Dictionary

All Word

77301 लाम ना. ३. रणभूमि।
77302 लाम्किरो ना. सर्प; साँप।
77303 लामखुट्टे ना. १. गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको किरो; मच्छर। वि.
77304 लामखुट्टे ना. २. लामा खुट्टा हुने।
77305 लामगरो ना. १. रणभूमि; युद्धस्थल।
77306 लामगरो ना. २. लामो आकारको खेतको गरो।
77307 लामघारे वि. रणभूमि; लामा खुट्टा हुने अग्लो र नसुहाउँदो खालको; लाम्टाङे (मानिस)।
77308 लामटाङ ना. १. नेपालको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिङ हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी।
77309 लामटाङ ना. २. सोही नाउँठाउँको २३,७५० फिट अग्लो हिमशिखर।
77310 लामपुछ्रे ना. १. पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
77311 लामपुछ्रे ना. २. ढुकुरजस्तो, फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
77312 लामपुछ्रे ना. ३. लामो पुच्छर हुने एक जातको भेडा। वि.
77313 लामपुछ्रे ना. ४. लामो पुच्छर भएको।
77314 लामबन्दी ना. सशस्त्र सेनाद्वारा लाम लागेर वा घेरा दिएर छेक्ने वा तम्तयार रहने काम।
77315 लामा१ ना. ऊँट जस्तै अग्लो तर जुरो नभएको, शरीरभरि लामा रौँ हुने दक्षिण अमेरिकामा पाइने एक स्तनधारी जनावर।
77316 लामा२ ना. १. तिब्बतका बौद्ध धर्मका धर्मगुरु।
77317 लामा२ ना. २. सेर्पा, तामाङ आदि जातिका मूल पुरोहित।
77318 लामा२ ना. ३. भोटेजातिको मानबोधक शब्द।
77319 लामापाथी ना. बालीनालीमा असिना, पानी आदिको प्रकोप नपरोस् भनी धजासहितको बाँसको लिङ्गो गाडेर तन्त्रमन्त्र गरेबापत लामालाई दिइने पाथी धान आदिको दस्तुर।
77320 लामि ना. लामो (समास हुँदा पूर्वपदका रूपमा मात्र प्रयुक्त)।
77321 लामिछाने वि. १. लामो छाना भएको (घर)। ना.
77322 लामिछाने वि. २. नेपालीको एक थर।
77323 लामिडाँडा ना. १. लामो परेर फैलिएको डाँडो; लाम्चो पहाड।
77324 लामिडाँडा ना. २. धादिङ जिल्लादेखि नुवाकोट जिल्लासम्म फिँजारिएको डाँडो।
77325 लामिडाँडे वि. लामिडाँडामा हुने वा बस्ने।
77326 लामो वि. १. धेरै परसम्म पुगेको; लमाइ बढ्ता भएको; दीर्घ; लम्बे।
77327 लामो वि. २. पछिसम्म रहने।
77328 लामो हात ना. चोर्ने काम वा आदत; चोरी।
77329 लाम्काने वि. लामा कान भएको; लम्कन्ना।
77330 लाम्कीरो ना. हे. लामकिरो।
77331 लाम्खुट्टे ना. हे. लामखुट्टे।
77332 लाम्चिनु अ.क्रि. लाम्चो हुनु; लम्बिनु।
77333 लाम्चिलो वि. लाम्चोलाम्चो खालको; लम्स्याइलो।
77334 लाम्टाङे वि. लामघारे।
77335 लाम्टो ना. १. शरीरको दुध आउने अवयव; स्तन; थुन।
77336 लाम्टो ना. २. झोलिएको थुन; शिथिल स्तन।
77337 लाम्टो ना. ३. दुधको मुन्टो।
77338 लाम्टो ना. ४. मासुको लुँदो।
77339 लाम्पाटो ना. मूल पाटोभन्दा मुनिको बारीको लाम्चो पाटो।
77340 लाम्पाते ना. १. सुर्तीविशेष।
77341 लाम्पाते ना. २. लसुनको पात।
77342 लाम्पाते ना. ३. साह्रो काठ हुने एक जातको रुख। वि.
77343 लाम्पाते ना. ४. लामो पात भएको।
77344 लाम्पुछ्रे ना. हे. लामपुच्छ्रे।
77345 लायक वि. १. असल गुण भएको; योग्य।
77346 लायक वि. २. सुहाउँदो; उपयुक्त; मनासिब।
77347 लायक वि. ३. तन्दुरुस्त; स्वस्थ; समर्थ।
77348 लायक वि. ४. ठिक; उचित।
77349 लायक वि. ५. माफिक; मुताबिक।
77350 लायक वि. ६. मिल्दो; अनुकूल; दुरुस्त।