Dictionary

All Word

76651 लम्काउनु स.क्रि. / प्रे.क्रि. २. हातगोडा आदि तान्नु वा तन्काउनु।
76652 लम्किनु अ.क्रि. १. लम्कनु।
76653 लम्किनु अ.क्रि. २. लामालामा पाइला गरी हिँड्नु।
76654 लम्कीझम्की ना. कसैलाई झम्टने उद्देश्यले लम्कने काम; हमला गर्ने तालसुर; लमकझमक।
76655 लम्को ना. १. लामो कदम; लामो फड्को।
76656 लम्को ना. २. बाटाको केही लामो र सोझो अंश; लर्कन।
76657 लम्कोसे वि. आँखाको कोस लामो भएको।
76658 लम्चाइलो वि. लाम्चो परेको; लाम्चिलो।
76659 लम्चिनु अ.क्रि. लाम्चो हुनु; लम्मिनु; तन्कनु।
76660 लम्च्याइ ना. लम्चिने वा लम्च्याउने क्रिया-प्रक्रिया।
76661 लम्च्याइनु क.क्रि. लाम्चो पारिनु; केही लम्ब्याइनु।
76662 लम्च्याइलो वि. लाम्चो परेको; लाम्चो आकारको।
76663 लम्च्याउनु स.क्रि. / प्रे.क्रि. लाम्चो पार्नु; केही लम्ब्याउनु; तन्काउनु।
76664 लम्छट वि. १. हार मिलेको; पङ्क्तिबद्ध; लाम वा ताँती मिलाइएको।
76665 लम्छट वि. २. हलक्क बढेको।
76666 लम्तन्न क्रि.वि. हे. लमतन्न।
76667 लम्तन्ने वि. १. लम्बेतान; लामो।
76668 लम्तन्ने वि. २. अग्लो; लबिधरे।
76669 लम्पट१ ना. १. सानो खालको पातलो डस्ना।
76670 लम्पट१ ना. २. कार्पेट आदिमा बिछ्याइने वा परदेशको यात्राका समयमा प्रयोग गरिने करङ्गे डस्ना।
76671 लम्पट२ वि. १. कामवासनाले आसक्त; विलासी; कामुक। ना.
76672 लम्पट२ वि. २. कामुक पुरुष।
76673 लम्पटता ना. लम्पट हुनाको भाव वा स्थिति।
76674 लम्पसार वि. १. हातगोडा पसारेर सुतेको; भुइँमा फैलेर पल्टेको। क्रि.वि.
76675 लम्पसार वि. २. लमतन्न।
76676 लम्फा ना. मटीतेल राखी बत्ती बाल्ने एक प्रकारको लालटिनजस्तो साधन; यारलम्फा।
76677 लम्फु वि. १. काम गर्न नजान्ने वा काम नपाएको; लफङ्गो; बेकारी।
76678 लम्फु वि. २. लट्ठक; मूर्ख; लखनटट्टु।
76679 लम्ब ना. १. कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्को सरल रेखा। वि.
76680 लम्ब ना. २. लामो; विस्तीर्ण; दीर्घ; विशाल।
76681 लम्ब ना. ३. सिधा उठेको; ठाडो।
76682 लम्बकर्ण वि. १. लम्कन्ना। ना.
76683 लम्बकर्ण वि. २. बाख्रो।
76684 लम्बकर्ण वि. ३. हात्ती।
76685 लम्बकर्ण वि. ४. राक्षस; पिशाच।
76686 लम्बकर्ण वि. ५. प्रताप मल्लका समयमा आएका एक दाक्षिणात्य तान्त्रिक ब्राह्मण।
76687 लम्बर ना. १. नम्बर; सङ्ख्या।
76688 लम्बर ना. २. अङ्क।
76689 लम्बरी वि. १. लम्बर भएको; नम्बरी।
76690 लम्बरी वि. २. असल; उम्दा (सुन)। ना.
76691 लम्बरी वि. ३. सय रुपियाँ वा त्यसभन्दा माथिको नोट।
76692 लम्बरी वि. ४. सरकारद्वारा विशिष्ट विद्वान्‌लाई दिइने मान वा मर्यादा।
76693 लम्बरी जग्गा ना. जोतवालाकै नाउँमा भएको जग्गा।
76694 लम्बा वि. १. लामो; लम्ब। ना.
76695 लम्बा वि. २. सर्प; लम्किरो।
76696 लम्बाइ ना. लमाइ।
76697 लम्बाइचौडाइ ना. १. लामो र चौडाको नापो; गज र लमाइको नाप।
76698 लम्बाइचौडाइ ना. २. विस्तार; फैलावट।
76699 लम्बाइको एकाइ ना. रैखिक नापको सबभन्दा सानो परिमाण।
76700 लम्बाचौडा वि. १. लामो र फराकिलो।