Dictionary

All Word

77251 लापरवाह/लापर्बाह वि. १. कुनै कामकुराको पर्बाह वा वास्ता नगर्ने; असावधान।
77252 लापरवाह/लापर्बाह वि. २. सामान्य विवेकको; होसियारी नभएको; बेहोस।
77253 लापर्बाही ना. पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिकको होसियारी वा विवेक नभएको अवस्था।
77254 लापलाप क्रि.वि. जिभ्रो लपलपाएर; जिभ्रोले चाटे झैँ गरी; लपलप।
77255 लापलाप लिपलिप क्रि.वि. १. धेरै खानेकुराहरू चाटे झैँ गरी; लालिप।
77256 लापलाप लिपलिप क्रि.वि. २. जति खाए पनि नअघाएजस्तो हुने गरी; बढी लोभी भएर।
77257 लापलिप क्रि.वि. १. सपासप वा खपाखप चाँडो खाने चालसँग।
77258 लापलिप क्रि.वि. २. थोरै वा नपुग खानेकुरो खाएर; चाटीचुटी।
77259 लापलिप क्रि.वि. ३. लिपपोत।
77260 लापलिपे वि. १. लापलिप गर्ने।
77261 लापलिपे वि. २. खानेकुरो चाख्ने बानी बसेको; चखुवा।
77262 लापा ना. उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल।
77263 लाप्चे ना. १. नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा-जाति।
77264 लाप्चे ना. २. उक्त लेप्चा जातिको भाषा; रोङ भाषा।
77265 लाप्चे काउलो ना. एक जातको काउलो वा त्यसको फल; लाप्चेफल; करमर्द।
77266 लाप्चे फल ना. लाप्चेकाउलो।
77267 लाप्पा ना. दुई जनाले परस्पर अँगालो हाले झैँ गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; द्वन्द्वयुद्ध, जुधाजुध; कुस्ती।
77268 लाप्सो ना. १. सुन, चाँदी आदिको लामो टुक्रो; लुम्को; साँप्लो।
77269 लाप्सो ना. २. फाली।
77270 लाफे वि. १. लाफो लगाएको वा गाँसेको।
77271 लाफे वि. २. लाफोजस्तो।
77272 लाफो ना. १. मुख्य घरसँग जोरेर बनाइएको एकतले सानो खण्ड; पालीखण्ड; लाहास; लाफ्रो।
77273 लाफो ना. २. पात गाँसेर चित्रामा नहाली बनाएको ओडो।
77274 लाफो ना. ३. गाँसेर बिट नउठाएको पातको थाल; पत्तल; लपेस।
77275 लाफ्रे वि. लाफ्रो भएको; लाफे।
77276 लाफ्रो ना. हे. लाफो।
77277 लाब्रे/लाब्रो वि. १. कुरा बनाएर आफ्नो गराउन चाहने; भए-नभएको कुरा गाँस्ने। ना.
77278 लाब्रे/लाब्रो वि. २. झुसिल्कीरो।
77279 लाभ ना. १. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा।
77280 लाभ ना. २. वाणिज्यव्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा।
77281 लाभ ना. ३. उद्योगव्यवसायअन्तर्गत उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य।
77282 लाभ ना. ४. प्रत्यक्ष ज्ञान; जानकारी।
77283 लाभ ना. ५. भलाइ; उपकार।
77284 लाभकर/कारी वि. लाभ वा फायदा हुने; लाभप्रद।
77285 लाभदायक वि. लाभ हुने; लाभकर।
77286 लाभप्रद वि. लाभ पुऱ्याउने; लाभकर।
77287 लाभहानि ना. लाभ र हानि; नाफा र नोक्सान।
77288 लाभांश ना. १. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश।
77289 लाभांश ना. २. सुविधाका लागि कम्पनीद्वारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम।
77290 लाभांश ना. ३. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहस्वरूप श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार।
77291 लाभांश ना. ४. कम्पनी वा यस्तै कुनै संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस।
77292 लाभान्वित वि. लाभको सुविधा पाएको; सुविधाभोगी।
77293 लाभालाभ ना. लाभ र हानि; नाफा र नोक्सान।
77294 लाभे ना. बट्टाईका जातिको एक प्रकारको पक्षी।
77295 लाभ्रे१ वि. बेसरोकारको कामकुरामा अघि सरी बोल्ने; मुखसारी; लाउके।
77296 लाभ्रे२ ना. अन्नमा लाग्ने सेतो र लामो किरो; चिलेसो।
77297 लाभ्रे किरो ना. ठुलो झुसिल्किरो।
77298 लाम् वि. लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै- लाम्किरो, लाम्खुट्टे, लाम्पाते इ.)।
77299 लाम ना. १. लहर; ताँती; हार; पङ्क्ति।
77300 लाम ना. २. पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड।