Dictionary

All Word

76851 ललना ना. १. कामिनी।
76852 ललना ना. २. सुन्दरी स्त्री।
76853 ललना ना. ३. जिब्रो।
76854 ललना ना. ४. बिलौना; ललौरी।
76855 ललनिका ना. ललना; स्त्री।
76856 ललनी/ललहनी ना. हे. ललहरी।
76857 ललहरी ना. आफ्ना दुःख, पिर आदि अरूसित पोख्ने काम; दुःखबेसाइ; बिलौना।
76858 ललाइ मिठा कुराले फकाउने काम; ललाउने क्रिया वा प्रक्रिया।
76859 ललाइफकाइ ना. ललाउने र फकाउने काम।
76860 ललाइनु क.क्रि. ललाउने काम गरिनु; फकाइनु।
76861 ललाइनु फकाइनु क.क्रि. ललाइफकाइ गरिनु।
76862 ललाउनु स.क्रि. मिठा कुरा गरेर मनाउनु वा भुलाउनु; फकाउनु; फुल्याउनु।
76863 ललाउनु फकाउनु स.क्रि. मिठामिठा कुरामा भुलाएर आफूले भनेको मान्ने गराउनु; ललाइफकाइमा पार्नु।
76864 ललाट ना. १. मस्तक; माथ; निधार।
76865 ललाट ना. २. पुर्पुरो; चाँदो।
76866 ललाट ना. ३. भाग्य; प्रारब्ध।
76867 ललाम वि. १. राम्रो; मनोहर।
76868 ललाम वि. २. प्रिय।
76869 ललाम वि. ३. श्रेष्ठ; उत्तम। ना.
76870 ललाम वि. ४. गहना; अलङ्कार; आभूषण।
76871 ललाम वि. ५. रत्न।
76872 ललाम वि. ६. झन्डा; पताका।
76873 ललित वि. १. चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय।
76874 ललित वि. २. सुन्दर; मनोहर; रमणीय।
76875 ललित वि. ३. कोमल; नरम; मृदु।
76876 ललित वि. ४. अभिलषित; अभीष्ट।
76877 ललित वि. ५. लावण्यमय। ना.
76878 ललित वि. ६. प्रस्तुत कार्य वा घटनालाई प्रत्यक्षरूपमा वर्णन नगरेर त्यस्तै अरू कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने एक काव्यालङ्कार।
76879 ललितकला ना. मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स)।
76880 ललितपत्तन ना. ललितपुर।
76881 ललितपुर ना. १. काठमाडौँ उपत्यकाभित्रको एक जिल्ला।
76882 ललितपुर ना. २. पाटन सहर।
76883 ललितविस्तार ना. बुद्धको चरित्रको वर्णन गरिएको एक प्रसिद्ध बौद्ध ग्रन्थ।
76884 ललिते वि. १. रूप र सिपको अभिनय गर्ने।
76885 ललिते वि. २. मिठो कुरा गरेर प्रभाव पार्ने।
76886 ललिते वि. ३. चिप्ला कुरा गरेर अरूलाई मोहित तुल्याउने; बेसारे।
76887 ललित्याइँ ना. ललिते छाँट वा चाल।
76888 ललौरा ना. व्यर्थको गन्थन वा गनगन; ललौरी।
76889 ललौरी ना. १. ललना; ललौरा।
76890 ललौरी ना. २. ललौराको स्त्री रूप।
76891 ललौरीफकौरी ना. ललौरी गाउँदै फकाउने काम।
76892 ललौरीबिलौरी ना. ललौरी गाउँदै बिलौना गर्ने काम; गनगन र बिलौना।
76893 ललौरे वि. ललौरा गाउने; व्यर्थको गन्थन गर्ने।
76894 लल्याकलुलुक क्रि.वि. १. शारीरिक दुर्बलताका कारणले गलेर; क्लान्त हुने गरी।
76895 लल्याकलुलुक क्रि.वि. २. फितलो; लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लल्याङलुलुङ।
76896 लल्याङलुलुङ क्रि.वि. हे. लल्याकलुलुक।
76897 लव ना. १. सानो भाग; खण्ड; टुक्रो।
76898 लव ना. २. थोरै परिमाण; अल्पमात्रा।
76899 लव ना. ३. समयको सूक्ष्म विभाग; छत्तीस निमेषको समय।
76900 लव ना. ४. हानि; नोक्सानी।