Dictionary

All Word

77001 लहसिनु अ.क्रि. २. इच्छा हुनु; झुक्नु।
77002 लहस्याइ ना. लहसिने वा लहस्याउने क्रियाप्रक्रिया।
77003 लहस्याइनु क.क्रि. प्रेममा अल्झाइनु; आसक्त पारिनु।
77004 लहस्याउनु स.क्रि. आसक्त पार्नु; रत्त्याउनु; झुकाउनु।
77005 लहसुन ना. हे. लसुन।
77006 लहस्याहट ना. लहसिने काम, किसिम वा अवस्था; लहस्याइ।
77007 लहुरी ना. सानो लौरो; लौरी।
77008 लहुरीपिञ्जर वि. साह्रै दुब्लो; सिकुटे; फुकीढल; लौरीपिञ्जर।
77009 लहुरो ना. लौरो; लाठो; लट्ठी; सोट्ठा; दण्डा।
77010 लहै वि.बो. कसैलाई कुनै काममा सतर्क गराउन वा कुनै कुराको जानकारी दिन प्रयोग गरिने शब्द; लौ है।
77011 लहैलहै ना. अर्काको बहकाउ; उल्का; होहल्ला; हाहा।
77012 ला वि.बो. पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द। (उदा.- ला, खसिहाल्यो नि ! ला, मैले त भन्नै पो बिर्सेछु)।
77013 लानु स.क्रि. १. लैजानु; लिएर जानु; लग्नु; ओसार्नु।
77014 लानु स.क्रि. २. उडाउनु; चम्पट पार्नु।
77015 लाँकुरी ना. खरीका छाँटको मसिना लाम्चा पात हुने हाँगाबिँगा हाल्ने रुखविशेष।
77016 लाँक्रो ना. एक बोट उखुको सिङ्गो डाँठ; ढाँक।
77017 लाँडो ना. पुरुष वा नरजातिको मूत्रेन्द्रिय; शिश्न; लिङ्ग।
77018 लाँपु ना. लमी।
77019 लाइट ना. १. टर्च लाइट।
77020 लाइट ना. २. बत्ती।
77021 लाइटर ना. चुरोट आदि सल्काउन पेट्रोल, ग्याँस आदि हालिएको, थिचेर रगडी बालिने विभिन्न आकारप्रकारको हुने एक उपकरण।
77022 लाइन ना. १. पङ्क्ति; जाम; ताँती; हार।
77023 लाइन ना. २. धर्को; रेखा।
77024 लाइन ना. ३. बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट।
77025 लाइन ना. ४. जमिनमा बिछ्याइएको पानीको पाइप ।
77026 लाइन ना. ५. रेलको लिक ।
77027 लाइन ना. ६. पढाइ वा जागिरको विषय।
77028 लाइन म्यान ना. टेलिफोन, बिजुली आदिमा बाहिरको काम गर्ने कर्मचारी; फुटबल खेलमा झन्डा लिएर छेउछाउमा कुदी सङ्केत दिने व्यक्ति।
77029 लाइनु क.क्रि. लगाइनु।
77030 लाइनो टाइप ना. मुद्रणकलमा एकएक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप; हरफमुद्र।
77031 लाइब्रेरियन ना. पुस्तकालयाध्यक्ष; ग्रन्थपाल।
77032 लाइब्रेरी ना. पुस्तकालय; ग्रन्थागार।
77033 लाइसार ना. लाउने कुरालाई महत्त्व दिने काम (खाइसार कि लाइसार मरेपछि लम्पसार - उखान)।
77034 लाइसेन्स ना. १. तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र।
77035 लाइसेन्स ना. २. निजी वा भाडावाल सबारीचालकलाई सबारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र।
77036 लाइसेन्स ना. ३. रेडियो आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र।
77037 लाई१ ना. सागपातमा लाग्ने अति मसिना खालका कालाकाला किरा; रुखमा लाहा पैदा गर्ने एक प्रकारको किरा।
77038 लाई किरा ना. सागपातमा लाग्ने मसिना किरा; लाई।
77039 लाई२ प्रत्य. व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र द्वितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो- भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु)।
77040 लाउनु स.क्रि. १. लगाउनु।
77041 लाउनु स.क्रि. २. बन्द गर्नु; थुन्नु (उदा.- ढोका लाउन नबिर्स)।
77042 लाउनु स.क्रि. ३. कुनै शब्दका पछाडि प्रयुक्त भएर गर्नका निम्ति प्रेरणा दिने अर्थ बुझाउने क्रियापद (जस्तो- गोता लाउनु; भन्न लाउनु इ.)।
77043 लाउके वि. १. अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने।
77044 लाउके वि. २. बेसरोकारको काममा अघि सर्ने; लाफ्रे; लाभ्रे।
77045 लाउड स्पिकर ना. स्वरलाई विस्तारित रूप दिने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र।
77046 लाउनी काठ/लाउने काठ ना. ढिकी चलाउँदा ओखलमा धान आदि चलाउन प्रयोग गरिने टुप्पामा कपडा बेरिएको लामो काठ; काठ; लुँडी।
77047 लाक ना. मनको भित्री अभिप्राय; मनपेट; आँत।
77048 लाकपाक ना. १. आपसी कुटपिट; कुटाकुट; हातहालाहाल; लाप्पा।
77049 लाकपाक ना. २. परस्परको जुधाइ; कुस्ती।
77050 लाकेट ना. शोभाका निम्ति माला वा हारमा झुन्ड्याइने जन्त्रजस्तो सानो वस्तु; लकेट।