Dictionary

All Word

77051 लाक्षणिक वि. १. सङ्केतक।
77052 लाक्षणिक वि. २. लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिद्वारा अर्थबोध गराउने (शब्द, वाक्य आदि)।
77053 लाक्षणिक वि. ३. पारिभाषिक; लक्षण गर्नुपर्ने।
77054 लाक्षणिक वि. ४. गौण।
77055 लाक्षा ना. लाहा।
77056 लाक्षा रस ना. सधवा स्त्रीहरूले गोडामा लगाउने रातो रङ्ग; माहुर।
77057 लाख ना. १. सय हजारको सङ्ख्या; लक्ष। वि.
77058 लाख ना. २. शतसहस्र; सय हजार।
77059 लाख ना. ३. झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै।
77060 लाखन् वि. १. अनेक लाख; अनगन्ती।
77061 लाखन् वि. २. अनेकौँ।
77062 लाखन् बिसी ना. प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बिस रुपियाँको रकम वा सो चलनअनुसार दिइने कुनै रकम।
77063 लाखन् रुपियाँको जिउ पदा. बहुमूल्य शरीर।
77064 लाखन् रुपियाँको वचन पदा. बहुमूल्य बोली।
77065 लाखाँ वि. अनेक लाख; अनगन्ती।
77066 लाखा ना. १. नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई।
77067 लाखा ना. २. पागमा डुबाएर बनाइएको एक प्रकारको ठुलो रोटी; लाखामरी।
77068 लाखापाखा वि. १. छिन्नभिन्न भएर यताउति लागेको; यत्रतत्र छरिएको।
77069 लाखापाखा वि. २. बिल्लीबाठ परेको; ठाउँठहर हराएको।
77070 लाखा फर्काइ ना. नेवारजातिमा विवाहको करार भङ्ग गर्न वा वैवाहिक सम्बन्धविच्छेद गर्न दुलहीका तर्फबाट गरिने कामकारबाही वा फर्काइने वस्तु।
77071 लाखु ना. एक जातको भद्दा बाँदर।
77072 लाखे ना. १. राक्षस; राकस।
77073 लाखे ना. २. मकुन्डो लगाएर साउनभदौतिर सांस्कृतिक रिवाजअनुसार नचाइने राक्षसरूपधारी व्यक्ति।
77074 लाखे नाच ना. मकुन्डो लगाएर नाचिने परम्परागत सांस्कृतिक नाच।
77075 लाखेस् वि.बो. कसैलाई बदलाको भावनाले डरत्रास देखाउनका निम्ति प्रयोग हुने शब्द; पखेस्।
77076 लाखौँ वि. १. अनेक लाख; लाखन्।
77077 लाखौँ वि. २. अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्त।
77078 लाग्नु अ.क्रि. १. कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; कामकुरामा तल्लीन हुनु।
77079 लाग्नु अ.क्रि. २. कामकुरो गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।
77080 लाग्नु अ.क्रि. ३. कुनै काम हुन खोज्नु; आँट्नु।
77081 लाग्नु अ.क्रि. ४. लेसाइलो पदार्थ टाँसिनु; जोडिनु।
77082 लाग्नु अ.क्रि. ५. हातलागी हुनु; मिल्नु; पाउनु (जस्तो- हात लाग्नु)।
77083 लाग्नु अ.क्रि. ६. ठोकिनु; बज्नु।
77084 लाग्नु अ.क्रि. ७. सार गर्नु।
77085 लाग्नु अ.क्रि. ८. बन्द हुनु; थुनिनु।
77086 लाग्नु अ.क्रि. ८. पोतिनु; लिपिनु। १०. रङ्गरोगन वा पालिस बस्नु।
77087 लाग्नु अ.क्रि. ११. भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।
77088 लाग्नु अ.क्रि. १२. नाता पर्नु; साइनो पर्नु।
77089 लाग्नु अ.क्रि. १३. अनुभव हुनु; मनमा हो भन्ने पर्नु।
77090 लाग्नु अ.क्रि. १४. लट्ठ पर्नु; लट्ठिनु।
77091 लाग्नु अ.क्रि. १५. अर्थबोध हुनु; माने वा मतलब खुल्नु।
77092 लाग्नु अ.क्रि. १६. दोष, बात आदि आइपर्नु; आरोप लाग्नु (जस्तो बात लाग्नु)।
77093 लाग्नु अ.क्रि. १७. गणितमा ठिकठिकसँग भाग जानु।
77094 लाग्नु अ.क्रि. १८. अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।
77095 लाग्नु अ.क्रि. १९. लत, बानी आदि बस्नु। २०. पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।
77096 लाग्नु अ.क्रि. २१. खर्च, भाडा आदि पर्नु।
77097 लाग्नु अ.क्रि. २२. पक्ष लिनु; ओड गर्नु।
77098 लाग्नु अ.क्रि. २३. खेल, जूवा आदिमा बारम्बार उही दाउ आउनु।
77099 लाग्नु अ.क्रि. २४. खेदो गर्नु; पछ्याउनु।
77100 लाग्नु अ.क्रि. २५. दृष्टिदोष हुनु; कुदृष्टि पर्नु।