Dictionary

All Word

76501 लन्डिनु अ.क्रि. २. परीक्षामा प्रायशः असफल हुनु; गुल्टिनु।
76502 लन्डिनु अ.क्रि. ३. निरुद्योगी हुनु; लन्ठिनु।
76503 लन्डिनु अ.क्रि. ४. अलपत्र हुनु।
76504 लन्ड्याइ ना. लन्डिने भाव, क्रिया वा प्रक्रिया।
76505 लन्ड्याइनु क.क्रि. लन्ड्याउने काम गरिनु।
76506 लन्ड्याउनु प्रे.क्रि. लन्डिने तुल्याउनु; अलपत्र पार्नु; आफल्नु।
76507 लपक्क क्रि.वि. १. लेसाइलो वस्तु टाँसिने गरी।
76508 लपक्क क्रि.वि. २. गिलो खानेकुरा चाट्ने चालले; ल्याप्प।
76509 लपक्क क्रि.वि. ३. लतक्क।
76510 लपटो ना. १. लपेट्ने वा बेर्ने काम; लपेटो।
76511 लपटो ना. २. रबरको बेरुवा नली।
76512 लपटो ना. ३. बेर्ने वस्तु।
76513 लपटो ना. ४. लबटा।
76514 लपनछपन ना. १. लुकाउने र छिपाउने काम; ढाकछोप।
76515 लपनछपन ना. २. ढाँट्ने र छकाउने काम; छलछाम; ढाँटढुट।
76516 लपलप क्रि.वि. खोले आदि पातलो खाने कुरो चाटेर खाने गरी; लुपुलुपु।
76517 लपलपाउनु स.क्रि. १. खाने चाहनाले जिब्रो बाहिर निकाल्नु; साह्रै चाट्न थाल्नु लपलप गर्नु।
76518 लपलपाउनु स.क्रि. २. खानेकुरामा साह्रै लोभिनु।
76519 लपलपे वि. जिब्रो लपलप गर्ने; खानामा लोभिने; लोभी।
76520 लपेट्नु स.क्रि. १. गुटुमुटु पार्नु; बेर्नु।
76521 लपेट्नु स.क्रि. २. फेरो मार्नु।
76522 लपेट्नु स.क्रि. ३. दुई हातले बेर्नु; अँगालो हाल्नु।
76523 लपेटाइ ना. लपेट्ने भाव, क्रिया वा प्रक्रिया।
76524 लपेटाइनु क.क्रि. लपेट्न लाइनु।
76525 लपेटाउनु प्रे.क्रि. लपेट्न लाउनु।
76526 लपेटिनु क.क्रि. बेरिनु; अँगालो मारिनु।
76527 लपेटुवा वि. १. लपेटिएको; बेरिएको। ना.
76528 लपेटुवा वि. २. फर्सीको जस्तो पात हुने, काँडादार साना फल फल्ने एक बोट वा त्यसैको फल; झिम्झिरीटा।
76529 लपेटो१ ना. १. लपेट्ने वा बेर्ने काम; लपटो।
76530 लपेटो१ ना. २. लपेट्ने वस्तु।
76531 लपेटो१ ना. ३. रबरको बेरुवा नली।
76532 लपेटो२ ना. कसैलाई हत्केलाले दिएको थप्पड; लबटो।
76533 लपेस ना. १. गाँसेर बिट नउठाइएको पातको टपरी।
76534 लपेस ना. २. लाफो; पत्तल।
76535 लप्काइ ना. लप्काउने भाव, क्रिया वा प्रक्रिया।
76536 लप्काइनु क.क्रि. लप्काउने काम गरिनु; चाटिनु।
76537 लप्काउनु स.क्रि. १. चाटेर खानु।
76538 लप्काउनु स.क्रि. २. धेरै खानु।
76539 लप्काउनु स.क्रि. ३. ठगी गर्नु; ठगेर खानु वा तान्नु।
76540 लप्किनु क.क्रि. चाटिनु; धेरै खाइनु; ठगिनु; लप्काइनु।
76541 लप्को ना. आगाको ज्वाला; लपट; मुस्लो; राँको।
76542 लप्टन ना. १. जङ्गी सेवातर्फ कप्तानदेखि मुनिको एक सैनिक पद; उपसेनानी।
76543 लप्टन ना. २. अघिको अमिनी अदालतमा रहने हाकिम।
76544 लप्टनी ना. लप्टनको पद वा काम।
76545 लप्प क्रि.वि. लपक्क।
76546 लप्पनछप्पन ना. हे. लपनछपन।
76547 लप्रक्क क्रि.वि. लर्कने गरी; लर्काएर।
76548 लप्सी ना. बकैनाका जस्ता पात हुने लस्सादार अमिलो गुदी भएको फल फल्ने एक वृक्ष वा त्यसैको फल; श्लेष्मान्तक; लौसी।
76549 लफङ्गो वि. १. कुनै काम-कुरो नहेरी त्यसै लन्ठिएर हिँड्ने; कामकाजको रेखदेख नगर्ने; बेकम्मा।
76550 लफङ्गो वि. २. खराब आचरण भएको; बदमास।