Dictionary

All Word

78251 लोकायतन ना. १. लोकविश्वास नमान्ने व्यक्ति; नास्तिक।
78252 लोकायतन ना. २. चार्वाक।
78253 लोकालोक ना. पुराणमा बताइएअनुसार सातै समुद्रलाई घेरेर रहेको एक पर्वतश्रेणी।
78254 लोकोक्ति ना. लोकको अनुभवमा सँगालिएको, सङ्क्षेपमा व्यक्त भएको गहकिलो तथा चमत्कारपूर्ण वाक्य; आहान; उखान।
78255 लोकोत्तर वि. संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण।
78256 लोकोपकार ना. सर्वसाधारण जनताको उपकार वा सार्वजनिक भलाइ हुने काम।
78257 लोकोपकारी वि. लोकको उपकार वा भलाइ गर्ने।
78258 लोखर्के ना. झुप्पाकार रौँ तथा लामो पुच्छर भएको, टाउकोदेखि पुच्छरसम्म दुई काला रेखा हुने, प्रायः रुखमै गुँड बनाएर बस्ने, मुसाका जातको साह्रै चुलबुले प्राणी।
78259 लोगेकार गुम्बा ना. नेपालको मुस्ताङ जिल्लामा रहेको, कलात्मकताले सुसज्जित एक गुम्बा।
78260 लोग्ने ना. स्वास्नीमानिसले वरण गरेको पुरुष; पति; पोइ।
78261 लोग्ने छोरो ना. लोग्नेमान्छेको महत्त्व जनाउँदा प्रयोग हुने शब्द; मर्द व्यक्ति।
78262 लोग्नेमानिस/मान्छे ना. भाले जातको मानिस; नर।
78263 लोग्नेस्वास्नी ना. लोग्ने र स्वास्नी; पतिपत्नी; दम्पती; जोईपोइ।
78264 लोचन ना. १. आँखा; नेत्र; नयन।
78265 लोचन ना. २. हेर्ने काम।
78266 लोचनपथ/मार्ग ना. दृष्टिमा पर्ने क्षेत्र; दृष्टिपथ।
78267 लोचना ना. १. बौद्ध धर्मका अनुसार पञ्चतारामध्ये एक।
78268 लोचना ना. २. अक्षोभ्यकी पत्नीको नाम; शक्ति।
78269 लोचना ना. ३. वज्रपाणिकी माता; आमा।
78270 लोट्नु अ.क्रि. १. खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु।
78271 लोटन ना. १. लोट्ने वा पल्टने क्रियाप्रक्रिया।
78272 लोटन ना. २. धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक।
78273 लोटपोट ना. लुटुपुटु गर्ने वा लडीबडी खेल्ने काम; ढलीमली।
78274 लोट ना. कागजी मुद्रा; नोट।
78275 लोटा ना. हे. लोहोटा।
78276 लोटाइ ना. १. लोट्ने भाव, क्रिया वा प्रक्रिया।
78277 लोटाइ ना. २. लोटाउने भाव, क्रिया वा प्रक्रिया।
78278 लोटाइनु क.क्रि. १. लोटाउने काम गरिनु; लडाइनु।
78279 लोटाइनु क.क्रि. २. पोताइनु।
78280 लोटाइ पोताइ ना. लोटाउने र पोत्ने काम।
78281 लोटाइपोती ना. लोटाइपोताइ।
78282 लोटाउनु स.क्रि. १. गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नलिप्सीकन लुटपुट्याएर चोख्याउनु। प्रे.क्रि.
78283 लोटाउनु स.क्रि. २. लोट्ने पार्नु; लडाउनु; पछार्नु।
78284 लोटिनु अ.क्रि. १. लोट्ने काम गरिनु; लडिनु। [लोटाउ+इ+नु]
78285 लोटिनु अ.क्रि. १. लोटाउने काम गरिनु।
78286 लोटिनु अ.क्रि. २. लोटाइ हुनु वा पुग्नु।
78287 लोटी ना. लोहोटी।
78288 लोड ना. पैसा हालेर कम्मरमा बाँध्ने छालाको पेटी।
78289 लोडन ना. १. हुँडल्ने वा मथ्ने काम।
78290 लोडन ना. २. हल्लने काम; झुलाइ।
78291 लोडसेडिङ ना. विशेष परिस्थितिमा विद्युत् आपूर्तिमा गरिने कटौती।
78292 लोडित वि. १. हुँडलिएको वा मथिएको।
78293 लोडित वि. २. हल्लाइएको; झुलाइएको।
78294 लोत१ ना. हे. लोतो।
78295 लोत२ ना. १. एक प्रकारको वनस्पतिविशेष।
78296 लोत२ ना. २. बोक्रो; छाला। (उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ।)
78297 लोत२ ना. ३. लोथ।
78298 लोता ना. जुत्ता, ब्याग, यन्त्र आदिका पुली-चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार।
78299 लोतिनु अ.क्रि. १. काम गर्दिनँ पनि भन्न नसक्ने, गरिहाल्न पनि नसक्ने हुनु; लोते वा लोकतो बन्नु; अल्साउनु।
78300 लोतिनु अ.क्रि. २. कुनै कुराको आशाले ढुक्नु।