Dictionary

All Word

76601 लबस्तरो वि. ३. नहरनी वा छुरा उध्याउने छाला।
76602 लबस्तऱ्याइँ ना. लबस्तराको भाव वा चाल।
76603 लबार वि. हे. लबर।
76604 लबारचोट्टा वि. लबरचोट्टा।
76605 लबारपाँडे वि. लबरपाँडे।
76606 लबारो वि. हे. लबार।
76607 लबालब वि. मुखसम्म हुने गरी भरिएको; टनाटन; भरिपूर्ण।
76608 लबिधरे वि. मोटो र अग्लो कदको; ठुलो काँटको; लर्दू; धिरी।
76609 लबेद ना. रूढिपरम्परा; पुरानो रीतिरिवाज; लोकाचार।
76610 लबेदा ना. मयलपोस; दौरा।
76611 लब्ध वि. १. हासिल गरिएको; प्राप्त।
76612 लब्ध वि. २. गणितमा भाग आदि गर्दा प्राप्त भएको (उत्तर; लब्धि; भागफल)।
76613 लब्ध वि. ३. बोध भएको।
76614 लब्ध वि. ४. कमाएको; अर्जित।
76615 लब्धकाम वि. अभीष्ट काम पूरा भएको; इच्छित पदार्थ प्राप्त भएको।
76616 लब्धकीर्ति वि. प्रसिद्ध; विख्यात; नामुद; विश्रुत।
76617 लब्धप्रतिष्ठ वि. प्रतिष्ठित; लब्धकीर्ति।
76618 लब्धाङ्क ना. परीक्षा आदिमा प्राप्त भएको अङ्क; प्राप्ताङ्क।
76619 लब्धाङ्कपत्र ना. लब्धाङ्क दिइएको पत्र (मार्कसिट)।
76620 लब्धि ना. १. प्राप्ति; अभिग्रहण।
76621 लब्धि ना. २. लाभ; फाइदा।
76622 लब्धि ना. ३. गणितमा भागफल।
76623 लभनावली ना. साधारण हरियो पात हुने करबीरका जातको एक वनस्पति।
76624 लभानी ना. एक दुई फिट लामा पात हुने, झुप्पामा राता फूल फुल्ने र लप्सीका जस्ता फल फल्ने, सिउँडीका जातको बोटविशेष।
76625 लभ्य वि. १. पाउन योग्य; प्राप्त गर्न लायक।
76626 लभ्य वि. २. उपयुक्त; उचित।
76627 लभ्य वि. ३. सुबोध।
76628 लमकझमक क्रि.वि. झम्टन खोज्ने गरी; आक्रमण गर्ने चालसित; लम्कीझम्की।
76629 लमकलमक क्रि.वि. लामो फड्का मारेर लगातार हिँड्ने गरी; लम्कने चालले; लमक्क।
76630 लमक्क क्रि.वि. लामो फड्का हालेर हिँडे झैँ गरी; लम्कने चालले।
76631 लमजुङ ना. नेपालको गण्डकी अञ्चलअन्तर्गत पर्ने एक जिल्ला।
76632 लमतन्न क्रि.वि. १. सुत्दा हातगोडा फिँजाएर; पसारिएर; लम्पसार; चित। वि.
76633 लमतन्न क्रि.वि. २. लामो हुने गरी तानिएको।
76634 लमलम क्रि.वि. हे. लमकलमक।
76635 लमलस्ट वि. हे. लमिलस्ट।
76636 लमाइ ना. लामोपट्टिको एक रैखिक नाप; लम्बाइ।
76637 लमिनु अ.क्रि. लामो हुनु; लम्बिनु।
76638 लमिनी१ ना. लामा जातकी स्त्री; लमेनी।
76639 लमिनी२ ना. लमीको काम गर्ने स्त्री।
76640 लमिलस्ट वि. वाक्क लाग्ने किसिमको; पट्यारलाग्दो (गफ, कुरा इ.)।
76641 लमी ना. विवाहमा वरवधू दुवै पक्षमा कुराकानी मिलाउने व्यक्ति; लाँपू।
76642 लमेनी ना. लामा-जातिकी स्त्री; लमिनी।
76643 लम्कनु अ.क्रि. लामो फड्का हालेर छिटो हिँड्नु; लमकलमक हिँड्नु; लस्कनु; दौडनु।
76644 लम्कन्ना/लम्कन्ने वि. १. लामो कान भएको। ना.
76645 लम्कन्ना/लम्कन्ने वि. २. दन्त्यकथामा वर्णित लामा कान हुने दैत्य।
76646 लम्काँक्री ना. ककडी।
76647 लम्काइ ना. १. लम्कने भाव, क्रिया वा प्रक्रिया।[लम्काउ+आइ]
76648 लम्काइ ना. २. लम्काउने भाव, क्रिया वा प्रक्रिया।
76649 लम्काइनु क.क्रि. लम्कन लाइनु।
76650 लम्काउनु स.क्रि. / प्रे.क्रि. १. हिँड्दा हातगोडा आदि छिटोछिटो चलाउनु; छिटो हिँड्न लाउनु।