Dictionary

All Word

77101 लाग्नु अ.क्रि. २६. उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु।
77102 लाग ना. १. टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया।
77103 लाग ना. २. हकदावी; दैया; सम्बन्ध।
77104 लाग ना. ३. प्रभाव; असर।
77105 लाग ना. ४. पहाड।
77106 लागछाड ना. १. घाम वा पानीले बोटबिरुवाको विकासको अनुकूल भएर ठिक्क बेलामा लाग्ने र ठिक्क बेलामा छाड्ने क्रियाप्रक्रिया; बिरुवामा घाम वा पानीको उपस्थिति वा अनुपस्थिति।
77107 लागछाड ना. २. रोग, भूत, प्रेत आदिको असर बढ्ने र घट्ने क्रम; लाग्दैछाड्दै गर्ने व्यथा।
77108 लागछोड ना. लागछाड।
77109 लागमाल ना. १. पहाड र मधेस।
77110 लागमाल ना. २. व्यवसायका लागि मधेसबाट पहाड वा पहाडबाट मधेस जाने कार्य (तुल. गाउँबेँसी)।
77111 लागत ना. १. कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परल खर्च। वि.
77112 लागत ना. २. लाग्नेजति ; चाहिनेजति।
77113 लागनास्ति ना. कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति। (उदा.- तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु)।
77114 लागभाग ना. भूत, प्रेत आदिको प्रभाव; लागोभागो; लागलगान।
77115 लागलगान ना. भूतप्रेत आदिको बाधा वा असर।
77116 लागलगानी ना. १. लेनदेनको रुपियाँ; ऐँचोपैँचो वा रिन लिएको तिर्नुपर्ने धन।
77117 लागलगानी ना. २. थालेको काम।
77118 लागलगेस्रो ना. कम्ती वा थोरै लागलगानी।
77119 लागवादी ना. १. कुनै मुद्दामा कानुनबमोजिम वादी हुने अधिकार भएको व्यक्ति।
77120 लागवादी ना. २. प्रतिवादी वादी र वादी प्रतिवादी भएको अवस्था।
77121 लागि ना.यो. निमित्त; निम्ति; खातिर; हेतु; प्रयोजन।
77122 लागिनु अ.क्रि. काममा संलग्न होइनु; लागिपरिनु।
77123 लागिपर्नु अ.क्रि. काममा तन्मय भएर लाग्नु; तल्लीन हुनु; एकाग्र हुनु।
77124 लागिपराइ ना. लागिपर्ने भाव, क्रिया वा अवस्था।
77125 लागिपरिनु अ.क्रि. लागिपर्ने काम गरिनु; तन्मयतासाथ लागिनु।
77126 लागिमेली क्रि.वि. लाग्ने र जुट्ने किसिमले; सघाउने रूपमा।
77127 लागु ना. १. मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)।
77128 लागु ना. २. लागभाग; लागो।
77129 लागु ना. ३. ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम।
77130 लागु ना. ४. प्रमाणित हुने काम; ठिक ठहर। वि.
77131 लागु ना. ५. तल्लीन भई काममा लागेको; लग्गु; आसक्त।
77132 लागु ना. ६. पल्केको; अनुरक्त।
77133 लागुभागु ना. १. लागभाग।
77134 लागुभागु ना. २. मादक पदार्थ।
77135 लागु वस्तु ना. मादक पदार्थ (गाँजा, भाङ, चरेस, अफिम, रक्सी इ.); लागु।
77136 लागू ना. हे. लागु।
77137 लागूभागू ना. हे. लागुभागु।
77138 लागो ना. १. भूतप्रेतको छाया वा बाधा; लागभाग।
77139 लागो ना. २. डाइनी, बोक्सी, धामीहरूको खेल।
77140 लाग्दो वि. १. हुँदो; भेट्दो (जस्तो- लाग्दो साँझ, छोड्दो दिन)।
77141 लाग्दो वि. २. लाग्नेजति; चाहिँदो; जरुरत परेजति।
77142 लाग्दो वि. ३. अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द (जस्तो- मायालाग्दो, उराठलाग्दो, डरलाग्दो इ.)।
77143 लाग्ने वि. १. तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि)।
77144 लाग्ने वि. २. छुच्चो; मुखाले। (उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ)।
77145 लाघव ना. १. लघु हुनाको भाव वा अवस्था; लघुता।
77146 लाघव ना. २. अल्पता; न्यूनता; क्षुद्रता; कमी।
77147 लाङ ल्होसार (लोसार) ना. महायानबौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष।
77148 लाचार वि. १. कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य।
77149 लाचार वि. २. असमर्थ; अशक्त।
77150 लाचार वि. ३. साबित; कायल; हैरान।