Dictionary

All Word

79701 वारुणपदक ना. २०२३ साल जेठ १० गते स्व. श्री ५ महेन्द्रबाट संस्थापित, अविच्छिन्न पन्ध्र वर्षसम्म वारुणयन्त्रमा काम गर्ने कर्मचारीलाई प्रदान गरिने पद।
79702 वारुणयन्त्र ना. भवन, कार्यालय आदिमा आगलागी हुँदा पानीको फोहरा फ्याँकेर सो आगो निभाउने यान्त्रिक उपकरण; दमकल।
79703 वारुणी ना. १. वरुण देवताकी पत्नी।
79704 वारुणी ना. २. पश्चिम दिशा।
79705 वारुणी ना. ३. मदिरा; रक्सी।
79706 वारुणी ना. ४. दुबो। ५ .शतभिषा नक्षत्रयुक्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग।
79707 वारेन्ट ना. १. कुनै अपराधीलाई पक्रन सम्बन्धित अड्डा वा कार्यालयबाट मातहतका कर्मचारीलाई सुम्पिएको अधिकारपत्र।
79708 वारेन्ट ना. २. कुनै अपराधीका नाउँमा फौजदारी अड्डाबाट जारी गरिएको पक्राउपुर्जी; एक किसिमको समाह्वान वा समन।
79709 वारेन्ट ना. ३. कुनै व्यक्तिलाई तोकिएको रकम भुक्तान गर्न रुपियाँ झिक्नेबाट गरिएको आदेश।
79710 वारेन्टी ना. १. कुनै तथ्यको विवरण सत्य छ भन्ने प्रतिज्ञा।
79711 वारेन्टी ना. २. वारन्ट पाउने व्यक्ति।
79712 वारेस ना. हे. वारिस।
79713 वारेसनामा ना. वारिसनामा; मन्जुरीपत्र।
79714 वार्ड ना. १. संरक्षण; रेखदेख।
79715 वार्ड ना. २. प्रशासनिक र विकास आदि काम गर्न सुविधा हुने गरी छुट्ट्याइएको भूभाग; सीमित इलाका।
79716 वार्ड ना. ३. छात्रावास, अस्पताल, जेल आदिको खण्ड वा विभाग।
79717 वार्ड समिति ना. प्रशासन वा चुनाव आदिको सुविधाका दृष्टिले नगर वा गाउँको सानो एकाइ वार्डमा गठित वा निर्वाचित व्यक्तिहरूको समिति।
79718 वार्डेन ना. १. संरक्षक।
79719 वार्डेन ना. २. छात्रावासको रेखदेख गर्न खटिएको अधिकारी।
79720 वार्णिक वि. १. वर्ण वा अक्षरसँग सम्बन्धित; वर्णको।
79721 वार्णिक वि. २. लेखक।
79722 वार्णिक छन्द ना. वर्ण वा अक्षरको लघुगुरु गणना गरिने शास्त्रीय छन्द; वर्णवृत्त।
79723 वार्ता ना. १. दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी; बातचित।
79724 वार्ता ना. २. वृत्तान्त; हालखबर; समाचार।
79725 वार्ता ना. ३. हल्ला; जनश्रुति।
79726 वार्ता ना. ४. विषय; प्रसङ्ग। ५ वर्ण- व्यवस्थाअनुसार वैश्यजातिले अँगाल्ने आजीविका; वैश्यवृत्ति; वैश्यकर्म।
79727 वार्तालाप ना. कुराकानी; वार्ता।
79728 वार्तावाहक ना. सन्देशवाहक; समाचार पुर्‍याउने दूत।
79729 वार्त्तिक ना. १. कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र। (पाणिनिको 'अष्टाध्यायी' व्याकरणमाथि कात्यायनले वार्तिक-ग्रन्थको रचना गरेका हुन् )।२. खेती गर्ने व्यक्ति; किसान।
79730 वार्त्तिक ना. ३. व्यापारी; बनियाँ।
79731 वार्त्तिक ना. ४. जासुस। वि.
79732 वार्त्तिक ना. ५. वार्त्तासम्बन्धी; खेती वा उद्योगसँग सम्बन्धित।
79733 वार्द्धक ना. १. बुढ्याइँ; बुढौली; वृद्धत्ता।
79734 वार्द्धक ना. २. वृद्धताका कारणले निर्धो भएको व्यक्ति।
79735 वार्द्धक ना. ३. वृद्धहरूको समुदाय वा मण्डली।
79736 वार्द्धक्य ना. १. वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली।
79737 वार्द्धक्य ना. २. बढ्ती; वृद्धि।
79738 वार्षिक वि. १. सालको कुनै विशिष्ट तिथि, गते वा पर्वसँग सम्बन्धित; वर्षवर्षको।
79739 वार्षिक वि. २. हरेक साल हुने वा गरिने।
79740 वार्षिक श्राद्ध १. पितृको मृत्युतिथिमा प्रतिवर्ष गरिने एकोद्दिष्ट श्राद्ध।
79741 वार्षिक श्राद्ध २. मृत व्यक्तिको वर्ष दिन पुगेपछि आशौचमुक्त हुन छोराहरूबाट गरिने वार्षिक श्राद्ध; बर्खी।
79742 वार्षिक परीक्षा ना. विद्यालयहरूबाट वार्षिक सत्रको अन्तमा हरेक वर्ष लिइने परीक्षा।
79743 वार्षिक प्रतिवेदन ना. सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरूले वर्ष दिनसम्म भएगरेको कामकुराको जाहेरी; हरेक सालको अन्तमा दिइने विवरण।
79744 वार्षिक रिपोर्ट ना. वार्षिक प्रतिवेदन।
79745 वार्षिक विवरण ना. वर्षभरि गरिएका कामकारवाईको बेहोरा वा नालीबेली।
79746 वार्षिक सभा ना. हरेक वर्ष निश्चित दिनमा गरिने बैठक।
79747 वार्षिक हरहिसाब ना. कुनै संस्था वा कार्यालय आदिको सालभरिको आम्दानीखर्चको हिसाबकिताब।
79748 वार्षिकी ना. १. हरेक साल नियमित रूपले गरिने वा गर्नुपर्ने काम। (कुनै स्मारक कार्य, श्राद्ध आदि)।
79749 वार्षिकी ना. २. बर्सेनि हुने कुनै प्रकाशन। वि.
79750 वार्षिकी ना. ३. वर्षा ऋतुको; वर्षा ऋतुसँग सम्बन्धित।