Dictionary

All Word

79651 वारदात ना. २. हिंसापूर्ण घटना; मारपिट।
79652 वारदात ना. ३. हुलदङ्गा।
79653 वारपार ना. १. नदी वा सडक आदिका दुवैतर्फका किनार; वारि र पारि।
79654 वारपार ना. २. थालेका कामको सफल वा असफल परिणाम; कामकुराको टुङ्गो। क्रि.वि.
79655 वारपार ना. ३. वल्लो किनारादेखि पल्लो किनारातक।
79656 वारपार ना. ४. एकातिरबाट अर्कोतिरसम्म।
79657 वारपार ना. ५. एक छेउदेखि अर्को छेउसम्म।
79658 वारब्यार ना. १. लेनदेनसँग सम्बन्धित व्यवहार; बरबेबहार।
79659 वारब्यार ना. २. आवतजावत; मेलमिलाप।
79660 वारवनिता ना. परपुरुषसँग अनैतिक सम्पर्क राख्ने स्त्री; वेश्या।
79661 वारवार क्रि.वि. धेरै पल्ट; अनेक पटक; धेरै चोटि बारम्बार।
79662 वारस्त्री ना. वेश्या।
79663 वाराङ्गना ना. वारस्त्री; वेश्या।
79664 वाराणसी ना. वरुणा र असी नदीका माझमा रहेको र गङ्गाका तटमा स्थित भारतको एक नगरी; बनारस; काशी
79665 वाराणसेय वि. वाराणसीसँग सम्बन्धित; वाराणसीको।
79666 वारासिङ्गोली ना. साधारण उचाइका र कपुरका जस्ता वासनायुक्त पात हुने, झुप्पामा फूल फुल्ने, पश्चिम नेपालको पनि प्रायः हिमाली भेगमा पाइने एक रुख।
79667 वाराह ना. १. वराह; बनेल।
79668 वाराह ना. २. विष्णुका दश अवतारमध्ये तेस्रो अवतार। वि.
79669 वाराह ना. ३. वराहसम्बन्धी; वराहको।
79670 वाराहकन्द ना. वनमा पाइने कन्दमूलविशेष (गिठो, भ्यागुर, वाराहीकन्द)।
79671 वाराहकल्प ना. तिस कल्पमध्ये एक कल्प; वर्तमान कल्प।
79672 वाराहक्षेत्र ना. सुनसरी जिल्लामा अवस्थित ऐतिहासिक तीर्थस्थल।
79673 वाराहपुराण अठार महापुराणमध्ये वराह अवतारको वर्णन गरिएको एक पुराण।
79674 वाराही ना. १. पोथी बनेल; भुनी।
79675 वाराही ना. २. वराहरूप लिने विष्णुको शक्ति।
79676 वाराही ना. ३. पृथ्वी।
79677 वाराहकन्द ना. हे. वाराहकन्द।
79678 वारि ना. यो. १. नदी, सडक आदिको आफू भएतर्फको किनारमा; नदी आदिको वल्लो तीरमा। ना.
79679 वारि ना. यो. २. आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार।
79680 वारि ना. १. पानी; जल।
79681 वारि ना. २. वर्षा; झरी।
79682 वारिज ना. १. कमल।
79683 वारिज ना. २. शङ्ख। वि.
79684 वारिज ना. ३. पानीमा उत्पन्न हुने।
79685 वारित्त वि. १. रोक लगाइएको; मनाही गरिएको; निषिद्ध।
79686 वारित्त वि. २. छेकिएको; रोकिएको।
79687 वारित्त साहित्य ना. सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्नगराउन वा पढ्नपढाउन मनाही गरिएको साहित्य; सरकारबाट प्रतिबन्धित साहित्य।
79688 वारिद ना. पानी बर्साउने तत्त्व; जलद; बादल।
79689 वारिनिधि ना. समुद्र।
79690 वारिपारि ना. यो. नदी वा सडक आदिको वल्लो र पल्लो किनारमा; वारि र पारि; वारपार।
79691 वारिस ना. १. उत्तराधिकारी।
79692 वारिस ना. २. मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति; प्रतिनिधि; वारेस।
79693 वारिस ना. ३. मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न पाउने व्यक्ति; हकदार।
79694 वारिसनामा ना. १. कुनै कामकुराका लागि वा मुद्दामामिलाको पैरबी गर्नाका लागि वारिस पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागतपत्र वा लिखत; वारेसनामा; अख्तियारनामा।
79695 वारिसनामा ना. २. उत्तराधिकारपत्र।
79696 वारिसपत्र ना. वारिसनामा।
79697 वारी प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिएर आउने एक तद्धितप्रत्यय । (जस्तो- महिनावारी, मास्केवारी, फाँटवारी, रखवारी आदि)।
79698 वारुण वि. १. वरुणसँग सम्बन्धित । ना.
79699 वारुण वि. २. पानी; जल।
79700 वारुण वि. ३. सिब्लिकानको रुख वा पात।