Dictionary

All Word

76901 लव ना. ५. क्रीडा।
76902 लव ना. ६. ऊनी; पस्मिना।
76903 लव ना. ७. रामका एक छोराको नाम।
76904 लवङ्ग ना. ल्वाङको लहरो वा त्यसैको फूल; ल्वाङ।
76905 लवण ना. १. नुन।
76906 लवण असुर ना. १. शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो।
76907 लवण असुर ना. २. एक नरकको नाम।
76908 लवण समुद्र ना. क्षारसमुद्र।
76909 लवणाकर ना. नुनको खानी; समुद्र; जलाशय।
76910 लवणोत्तम ना. सिँधेनुन; यवक्षार।
76911 लवलेश ना. ज्यादै थोरै परिमाण; स्वल्प मात्रा।
76912 लवसुम्लो ना. बारीमा बार बार्न प्रयोग गरिने ठुलो घोचो वा लाठो; गजबार।
76913 लवाइ ना. १. लाउने भाव, क्रिया वा प्रक्रिया; लाउने ढङ्ग।
76914 लवाइ ना. २. पहिरन।
76915 लसकन्डे वि. हलचल गर्न नचाहने; बसेको बस्यै गर्ने।
76916 लसकमसक/लसकलसक क्रि.वि. हात्ती आदि हिँडे झैँ गरी; लस्काइका चालमा।
76917 लसक्क क्रि.वि. लस्कने चालसित।
76918 लसपस १. संसर्ग छातछूत; छुवाछूत।
76919 लसपस २. स्त्री र पुरुषका बिचको अनैतिक गुप्त सम्पर्क; व्यभिचार।
76920 लसपसिनु अ.क्रि. लसपस हुनु; संसर्ग हुनु; आसक्त हुनु; लहसिनु; रतिनु; फस्नु।
76921 लसपसे वि. लसपस गर्ने।
76922 लसपस्याइ ना. लसपसिने वा लसपस्याउने क्रियाप्रक्रिया।
76923 लसपस्याउनु प्रे.क्रि. लसपसमा पार्नु।
76924 लसपस्याहट ना. लसपसिने काम, किसिम वा स्थिति।
76925 लसुन ना. सुगन्धराजका जस्ता लामालामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसाला तथा औषधीका रूपमा प्रयोग हुने, प्याज वा छ्यापीका जातको बोट वा त्यसको कन्द; लशुन; लहसुन।
76926 लसुने वि. १. लसुन खाने।
76927 लसुने वि. २. लसुनको जस्तो गन्ध आउने। ना.
76928 लसुने वि. ३. रिट्ठाका जस्ता हरिया र चिल्ला पात हुने, रङ्गीबिरङ्गी फूल फुल्ने एक वृक्षविशेष।
76929 लस्कनु अ.क्रि. हात्ती वा त्यस्तै कुनै मोटो प्राणी हिँड्नु; लम्कनु; हात्ती हिँडे झैँ गरी हिँड्नु।
76930 लस्कर ना. मानिस वा अन्य जीवको लामो ताँती; लर्को; लाम; पङ्क्ति।
76931 लस्करी ना. आइमाईहरूले कानका डिलमा लगाउने मुन्द्री; लस्करीमुन्द्रा।
76932 लस्करी उखु ना. एक जातको ठुलो र मोटो उखु।
76933 लस्करी मुन्द्रा/मुन्द्री ना. नारीले कानका डिलमा लगाउने मुन्द्री; लसकरी।
76934 लस्काइ ना. लस्कने भाव, क्रिया वा प्रक्रिया।
76935 लस्काइनु क.क्रि. लस्कन लाइनु; लस्कने पारिनु।
76936 लस्काउनु प्रे.क्रि. लस्कन लाउनु; लस्कने पार्नु।
76937 लस्किनु अ.क्रि. लसकलसक हिँड्नु; लस्कनु।
76938 लस्को ना. १. लामो फड्को वा पाइलो; लस्काइ।
76939 लस्को ना. २. हत्केलामा लिँदा एकपल्ट घस्न पुग्ने तेल वा सो तेलको घसाइ (जस्तो- एक लस्को तेल)।
76940 लस्को ना. ३. पस्कँदाखेरि पन्युमा एक पटकमा आएको थोरै ढिँडो।
76941 लस्क्याइ ना. लस्किने भाव, क्रिया वा प्रक्रिया।
76942 लस्क्याहट ना. लस्कने काम, किसिम वा ढाँचा; लस्काइ।
76943 लस्टिनु स.क्रि. धेरै बिग्रनु।
76944 लस्त वि. १. रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्त।
76945 लस्त वि. २. टाँसिएको; आलिङ्गित।
76946 लस्सा ना. गुँद, माड, खोटो आदिमा हुने टाँसिने तत्त्व; लेसाइलोपन; च्याटच्याट लाग्ने गुण।
76947 लस्सादार वि. लस्सा भएको; लेसाइलो।
76948 लस्सालु वि. लस्सादार।
76949 लस्सी ना. दहीबाट तयार पारिएको एक प्रकारको स्वादिलो सर्बत वा पेय वस्तु।
76950 लहँगा ना. १. आइमाईहरूले कमरमा इँजारले बाँधी फरियाको सट्टा लगाउने एक अधोवस्त्र।