Dictionary

All Word

76951 लहँगा ना. २. लोकनाचमा मारुनीले लगाउने एक प्रकारको लामो वस्त्र।
76952 लहटे ना. लाहासम्बन्धी काम गर्ने एक वर्ग वा जाति।
76953 लहड ना. १. तरङ्ग; तर्कना; विचार।
76954 लहड ना. २. इच्छा; आकाङ्क्षा।
76955 लहड ना. ३. आमोद; विलास।
76956 लहडबाजी ना. लहड।
76957 लहडी वि. लहड गर्ने स्वभावको; तरङ्गी; मनमोजी; रसिक।
76958 लहनतहन ना. १. पैसाको कारोबार; लेनदेन; लगानी; लहना।
76959 लहनतहन ना. २. व्यवहार।
76960 लहना ना. १. वाणिज्यव्यवसाय, सापट आदिमा ब्याज, मुनाफा आउने गरी रुपियाँपैसा लगाउने काम; लगानी।
76961 लहना ना. २. लेनदेनको व्यवहार।
76962 लहना ना. ३. भाग्यभोग।
76963 लहना ना. ४. कौटुम्बिक सम्बन्ध।
76964 लहर ना. १. पानीमा हावा लाग्दा उठ्ने छाल; तरङ्ग; लहरी।
76965 लहर ना. २. ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग।
76966 लहर ना. ३. पङ्क्ति; कालम; ताँती।
76967 लहर ना. ४. जोस; उमङ्ग।
76968 लहर ना. ५. मोजमज्जा; लहड।
76969 लहरी१ ना. मालवाहक ठुलो गाडी; लरी।
76970 लहरी२ ना. लहर; प्रवाह।
76971 लहरी साहित्य ना. प्रेम, लडाइँ आदि रोचक रोमाञ्चक विषय वा घटनाविशेषको सवाईजस्तो लोकछन्दमा रचिएको गीत वा गीतिकाव्य।
76972 लहरे वि. १. लहर मिलेको; पङ्क्तिबद्ध।
76973 लहरे वि. २. लहरा भएको; लहराका रूपको।
76974 लहरे वि. ३. रुखका हाँगाबाट लहरो झैँ निस्की झुन्डिएको।
76975 लहरे आँप ना. लहरामा फल्ने टमाटरका आकारका एक जातको आँप।
76976 लहरे खोकी ना. विशेष गरेर बालकहरूलाई एकोहोरै किसिमले लाग्ने खोकी (हुपिङ कफ)।
76977 लहरे चित्र ना. लहरै क्रम मिलाइएको फिल्मी चित्र।
76978 लहरे च्याउ ना. रुखमा उम्रने सेतो रङ्गको फूलजस्तो खान हुने लहरादार च्याउ।
76979 लहरे जाई ना. ओलियसी समूहको एकथरी सेतो फूल।
76980 लहरे तिथि ना. सोह्र श्राद्ध।
76981 लहरे दही ना. जमेको बाक्लो दही।
76982 लहरेदार वि. लहरा भएको।
76983 लहरे दुबो ना. केही साना पात, छोटा आँख्ला र लामो लहरा हुने दुबो विशेष।
76984 लहरे धोती ना. मलमल आदि सेतो कपडाको भुइँ हरियो रँगाई चौडाइको भागमा रुखको लहराजस्तो बाङ्गोबाङ्गो धर्सो पर्ने गरी लाम्चो बुट्टा पारिएको जनाना धोती।
76985 लहरे पिपल ना. हाँगाबाट लहरो निस्कने एक जातको पीपल।
76986 लहरे बढाइँ ना. लगातारको बढाइँ।
76987 लहरो ना. थाँक्रो, रुख आदिमा बेह्रिएर चढ्ने वा जमिनमा फैलने लामो बोट, बेलो; लता; झाल; बल्ली।
76988 लहलह क्रि.वि. १. हरिया अन्नका बोट, साग, घाँस आदि झ्याम्म भई सप्रने चालसित; हरियोभरिलो हुने गरी। वि.
76989 लहलह क्रि.वि. २. हरिलोभरिलो; लहलहाउँदो।
76990 लहलहाइ ना. लहलहाउने भाव, क्रिया वा प्रक्रिया।
76991 लहलहाइनु अ.क्रि. लहलह होइनु।
76992 लहलहाउँदो वि. लहलह भएको; हरिलोभरिलो।
76993 लहलहाउनु अ.क्रि. लहलह हुनु; हरिलोभरिलो हुनु।
76994 लहस ना. प्रसन्नता; खुसी; आनन्द।
76995 लहसतहस ना. १. लसपस; छूतछात; संसर्ग।
76996 लहसतहस ना. २. गुप्त काम-कुरो; खासखुस।
76997 लहसाइ ना. लहसाउने भाव, क्रिया वा प्रक्रिया; लहस्याइ।
76998 लहसाइनु अ.क्रि. लहसिने होइनु।
76999 लहसाउनु अ.क्रि. लहसिनु।
77000 लहसिनु अ.क्रि. १. आसक्त हुनु; रत्तिनु; फस्नु।