Dictionary

All Word

78301 लोती ना. कानको पुछारमा झुन्डिएको नरम अवयव।
78302 लोतीखरे वि. १. केही पनि गर्न नसक्ने।
78303 लोतीखरे वि. २. कान खाने।
78304 लोते वि. १. लोतो स्वभावको; लोकतो। स्त्री. लोती। ना.
78305 लोते वि. २. जति तान्यो उति तन्कने रबड।
78306 लोतो वि. १. आङ मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको।
78307 लोतो वि. २. कामकाजमा ढिला चालको।
78308 लोतो वि. ३. जति हटाए पनि नहट्ने; धिङ्न्याहा। ना.
78309 लोतो वि. ४. रुपियाँपैसा हालेर मुख बाँध्ने छालाको थैलो; लोत।
78310 लोत्याइँ ना. लोतो चाल; लोतेपन। (उदा.- तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु।)
78311 लोत्याइ ना. लोतिने वा लोत्याउने क्रियाप्रक्रिया।
78312 लोत्याइनु क.क्रि. लोतो तुल्याइनु।
78313 लोत्याउनु प्रे.क्रि. लोतो वा जुम्सो तुल्याउनु।
78314 लोत्रिनु अ.क्रि. १. लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धो हुनु।
78315 लोत्रिनु अ.क्रि. २. कुनै वस्तु लत्रक्क भएर झोलिनु वा झुन्डिनु।
78316 लोत्रे वि. लोत्रने स्वभावको; लोते; लुते।
78317 लोत्र्याइ ना. लोत्रिने क्रिया वा प्रक्रिया।
78318 लोत्र्याइनु क.क्रि. लोत्रिने पारिनु।
78319 लोत्र्याउनु प्रे.क्रि. लोत्रिने पार्नु।
78320 लोत्र्याँस्स क्रि.वि. लखतरान हुने किसिमले; लोत्रिने वा लत्रिने चालसँग।
78321 लोथ ना. १. शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ; चल्न, चटपटाउन नसक्ने स्थिति।
78322 लोथ ना. २. मृत शरीर; लास।
78323 लोथ्रे वि. लोथ्रो चालको।
78324 लोथ्रो ना. काँचो काठको लाठो; लाथ्रो।
78325 लोदर वि. १. बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने।
78326 लोदर वि. २. लच्छिन नभएको; अलच्छिनी।
78327 लोदो ना. शरीरका विभिन्न अङ्गको थलथले मासु; लुँदो।
78328 लोध ना. भित्र धर्साधर्सा भएको र बाहिर पातला पिलपिले डिम्बाकार पात हुने, सेतापछि पहेँला बास्नादार फूल फुल्ने, अनि साना लाम्चा फल लाग्ने, एक जातको, ठन्डा ठाउँमा हुने रुख; लोध्र।
78329 लोप ना. १. हराउने वा नदेखिने स्थिति; अलप; गायब, गुम।
78330 लोप ना. २. नासिने काम; कमी; क्षय।
78331 लोप ना. ३. व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप।
78332 लोपचिह्न ना. लेखाइका सिलसिलामा शब्द वा वाक्य छुट्ता थप्न प्रयोग गरिने चिह्न (।); कागखुट्टे।
78333 लोपाञ्जन ना. आफ्ना आँखामा लाएपछि अरूले आफूलाई नदेख्ने भनिने, एक प्रकारको कल्पित अञ्जन।
78334 लोपार्नु स.क्रि. १. कसैलाई लोप्पा खुवाउनु; लोप्य्राउनु; हिस्स्याउनु।
78335 लोपार्नु स.क्रि. २. लिप्नु वा घस्नु; लिप्सनु।
78336 लोपाराइ ना. लोपार्ने क्रिया वा प्रक्रिया।
78337 लोपारिनु क.क्रि. लोपार्ने काम गरिनु; लोप्पा खुवाइनु।
78338 लोपारे ना. पहिलो पटक कुनै नयाँ ठाउँमा जाने व्यक्ति।
78339 लोप्पा ना. केही रिससमेत पोख्तै 'नापिस्' भन्ने भाव जनाउँदा र निन्दाको रूपमा कसैको मुख लोपार्ने, हातको अर्धचन्द्राकार मुद्रा; त्यसरी मुख लोपार्ने काम; लोठ।
78340 लोप्पिनु अ.क्रि. लोप्पा खाइने हुनु; लोपारिनु।
78341 लोप्रालोप्री ना. सानातिना धेरै लोप्रा वा पाप्राको समूह।
78342 लोप्रिनु१ अ.क्रि. लोप्रो बन्नु; पाप्रो जम्नु।
78343 लोप्रिनु२ अ.क्रि. १. लोप्रे अवस्थामा पुग्नु; लुत्रुक्क पर्नु; निमोठिनु; निखुत्तिनु।
78344 लोप्रिनु२ अ.क्रि. २. लोप्पा खानु; लोप्य्राइमाग्नु।
78345 लोप्रिनु२ अ.क्रि. ३. कुनै कुरोबाट निराश हुनु; हिस्सिनु।
78346 लोप्रे वि. १. निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे।
78347 लोप्रे वि. २. लोप्रो बनेको; पाप्रो जमेको।
78348 लोप्रे कान ना. हिस्सिने वा लुत्रुक्क पर्ने अवस्था।
78349 लोप्रे हात ना. उल्टो हात (जस्तै- लोप्रे हात लाइदिनु अर्थात् मागेर पाइँदैन भनिदिनु।)
78350 लोप्रो ना. १. छाला आदिको पातलो तह वा पत्र; पाप्रो।