Dictionary

All Word

77501 लिखुटे वि. हे. लिखुरे।
77502 लिखुरी ना. १. लिखुरोको पोथी रूप।
77503 लिखुरी ना. २. धान, गहुँ आदि बत्ताउँदा हावाका निम्ति हम्कने उपकरण।
77504 लिखुरी ना. ३. धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द।
77505 लिखुरे वि. साऱ्है दुब्लो; सिकुटे; लिखुरे; फुकीढल; लिखुरो; लिखुर्के; लिखुटे।
77506 लिखुरो वि. साह्रै सानो र दुब्लोपातलो; मरन्च्याँसे; हल्लनटाट (प्रायः भेडा, बाख्रा आदिको पाठो)।
77507 लिखेटो ना. कपाल कोर्ने काइँयाको माझमाझमा मसिना सिन्का हालेर फट्टाउँदा अरू दाँत अझ बाक्ला पारेको र कोर्दा लिखा ल्याउने साधन; लिखौटो।
77508 लिखो ना. जुम्रा, उडुस आदिको फुल।
77509 लिखौटो ना. हे. लिखेटो।
77510 लिग ना. १. सङ्घ; संस्था, जमात (जस्तो- गोर्खा लिग, मुस्लिम लिग आदि)।
77511 लिग ना. २. सम्झौता; सन्धि।
77512 लिग ना. ३. साँध; सीमा।
77513 लिगलगा ना. साँध-सिमाना; हाता।
77514 लिगलिगे ना. घाँटीभित्र कण्ठनिर झुन्डिएको पातलो सानो अवयव; किलकिले।
77515 लिगेसन ना. १. राजदूत वा कूटनैतिक प्रतिनिधिहरूको मण्डली।
77516 लिगेसन ना. २. राजदूत बस्ने घर; राजदूतावास।
77517 लिङ्ग ना. १. पुरुषको जननेन्द्रिय; शिश्न।
77518 लिङ्ग ना. २. स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न।
77519 लिङ्ग ना. ३. मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग।
77520 लिङ्ग ना. ४. कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण।
77521 लिङ्ग ना. ५. व्याकरणमा पुरुष, स्त्री र नपुंसक छुट्ट्याउने शब्दका रूप (पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग)।
77522 लिङ्ग ना. ६. साङ्ख्यशास्त्रका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति।
77523 लिङ्ग ना. ७. मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति)।
77524 लिङ्गधारी वि. खालि चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
77525 लिङ्गपुराण ना. अठार महापुराणमध्ये एक।
77526 लिङ्गवृत्ति ना. १. भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु। वि.
77527 लिङ्गवृत्ति ना. २. आडम्बर गर्ने; ढोँगी।
77528 लिङ्गशरीर ना. हिन्दुशास्त्रअनुसार मृत्युपछि शुभअशुभ फल भोग्ने भनी मानिएको सूक्ष्म शरीर।
77529 लिङ्गी वि. १. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
77530 लिङ्गी वि. २. लिङ्गसम्बन्धी।
77531 लिङ्गी वि. ३. लिङ्ग भएको।
77532 लिङ्गे वि. १. लिङ्गसम्बन्धी।
77533 लिङ्गे वि. २. लिङ्ग भएको; लिङ्गी। ना.
77534 लिङ्गे वि. ३. देवस्थलहरूका यात्रामा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा।
77535 लिङ्गेपिङ ना. चारवटा बाँसका लिङ्गा चारतिर गाडेर दुईदुईवटा बाँसका टुप्पा जोडी मास्तिर तेर्स्याइएको बलोमा लठारो टाँगेर बनाइएको मच्चाएर खेलिने (प्राय: दसैँतिहारमा) पिङ।
77536 लिङ्गो ना. १. इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा।
77537 लिङ्गो ना. २. आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ।
77538 लिङ्गो ना. ३. ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु।
77539 लिङ्ग्वल ना. कुलो, धारा, पानी र यातायातका साथै वाणिज्यसम्बन्धी काम गर्ने लिच्छविकालीन एक अड्डा।
77540 लिची ना. लाम्चा पात र खस्रो बोक्रो हुने, मसिनामसिना फूल फुल्ने र रसदार गुलियो काँडादार फल हुने एक जातको रुख वा त्यसैको फल; लिच्ची।
77541 लिच्चड वि. १. जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्न्याहा।
77542 लिच्चड वि. २. मक्खीचुस; चुइयाँ; लोभी; कन्जुस।
77543 लिच्चड वि. ३. अल्छी; लोसो; बोधो।
77544 लिच्चड वि. ४. लेसाइलो; लेसिलो।
77545 लिच्छवि ना. प्राचीन नेपाल, मगध र कोशल देशको एक प्राचीन प्रसिद्ध शासकवंश।
77546 लिटर ना. तरल पदार्थको एक किलो बराबरको परिमाण वा नापो।
77547 लिटो ना. १. भात नखुवाएका दुधमुखे बालकलाई खुवाउन भुटेका चामलको पिठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने मनभोगका छाँटको खानेकुरो।
77548 लिटो ना. २. पाकेर सिता जोडिएको र पस्कँदा पन्युमा टाँसिने लचेप्रो भएको गिलो भात।
77549 लिडुको ना. हे. लिँडुल्को।
77550 लितिक्क क्रि.वि. गिलो पदार्थ थिचिँदा वा निचोरिँदा एक छेउबाट पिच्च निस्किएजस्तो गरी; लित्त; पितिक्क; लितिक्क।