Dictionary

All Word

77201 लाटोकोसेरो ना. राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; भुल्को; उल्लु; उल्लूक।
77202 लाटोगाँडो वि. १. नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो।
77203 लाटोगाँडो वि. २. अबुझ; बुद्धिहीन।
77204 लाटोगाँडो वि. ३. सहारा नभएको; निस्सहाय।
77205 लाटोघाँस ना. चिसो ठाउँमा हुने एक प्रकारको घाँसे रुख।
77206 लाटोरिस ना. हतपती नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोक।
77207 लाटो सुधो वि. १. लाटो र सुधो।
77208 लाटो सुधो वि. २. सिधासाधा; साधारण खालको।
77209 लाठ१ ना. राणाकालमा कमान्डरइनचीफभन्दा मुनिको प्रमुख सैनिक दर्जा; प्रधान सेनापति; जङ्गीलाठ।
77210 लाठ२ वि. १. घस्टिएर पुरानोजस्तो भएको; बिसम्भार भएर धुस्निएको; लास्ट (लुगाफाटो आदि)।
77211 लाठ२ वि. २. बिग्रेको; बरबाद।
77212 लाठ३ ना. १. साइकलको पाउदान वा चक्का अड्याउने बिचको किलो; धुरा; धुर।
77213 लाठ३ ना. २. कलपुर्जाको एक अवयव।
77214 लाठी ना. लट्ठी।
77215 लाठी चार्ज ना. जुलुस आदि भिड हटाउन गरिने लाठीको प्रहार; लाठीमुङ्ग्री।
77216 लाठीप्रहार ना. लाठीचार्ज।
77217 लाठीमुङ्ग्री ना. जे पायो त्यसैले अरूलाई प्रहार गर्ने काम; परस्परमा लाठो र मुङ्ग्रोले कुट्ने काम; पिटापिट।
77218 लाठे वि. १. जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान। ना.
77219 लाठे वि. २. रोपाइँमा कोदालीको काम गर्ने पुरुष खेतालो।
77220 लाठो ना. लौरोभन्दा ठुलो र लामो कुट्ने साधन।
77221 लाड ना. केटाकेटीलाई गरिने पुलपुल्याहट र माया।
77222 लाडिनु अ.क्रि. १. लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु।
77223 लाडिनु अ.क्रि. २. बालकजस्तो बन्नु; केटाकेटीको जस्तो बानी गर्नु।
77224 लाडे वि. १. लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित।
77225 लाडे वि. २. केटाकेटीका स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने।
77226 लात ना. १. खुट्टा; पाउ; पाद।
77227 लात ना. २. खुट्टाको हनाइ; पाउको प्रहार; लात्ती।
77228 लात्तालात्ती ना. एकले अर्कालाई लात्तीको प्रहार गर्ने काम।
77229 लात्तिनु अ.क्रि. लात्ती लाग्नु; लत्तिनु।
77230 लात्ती ना. पादप्रहार; लात।
77231 लात्तीकुत्ती वि. प्रशस्त; धेरै; छेलोखेलो; मनग्य।
77232 लात्ते वि. लात्तीको; लात्तीले गरिने।
77233 लात्तेकुत्ते वि. लात्तीकुत्ती।
77234 लात्तेभकुन्डो ना. फुटबल।
77235 लाथ्रो ना. कलिलो वा नछिपिएको रुख वा त्यसको हाँगो।
77236 लाद्नु स.क्रि. १. लदाउनु; भारी बोकाउनु।
77237 लाद्नु स.क्रि. २. भारी बोक्नु।
77238 लाद्नु स.क्रि. ३. भारी हाल्नु।
77239 लादिनु क.क्रि. १. लदाइनु; भारी बोकाइनु।
77240 लादिनु क.क्रि. २. भारी बोकिनु।
77241 लादी ना. १. भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा।
77242 लादी ना. २. हात्ती, घोडा आदिको बिष्ठा; लिदी।
77243 लादीभुँडी ना. मल र भुँडी दुवै।
77244 लादे वि. १. ठुलो भुँडी भएको; भुँडे; भुँडीवाल।
77245 लादे वि. २. धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू (निन्दार्थमा)।
77246 लादो ना. हे. लाद्रो।
77247 लाद्रे वि. १. ठुलो भुँडी भएको; पेटुवा।
77248 लाद्रे वि. २. धेरै खाने; घिच्चू ( निन्दार्थमा)।
77249 लाद्रो ना. लादी रहने भुँडी; पेट; लादो।
77250 लापरलोपर वि. मेलोमेसो नभएको; ढङ्ग नमिलेको।