Dictionary

All Word

79501 वादक वि. २. बाजा बजाउने।
79502 वादक मण्डली ना. वादकहरूको समूह वा डफ्फा।
79503 वादग्रस्त वि. निरूपण वा निश्चय भइनसकेको; विवादास्पद।
79504 वादन ना. १. बाजा बजाउने काम; बजाइ।
79505 वादन ना. २. वाद्ययन्त्र; बाजा।
79506 वादप्रतिवाद ना. कुनै विषयमा परस्परको बहस; वादविवाद; शास्त्रार्थ।
79507 वादविवाद ना. १. कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल; तर्कवितर्क; विचारविमर्श; खण्डनमण्डन; वाक्प्रतियोगिता।
79508 वादविवाद ना. २. भनाभन; बाझाबाझ।
79509 वादविवाद प्रतियोगिता ना. नियमअनुसार पक्षविपक्ष दुई समूहमा विभाजित भई कुनै विषयमा तर्कयुक्त रूपमा बोल्ने र बाजी जित्ने काम।
79510 वादव्यय ना. देवानी मुद्दामा वादीले फिरादपत्रसाथ अदालतमा दाखिल गर्नुपर्ने सवालअनुसारको दस्तुर; कोर्टकी।
79511 वादा ना. १. सरसापटी लिएको नगदी वा जिन्सी फर्काउने अवधि; म्याद।
79512 वादा ना. २. कुनै कुरा पूरा गर्ने कबुल; प्रतिज्ञा; करार।
79513 वादानुवाद ना. १. कुनै विषयको उक्ति र उत्तर; दोषारोपण तथा त्यसको बचाउका निम्ति दिइने उत्तर।
79514 वादानुवाद ना. २. वादविवाद; शास्त्रार्थ।
79515 वादित्र ना. बाजा; वाद्य।
79516 वादी ना. १. कसैका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने व्यक्ति; उजुरवाला व्यक्ति।
79517 वादी ना. २. फिरादपत्र; नालिस।
79518 वादी ना. ३. रागमा मुख्य रूपले प्रयुक्त हुने स्वर।
79519 वादी ना. ४. बाजा बजाउने व्यक्ति; वाद्यवादक। वि.
79520 वादी ना. ५. कुनै वादमा लाग्ने वा सिद्धान्तविशेषको अनुयायी (जस्तै- अध्यात्मवादी, भौतिकवादी, समाजवादी इ.)।
79521 वादी ना. ६. कुनै कुरा बोल्ने; भन्ने।
79522 वादी ना. ७. कलह वा झगडा गर्ने।
79523 वादी ना. ८. न्याय माग्न जाने। स्त्री. वादिनी।
79524 वादी वि. सर्दी गर्ने; वायुकारक।
79525 वाद्य ना. १. रेटेर, फुकेर वा ठोकेर बजाइने सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकालिने सामग्री; बाजा।
79526 वाद्य ना. २. कथन; भाषण।
79527 वाद्यगोष्ठी ना. सङ्गीतका सुरिला स्वर निकाल्ने र मधुर ताल दिने नानाथरी बाजा वा ती बाजाहरूको वादनसम्बन्धी कार्यक्रमको भेला।
79528 वाद्यवादन ना. बाजा बजाउने काम; बाजाबजाइ।
79529 वाद्यसङ्गीत ना. बाजाहरूबाट उत्पन्न हुने स्वरयुक्त सङ्गीत।
79530 वाधक वि. हे. बाधक।
79531 वाधा ना. हे. बाधा।
79532 वाधित वि. बाधित।
79533 वान् प.स. भएको, हुने आदि अर्थ जनाउने आबद्ध रूप (जस्तो- गुणवान्, मूल्यवान्, रूपवान् इ.)।
79534 वान ना. १. वनसम्बन्धी वनको
79535 वान ना. २. सुकाइएको।
79536 वान ना. ३. बगेको। ना.
79537 वान ना. ४. सुकाइएको वा सुकेको फल।
79538 वान प्रत्य. शब्दका पछाडि गाँसिएर जोगाउने, देखाउने, चलाउने, हाँक्ने आदि अर्थ जनाउने रूप (जस्तै- गाडावान, दरवान, मेहरवान इ.)।
79539 वानप्रस्थ ना. १. वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम।
79540 वानप्रस्थ ना. २. त्यस आश्रममा प्रवेश गरेको व्यक्ति।
79541 वानप्रस्थी वि. वानप्रस्थमा रहेको; वानप्रस्थसम्बन्धी।
79542 वानप्रस्थ्य ना. वानप्रस्थमा रहेको स्थिति वा अवस्था।
79543 वानर ना. मानव जस्तै देखिने, रुखमा विचरण गर्ने प्रसिद्ध स्तनपायी प्राणी; बाँदर; कपि; मर्कट।
79544 वानर पुछ्रे ना. बाँदरपुछ्रे।
79545 वानर सदृशानुगण ना. १. वानरजस्ता प्राणीको समूह।
79546 वानर सदृशानुगण ना. २. अपुच्छख्यातचतुष्क र उत्थित नरवानर।
79547 वानर सदृशानुगण ना. ३. मानवगुणका दुई प्रवृत्तिमध्ये एक।
79548 वानरानुगण ना. १. नृतत्त्वको प्राथमिक वर्ग।
79549 वानरानुगण ना. २. निशाकपि अनुगण, कूर्चमर्कट अनुगण र नरवानरानुगणको समूह।
79550 वानरी वि. १. वानरसम्बन्धी; वानरको। ना.