Dictionary

All Word

78151 लैनो नानी ना. भर्खर जन्मेको बालक; दूधे शिशु।
78152 लैबरी ना. १. नेपाली लोकगीतमा प्रचलित एक भाकाको नाम।
78153 लैबरी ना. २. त्यस्तो गीतमा आउने रहनी वा थेगो।
78154 लैलगाम ना. लगामे लगाम र त्यससित सम्बन्धित वस्तु; सामानसहितको लगाम।
78155 लैलै ना. लहैलहैको छोटकरी रूप; बहकाउ; हाहा।
78156 लोँकिल ना. कुनै दुई देशका बिचका सिमानामा गाडिने ढुङ्गो; लोहँकिल।
78157 लोक ना. १. ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ।
78158 लोक ना. २. पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल सातसमेत चौध भुवन।
78159 लोक ना. ३. ग्रहमण्डल (जस्तो- सूर्यलोक, चन्द्रलोक, ध्रुवलोक आदि)।
78160 लोक ना. ४. मुख्य देवताको निवासस्थल (जस्तो- शिवलोक, विष्णुलोक, ब्रह्मलोक आदि)।
78161 लोक ना. ५. पुराणअनुसार, प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक।
78162 लोक ना. ६. समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह।
78163 लोक ना. ७. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा मूर्ति बराबरको नाप; आठ अमल।
78164 लोककण्टक ना. दुष्ट वा खराब व्यक्ति; दुर्जन।
78165 लोककथा ना. परम्परादेखि लोकजीवनमा मौखिक रूपले चलिआएको कथा; दन्त्यकथा।
78166 लोककल्याणकारी वि. लोकको भलो गर्ने।
78167 लोककार्य ना. लोक वा सर्वसाधारण जनतासँग सम्बन्ध रहने काम।
78168 लोकगाथा ना. परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरचरित्र र महत्त्वपूर्ण घटनाको बखान गर्ने शृङ्खलाबद्ध विशेष गीत।
78169 लोकगीत ना. जनसमाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत (रसिया, कर्खा, झ्याउरे, सिलोक आदि)।
78170 लोकघोषणा ना. लोकका निम्ति गरिने नीतियुक्त घोषणा।
78171 लोकचक्षु ना. सूर्य।
78172 लोकजित् वि. १. संसारलाई जित्ने; लोकविजयी।
78173 लोकजित् वि. २. बुद्ध।
78174 लोकडो वि. लगभग बाह्रचौध वर्षको; छोकडोभन्दा कती उमेरको वा सानो (ठिटो)।
78175 लोकतन्त्र ना. बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिअनुसार कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली; प्रजातन्त्र।
78176 लोकतन्त्रवाद ना. लोकतन्त्रको शासनपद्धति वा सिद्धान्त।
78177 लोकतन्त्रवादी वि. लोकतन्त्रवादको अनुयायी वा त्यो सिद्धान्त मान्ने।
78178 लोकतन्त्री वि. लोकतन्त्रको; लोकतान्त्रिक।
78179 लोकतन्त्रीकरण ना. कुनै देशको शासनपद्धतिलाई लोकतन्त्रको रूप दिने वा त्यसअनुरूप बनाउने काम; प्रजातन्त्रीकरण।
78180 लोकतान्त्रिक वि. लोकतन्त्रसम्बन्धी; लोकतन्त्रका सिद्धान्तअनुसारको।
78181 लोकतालोकती ना. सानाठुला धेरै लोकताको समूह।
78182 लोकती ना. १. लोकतोको लघु रूप।
78183 लोकती ना. २. लोकतोको स्त्रीरूप; स्त्रीलोकतो।
78184 लोकतो ना. १. जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट।
78185 लोकतो ना. २. पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातो जस्तै लामो धरो वा डोरी।
78186 लोकतो ना. ३. नेपाली कागत बनाउने एक प्रकारको घाँस। वि.
78187 लोकतो ना. ४. सुनेको नसुन्यै गरी वा भनेको नटेरी बसिरहने; चाम्रो।
78188 लोकत्रय ना. स्वर्ग, मर्त्य र पाताल तीनवटा लोक।
78189 लोकत्रयी ना. लोकत्रय।
78190 लोकदूषण वि. दुनियाँलाई खराब हुने काम गर्ने; दुनियाँको हानिनोक्सानी गर्ने।
78191 लोकद्वय ना. स्वर्ग र पृथ्वी दुई लोक।
78192 लोकनाच ना. हे. लोकनृत्य।
78193 लोकनाट्य ना. १. कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा कुनै ॠतुकालीन सन्दर्भलाई अँगालेर रीतिरिवाजअनुसार जनसाधारणमा खेलिने वा देखाइने अभिनय।
78194 लोकनाट्य ना. २. लोकनृत्य।
78195 लोकनिन्दा ना. लोकको निन्दा; लोकापवाद।
78196 लोकनृत्य ना. लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (जस्तै- घाटुनाच, धाननाच, मारुनीनाच इ.)।
78197 लोकन्त ना. विवाहपछि प्रायः दुलान नफर्काउन्जेल सँगै रहने वा सुसारका लागि बेहुलीका साथ जाने काम।
78198 लोकन्ती ना. १. बेहुलीका साथ जाने स्त्री साथी; बेहुलीकी सुसारे।
78199 लोकन्ती ना. २. लिम्बूजातिका बिहामा दुलहातिरबाट जाने जन्ती आइमाई र दुलहीतिरबाट दुलहीका साथ लागेर आउने आइमाई।
78200 लोकपरम्परा ना. लोकमा पहिलेदेखि चलिआएको वा मानिएको रीतिरिवाज; लोकप्रथा।