Dictionary

All Word

79351 वाग्मती ना. काठमाडौँ उपत्यकाको पूर्वोत्तरमा पर्ने वाग्द्वारबाट निस्केर बग्ने एक प्रसिद्ध नदी।
79352 वाग्मिता / वाग्मित्व ना. १. विद्वत्ता; पाण्डित्य।
79353 वाग्मिता / वाग्मित्व ना. २. बोल्ने वा भाषण दिने कौशल; प्रवचनपटुता।
79354 वाग्मी वि. १. बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु।
79355 वाग्मी वि. २. विद्वान्; पण्डित।
79356 वाग्मी वि. ३. बृहस्पति।
79357 वाग्वज्र ना. १. दुख्ने गरी लाग्ने बोली; कटुवाणी।
79358 वाग्वज्र ना. २. सराप्ने काम; श्राप,;सराप।
79359 वाग्वाण ना. बिझ्ने गरी भनिने बोली; वचनको प्रहार।
79360 वाग्विदग्ध वि. १. बोल्न वा कुरा गर्न सिपालु; वाक्पटु।
79361 वाग्विदग्ध वि. २. विद्वान; पण्डित।
79362 वाग्विदग्धता ना. वाग्विदग्ध हुने स्थिति वा भाव; वाक्चातुर्य; पण्डित्याइँ।
79363 वाग्विलास ना. मन बहलाउका निम्ति गरिने ठट्टा-मस्करी; हँसीठट्टा।
79364 वाग्वीर वि. १. बोल्न सिपालु; वाक्पटु।
79365 वाग्वीर वि. २. भित्री आँट नभए पनि बाहिर कुराले हिम्मत देखाउने; फाइँफुट्टे।
79366 वाग्वैदग्ध्य ना. तर्कपूर्ण कुराकानी गर्ने वा भाषण दिने सिप; वाक्चातुर्य; वाग्विदग्धता।
79367 वाङ ना. १. गुल्टिने, पल्टिने वा जिल्लिने काम; विफलता; असफलता।
79368 वाङ ना. २. मर्ने काम; जिभ्रोटोकाइ।
79369 वाङ खानु टु. फेल हुनु; बिग्रनु। (उदा.- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।)
79370 वाङ्ग्रा ना. धान, कोदो आदिको हरियो बोट वा डाँठ; नलुवा; नल।
79371 वाङ्मधुर वि. १. भन्दा कसैलाई बिझ्ने (बोली)।
79372 वाङ्मधुर वि. २. मिठो बोलीवचन गर्ने; मधुरभाषी; मिष्ट भाषी।
79373 वाङ्मय ना. १. गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह; ग्रन्थ। वि.
79374 वाङ्मय ना. २. शब्दहरूले युक्त वा वाणी र वचनसित सम्बन्धित।
79375 वाङ्मय ना. ३. वाक्यसम्बन्धी; वाक्यात्मक।
79376 वाङ्मयी ना. सरस्वती देवी।
79377 वाङ्लय ना. वाक्यको लय; प्रस्तार।
79378 वाचक वि. १. कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची (जस्तै- व्यक्तिवाचक, नामवाचक, सङ्ख्यावाचक आदि)।
79379 वाचक वि. २. मौखिक। ना.
79380 वाचक वि. ३. सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डित।
79381 वाचक वि. ४. बाच्ने वा भन्ने व्यक्ति; पाठक।
79382 वाचक वि. ५. पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।
79383 वाचकधर्म लुप्तोपमा ना. वाचक पद र साधारण धर्म लुप्त हुने उपमा अलङ्कारको एक भेद।
79384 वाचक लुप्तोपमा ना. वाचक पद लुप्त हुने उपमा अलङ्कारको एक भेद।
79385 वाचकी वि. १. वाचन गर्ने।
79386 वाचकी वि. २. पुराणका मुख्य पण्डित।
79387 वाचकोपमान लुप्तोपमा ना. वाचक र उपमान लुप्त हुने उपमा अलङ्कारको एक भेद।
79388 वाचन ना. १. बाच्ने, पाठ गर्ने वा पढेर सुनाउने काम; कथन।
79389 वाचन ना. २. विधायिका सभा, बैठक आदिमा कुनै विधेयक, प्रस्ताव आदि उपस्थित गर्दा हुने आवृत्ति वा पाठ।
79390 वाचन कक्ष ना. वाचन गर्ने ठाउँ वा कोठो; वाचनालय।
79391 वाचनालय ना. जनसाधारणले पत्रपत्रिका आदि पढ्ने वा हेर्ने ठाउँ।
79392 वाचनिक वि. १. वचनसित सम्बन्ध भएको; वचनको।
79393 वाचनिक वि. २. शब्दमा अभिव्यक्त; मौखिक।
79394 वाचयिता वि. पाठ गर्ने; बाच्ने; वाचक।
79395 वाचस्पति ना. १. वाणीका स्वामी।
79396 वाचस्पति ना. २. राम्ररी बोल्न सक्ने व्यक्ति; सुवक्ता।
79397 वाचस्पति ना. ३. देवताका गुरु बृहस्पति।
79398 वाचस्पति ना. ४. ब्रह्मा।
79399 वाचा ना. १. प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल;किरिया।
79400 वाचा ना. २. वचन; बोली; वाणी।