Dictionary

All Word

77151 लाचारी ना. लाचार हुनाको भाव; विवशता।
77152 लाछ्नु स.क्रि. बोक्रा लछार्नु; तोड्नु; चुँड्नु।
77153 लाछलुछ ना. १. लाछ्ने र लुछ्ने काम; लुछाचुँडी; लुछलाछ।
77154 लाछलुछ ना. २. खोसाखोस; लुटलाट।
77155 लाछा ना. १. आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौँको लच्छा।
77156 लाछा ना. २. एक सेरको सनपाटको मुठो।
77157 लाछाडोरी ना. चुल्ठो समात्न र लामो पार्न आइमाईले लाउने तीन लुर्का भएको धागाको गुच्छो।
77158 लाछिनु क.क्रि. बोक्रा लछारिनु; लोडिनु; चुँडिनु।
77159 लाछी वि. १. साहस वा ह्याउ नभएको; निर्धो; काँथर; नामर्द।
77160 लाछी वि. २. धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने।
77161 लाछी वि. ३. ना. भेट्नुसमेत टिपिएको भोर्लाका पातको मुठो।
77162 लाछी वि. ४. पहाडतिरका घरको सामुन्ने भागको बरन्डा।
77163 लाछी वि. ५. घरका पाखामा गाँसेको छानु।
77164 लाज ना. मान्य जनका सम्मुख पर्दा वा अनुचित कामकुरा, व्यवहार आदि भएको अनुभव गर्दा हुने धक वा सङ्कोच; लज्जा; सङ्कोच।
77165 लाजगाल ना. १. जसरीतसरी; जसोतसो।
77166 लाजगाल ना. २. इज्जत; प्रतिष्ठा; लोकलज्जा।
77167 लाजभाँड ना. सभा, समाज वा मान्य जनका सामुन्ने बोल्न नहुने कुरो; अश्लील वचन; लाज लाग्ने कुरो।
77168 लाजमर्दो वि. ज्यादै लाजलाग्दो; लाजले भुतुक्क पार्ने।
77169 लाजा ना. १. धान भुट्दा उठ्ने फूल; भुटेको धान; लावा।
77170 लाञ्छन ना. १. दाग; धब्बा; टाटो।
77171 लाञ्छन ना. २. कलङ्क; दोष; बात; आरोप।
77172 लाञ्छन ना. ३. चिह्न; निसान; निसानी।
77173 लाञ्छना ना. १. कलङ्क; अभियोग; दोष; लाञ्छन।
77174 लाञ्छना ना. २. अपवाद; निन्दा।
77175 लाञ्छित वि. लाञ्छना लगाइएको; दोषी तुल्याइएको; कलङ्कित।
77176 लाटलुट१ ना. जुठो चिज छरिएर बिटुलिने काम; लसपस; छातछूत।
77177 लाटलुट२ ना. जबर्जस्ती खोस्ने र लुट्ने काम; खोसमोस; लुटपिट।
77178 लाटा ना. १. मकै पाक्ने बेलामा बोटमा बस्ने पहेँलो किरो; मकैकिरो।
77179 लाटा ना. २. बालकहरूको खेलमा प्रयोग हुने एक शब्द। वि.
77180 लाटा ना. ३. लाटो; लट्ठक।
77181 लाटागाँडा वि. लठेप्रो; लाटो; ग्वाँजे; लाटोगाँडो।
77182 लाटानुप्रास ना. अनुप्रास शब्दालङ्कारको एक भेद; समानार्थक शब्दको आवृत्ति हुने तर अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार।
77183 लाटिनु अ.क्रि. १. लाटो हुनु; लठ्याङ्ग्रिनु।
77184 लाटिनु अ.क्रि. २. रोगले मुख बिग्रेर जिभ्राले स्वाद थाहा नपाउने हुनु।
77185 लाटिनु अ.क्रि. ३. शरीरका अङ्गमा अचेतन वा जडता पैदा हुनु; बोधो हुनु।
77186 लाटी१ ना. काव्यशास्त्रअनुसार वैदर्भी र पाञ्चाली रीतिका बिचको एक रीति।
77187 लाटी२ वि. १. बोल्न नसक्ने; मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री)।
77188 लाटी२ वि. २. लठ्यौरी।
77189 लाटी२ वि. ३. सोझो नियतकी; सुधी।
77190 लाटी२ वि. ४. मूर्ख; बद्धिहीन (स्त्री)।
77191 लाटीकाठ ना. लाम्चो आकारको पात हुने एक जातको रुख।
77192 लाटीको साल ना. अलपत्रे चाला।
77193 लाटी बुड्यानी ना. १. धामीविद्याअनुसार बुड्यानीका तीन बहिनीमध्ये एउटी; पूतना।
77194 लाटी बुड्यानी ना. २. रोगको एक भेद; मधौरुलाई विचेत पार्ने व्यथा।
77195 लाटो वि. १. बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला।
77196 लाटो वि. २. लठ्यौरो; ग्वाँगे; लठेप्रो।
77197 लाटो वि. ३. मूर्ख; जड।
77198 लाटो वि. ४. सुधो; साधु।
77199 लाटो वि. ५. निमुखा।
77200 लाटो वि. ६. नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि)।