखि आठ फिटसम्म लामो हुने, विशेष गरेर सेर्पाजातिमा प्रचलित फुकेर बजाइने एक प्रकारको बाजा।
77409 लावालस्कर ना. १. हातहतियारसहितको फौज वा सेना।
77410 लावालस्कर ना. २. सेना र त्यसको सरसामान।
77411 लावालस्कर ना. ३. मानिसको ताँती।
77412 लास ना. मृत शरीर; मुर्दा; शव।
77413 लासजाँच ना. कर्तव्य, आत्महत्या वा अरू कुनै कारणबाट मानिस मर्दा मरेको वास्तविक कारण पत्ता लगाउनका निम्ति गरिने लासको जाँच; शवपरीक्षण (पोस्टमार्टम)।
77414 लासजाँच मुचुल्का ना. लासजाँच गरी मृत्युको कारण र अन्य विवरणसमेत लेखिएको कागत।
77415 लास परीक्षण ना. लासजाँच।
77416 लास्ट वि. घस्टिएको; लाठ।
77417 लास्य ना. १. नाच; नृत्य।
77418 लास्य ना. २. प्रेमभावनालाई विभिन्न हाउभाउका साथै अङ्गविन्यासद्वारा प्रकट गरिने विशेष प्रकारको नृत्य।
77419 लास्य ना. ३. गानबजानसहितको नाच।
77420 लाहाँचे ना. कालो लामो चुच्चो, रातो टाउको, निला खुट्टा र हरियो शरीर हुने, रुख कपेर गुँड लगाउने एक जातको चरो।
77421 लाहा ना. पहेँलो किराले रुखमा बनाउने, आगोमा पगाल्न हुने छाप लगाउने, टाल्ने आदि काममा प्रयोग गरिने एक पदार्थ; लाक्षा।
77422 लाहाछाप ना. पगालेको लाहामा लगाइने औँठी आदिको छाप; लाहामा लगाइने चिह्न।
77423 लाहामसी ना. १. लाहापानीमा रङ मिसाई बनाएको मसी।
77424 लाहामसी ना. २. लाल र कालो रङ वा ध्वाँसो मिसाई बनाइएको एक प्रकारको पाको, टिकाउ मसी।
77425 लाहास ना. ठुलो मुख्य घरमा जोडेर बनाइएको सानो घर; लाफो।
77426 लाही ना. तोरी।
77427 लाहुर ना. १. अचेल पाकिस्तानमा परेको पन्जाबको राजधानी; लाहौर।
77428 लाहुर ना. २. सुन्दर नगर।
77429 लाहुरी वि. १. राम्रो; लोभलाग्दो; अङ्गढङ्ग चट्ट मिलेको। ना.
77430 लाहुरी वि. २. असल जातको भैँसी।
77431 लाहुरी भैँसी ना. असल जातको भैँसी।
77432 लाहुरी नेपाल ना. मकवानी राज्यको चितलाङ भेक।
77433 लाहुरे ना. १. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान।
77434 लाहुरे ना. २. रिकुटे।
77435 लाहुरे ना. ३. एक प्रकारको बर्खे फूल।
77436 लाहुरे ना. ४. असल जातको भैँसी; लाहुरी।
77437 लाहुरे फुल ना. लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी रङ्ग हुने तर बास्ना नआउने एक जातको फूल।
77438 लाहुरे फुली ना. चोसाचोसा परेको झम्के फुली।
77439 लाहुरे माया ना. अस्थायी मायाप्रीति; क्षणिक प्रेमव्यापार।
77440 लिँड ना. १. डोलो लामो आकारको विष्ठा।
77441 लिँड ना. २. मुसाको विष्ठा।
77442 लिँड ना. ३. रुपियाँपैसाको लक्कु; बिन्डी।
77443 लिँडिक ना. आपसी लेनदेनको व्यवहार।
77444 लिँडुल्के वि. लिँडुल्को भएको; लिँडे।
77445 लिँडुल्को ना. १. काठको सानो छोटो ठेउको; गिँड; लिडुको; ट्वाकल।
77446 लिँडुल्को ना. २. जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिँड।
77447 लिँडुल्को ना. ३. गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिँड। वि.
77448 लिँडुल्को ना. ४. पुच्छर वा हातखुट्टा नभएको; लिँडो।
77449 लिँडे वि. १. पुच्छर नभएको; ठुटे।
77450 लिँडे वि. २. एकोहोरे; हठी; जिद्दीवाल।