Dictionary

All Word

76701 लम्बाचौडा वि. २. विस्तारमा फैलाइएको; विवरणयुक्त; लम्बेचौडे (गफ, लेख आदि)।
76702 लम्बाचौडा वि. ३. ज्यादा लामो; लमलस्ट।
76703 लम्बिनु अ.क्रि. हे. लम्मिनु।
76704 लम्बिका ना. रुद्रघण्टी; किलकिले; उपजिह्वा।
76705 लम्बित वि. १. झुन्डिएको; लत्रेको; नुहेको; लट्किएको।
76706 लम्बित वि. २. स्थगित।
76707 लम्बित वि. ३. कसैको आडभरोसामा रहेको; अवलम्बित; आश्रित।
76708 लम्बुकोट ना. घुँडासम्म आउने न्यानो खालको कोट; टपकोट; ओभरकोट।
76709 लम्बे वि. लामो; लम्बा; दीर्घ; विशाल।
76710 लम्बेचौडे वि. लम्बाचौडा।
76711 लम्बेतान वि. धेरै लामो; खुब लम्बा।
76712 लम्बोत्तर वि. लाम्चो; लम्स्याइलो।
76713 लम्बोदर ना. १. गणेश। वि.
76714 लम्बोदर ना. २. ठुलो भुँडी भएको; भुँडे।
76715 लम्ब्याइ ना. १. लम्बिने भाव, क्रिया वा प्रक्रिया।[लम्ब्याउ+आइ]
76716 लम्ब्याइ ना. २. लम्ब्याउने भाव, क्रिया वा प्रक्रिया।
76717 लम्ब्याइनु क.क्रि. लामो गराइनु; लम्म्याइनु।
76718 लम्ब्याउनु स.क्रि. पार्नु; लम्म्याउनु।
76719 लम्मिनु अ.क्रि. १. लामो हुनु; लम्बिनु।
76720 लम्मिनु अ.क्रि. २. तन्किनु; तानिनु।
76721 लम्मिनु अ.क्रि. ३. ढिलो हुनु; विलम्ब हुनु; टाँगिनु।
76722 लम्म्याइ ना. लम्मिने वा लम्म्याउने भाव, क्रिया वा प्रक्रिया।
76723 लम्म्याइनु क.क्रि. लामो पारिनु; तन्काइनु।
76724 लम्म्याउनु स.क्रि. १. लामो पार्नु; टँगाउनु।
76725 लम्म्याउनु स.क्रि. २. ढिलो गर्नु; विलम्ब गर्नु।
76726 लम्य्राङलुम्रुङ ना. १. लुम्रो चाल; लोसो हिँडाइ। क्रि.वि.
76727 लम्य्राङलुम्रुङ ना. २. त्यस्तो चालले हिँडेर।
76728 लम्लस्ट वि. लामो र पट्यार लाग्ने खालको (कुरा); लमिलस्ट।
76729 लम्स्याइलो वि. १. लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ)।
76730 लम्स्याइलो वि. २. लामो र सलसलाउँदो (हात-गोडा आदि)।
76731 लय ना. १. एक वस्तु अर्का वस्तुमा चिन्न र छुट्ट्याउन नसकिने किसिमले मिलेको अवस्था; मिलान; विलय।
76732 लय ना. २. गहन एकाग्रता; मनको लीनता; तल्लीनता।
76733 लय ना. ३. सृष्टिको अन्तमा हुने महानाश; विनाश; विघटन; प्रलय।
76734 लय ना. ४. प्रच्छन्नता; अदृश्यता; अदर्शन।
76735 लय ना. ५. सङ्गीतमा स्वरको आरोह र अवरोहको विशेष तीन क्रम (विलम्बित, मध्य र प्लुत)।
76736 लय ना. ६. विश्रामस्थल; आवास; निवास।
76737 लय ना. ७. आलिङ्गन।
76738 लय ना. ८. आराम।
76739 लय ना. ८. कुनै काम जान्नका लागि चाहिने तन्मयता; लयो।
76740 लयदार वि. १. लय भएको; साङ्गीतिक।
76741 लयदार वि. २. राम्रो; सुन्दर।
76742 लयदार वि. ३. आनन्दप्रद।
76743 लयस१ ना. सुन्दरताका लागि पोसाकको किनारमा जडिने रेसम आदिको फित्ता; पट्ठा; गोटा; लैस।
76744 लयस२ वि. उत्तम वस्त्र, गहना आदिले सजिसजाउ भएको; झरिझुट्ट; लैस।
76745 लयालु/लयालो वि. १. झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो।
76746 लयालु/लयालो वि. २. एकनास भएर मिलेको; लयदार।
76747 लयो ना. १. कुनै काम सिक्न चाहिने एकाग्रता; तन्मयता।
76748 लयो ना. २. कुनै कामकुरो थाहा पाउन वा सिक्न तल्लीन भएर लाग्ने काम।
76749 लयो ना. ३. काम गर्ने फुर्ती; जाँगर।
76750 लरक्क क्रि.वि. १. लर्कने वा लट्कने गरी।