Dictionary

All Word

76551 लफन्दर वि. १. धेरै बोल्ने; बतौरे।
76552 लफन्दरे वि. लफन्दरो।
76553 लफन्दरो वि. १. बेकम्मा; रद्दी।
76554 लफन्दरो वि. २. लफङ्गो।
76555 लफन्धर वि. १. धेरै बोल्ने; फतौरो।
76556 लफन्धर वि. २. स्वास्नी मरेको; राँडो।
76557 लफन्धरी वि. १. धेरै बोल्ने (स्त्री); फतौरी।
76558 लफन्धरी वि. २. पोइ मरेकी; राँडी।
76559 लफरलफर क्रि.वि. लफलफाउने खालका लुगा हल्लाएर।
76560 लफलफ क्रि.वि. १. पानी आदिले भिजेका लुगा लाउँदा शरीरमा बराबर टाँसिने गरी; लफ्य्राक-लफ्य्राक। वि.
76561 लफलफ क्रि.वि. २. भिजेको; रुझेको।
76562 लफलफाइ ना. लफलफाउने भाव, क्रिया वा प्रक्रिया।
76563 लफलफाइनु अ.क्रि. लफलफ होइनु।
76564 लफलफाउँदो वि. लफलफ गर्दो; भिजेर तर भएको।
76565 लफलफाउनु अ.क्रि. १. लुगा भिजी शरीरमा च्याप्प-च्याप्प टाँसिनु।
76566 लफलफाउनु अ.क्रि. २. पानीले बेसरी रुझ्नु; निथ्रुक्क हुनु।
76567 लफुङ्गो वि. हे. लफङ्गो।
76568 लफ्रक्क क्रि.वि. भिजेको वा लामो भएको लुगा हल्लने वा भुइँमा घस्रने चालसित; लफलफ।
76569 लफ्य्राकलफ्य्राक क्रि.वि. १. भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ।
76570 लफ्य्राकलफ्य्राक क्रि.वि. २. लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर।
76571 लफ्य्राक्क क्रि.वि. धेरै पाँजिएर लफ्रक्क हुने गरी।
76572 लबज ना. १. शब्द; पद।
76573 लबज ना. २. वचन; बोली।
76574 लबज ना. ३. भन्ने तरिका; भनाइ।
76575 लबज ना. ४. अभिप्राय।
76576 लबटो ना. १. हर्थुङ्गोदेखि जोरेका औँलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो।
76577 लबटो ना. २. त्यस्तो आकारले गरेको प्रहार; थप्पड।
76578 लबट्याइ ना. लबट्याउने भाव, क्रिया वा प्रक्रिया।
76579 लबट्याइनु क.क्रि. लबटाले हानिनु।
76580 लबट्याउनु स.क्रि. १. लबटाले हान्नु; थप्प्याउनु।
76581 लबट्याउनु स.क्रि. २. गाँस हाल्दै धमाधम खानु; गप्फ्याउनु।
76582 लबर वि. १. झुटो कुरा गर्ने; ढँटुवा; फटाहा।
76583 लबर वि. २. धेरै बोल्ने; गफडी; गफी।
76584 लबरचट्टा वि. १. फटाइँ गरेर ठग्दै हिँड्ने।
76585 लबरचट्टा वि. २. मुखले जगतै मार्ने।
76586 लबरपाँडे वि. १. नाटकमा हास्यरसको अभिनय गर्ने (पात्र); विदूषक।
76587 लबरपाँडे वि. २. ठट्यौलो; हँस्सीमजाक गर्ने।
76588 लबरपाँडे वि. ३. जतासुकै पनि कुरो ठिक्क पार्न जान्ने; लबारो।
76589 लबरल्वाँठ वि. लण्ठ; बेकम्मा।
76590 लबरी ना. लबरको काम वा स्वभाव।
76591 लबरस्वाँठ वि. मूर्ख; गोबरगणेश; लद्दू।
76592 लबरो वि. हे. लबर।
76593 लबर्चट्टा वि. १. ढँटुवा; लबर्चट्टु; ढाँट।
76594 लबर्चट्टा वि. २. धूर्त; चोट्टा; ठग।
76595 लबर्चट्टा वि. ३. लफुङ्गो।
76596 लबर्चट्टु वि. लबर्चट्टो।
76597 लबस्तरी ना. १. 'लबस्तरो' को स्त्रीरूप; नकच्चरी; फलफले।
76598 लबस्तरी ना. २. नहरनी वा छुरा उध्याउने छाला।
76599 लबस्तरो वि. १. लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो।
76600 लबस्तरो वि. २. कामकुरामा बाधा पार्ने। ना.