Dictionary

All Word

77351 लायक वि. ७. सत्य; यथार्थ।
77352 लायकिलो वि. लायक भएको।
77353 लायकी ना. लायक हुनाको भाव वा अवस्था; योग्यता।
77354 लार ना. धानको बाला काटिसकेपछि खेतमा बाँकी रहेको छोटो भेट्नु।
77355 लारी ना. डन्डीबियोको एक खेल।
77356 लार्के ना. १. नेपालको पश्चिमाञ्चल विकास- क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी। (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ)।
77357 लार्के ना. २. भाले ढुकुर।
77358 लार्के ना. ३. कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार। वि.
77359 लार्के ना. ४. पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुऱ्याएर फाटो पार्ने।
77360 लार्भा ना. फुलबाट निस्कने, जीवजन्तुको प्रारम्भिक रूप।
77361 लाल१ ना. १. बालक; बच्चो; लाला।
77362 लाल१ ना. २. छोरो; पुत्र।
77363 लाल२ वि. १. रातो। ना.
77364 लाल२ वि. २. रातो गेडी; लालगेडी।
77365 लाल२ वि. ३. एक मासाको दसौँ भाग वा एक तोलाको सयौँ भाग; रत्ती।
77366 लालक वि. दयामाया वा लालनपालन गर्ने; भरणपोषण गर्ने।
77367 लालच/लालचा ना. १. कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना।
77368 लालच/लालचा ना. २. अति लोभ; अनुचित इच्छा।
77369 लालची वि. लालच गर्ने; लोभी।
77370 लालटिन/लालटिनी/लालटेन ना. मटीतेल हालेर बालिने, चिम र उझन्डो भएको एक प्रकारको बत्ती।
77371 लालढड्डा ना. पल्टनिया जवानका खान्कीको दर्ताबही।
77372 लालन ना. स्नेहको व्यवहार; लाडप्यार; पुलपुल्याहट।
77373 लालनपालन ना. स्नेहका साथ खानलाउन दिने काम; पालनपोषण।
77374 लालना ना. स्नेहका साथ बालकलाई पाल्ने काम; स्नेह; माया।
77375 लालपाते ना. टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुध झैँ सेतो तरल पदार्थ निस्कने, नर्कट झैँ एउटै डाँठ हुने एक थरी बोट वा त्यसैको रातो पात; लालुपाते।
77376 लालपुर्जा ना. जग्गाधनीलाई प्रमाणका निम्ति दिइने मोठ, कित्ता जग्गाको परिमाण आदि लेखिएको रातो छापचिह्न लागेको कागत; जग्गाधनी दर्ताप्रमाणपुर्जा।
77377 लाल फित्ताशाही वि. नियमको बहुलता भएको प्रशासनिक प्रणाली; फित्ताशाही (रेडटेपिज्म)।
77378 लालबुझक्कड वि. ठिक कुरो थाहा नपाईकन अन्दाजको भरमा निराधार बुद्धि लडाउने; डेढअक्कली।
77379 लालबैजनी ना. रातो र बैजनी मिश्रित एक प्रकारको रङ। राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा।
77380 लालमोहन ना. खुवा, पिठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई।
77381 लालमोहर ना. १. राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप।
77382 लालमोहर ना. २. त्यस्तो छाप लागेको कागजात।
77383 लालमोहरिया वि. लालमोहर भएको वा पाएको; लालमोहरसम्बन्धी।
77384 लालस/लालसा ना. १. लालच।
77385 लालस/लालसा ना. २. गर्भवतीको रुचि।
77386 लालसागर ना. दक्षिणी अरब र उत्तरपूर्वी अफ्रिकाका बिचको समुद्रको नाम।
77387 लाला ना. बालक; बच्चो; बालो।
77388 लालाबाला ना. बालबच्चा; केटाकेटी।
77389 लालायित वि. १. ज्यादै लुब्ध; अति लोभी।
77390 लालायित वि. २. राल चुहाउने; रालो।
77391 लालित वि. १. लालना गरिएको; माया गरिएको।
77392 लालित वि. २. पुलपुल्याइएको।
77393 लालित्य ना. १. ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य।
77394 लालित्य ना. २. प्रेमसूचक हाउभाउ।
77395 लालिमा ना. रातोपना; लाली।
77396 लाली ना. १. लालिमा; रातोपन।
77397 लाली ना. २. ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने राम्रो रङ्गको शृङ्गारसाधन।
77398 लालीगुराँस ना. हरिया खस्रा पात हुने, गुलाफी रङको झुप्पा फूल फुल्ने (इरिकेसी समूहको) एक वृक्ष वा त्यसैको फूल; नेपालको राष्ट्रिय फूल।
77399 लालुपाते ना. हे. लालपाते।
77400 लाल्चा ना. लालच। (उदा.- मऱ्यो ताल्चा लाल्चाउपर परनिन्दा पर सऱ्यो- लेखनाथ)।