Dictionary

All Word

79851 वास्तुकर्म ना. नयाँ घरमा सर्दा गरिने माङ्गलिक काम; घरपैँचो।
79852 वास्तुकला ना. भवननिर्माण गर्ने शिल्प वा कालिगडी।
79853 वास्तुकार ना. भवननिर्माणको पेसा अँगाल्ने व्यक्ति; इन्जिनियर।
79854 वास्तुदेवता ना. भवनका इष्ट देवता; गृहदेवता।
79855 वास्तुविज्ञान ना. भवननिर्माणको प्रविधि; वास्तुविद्या।
79856 वास्तुविद्या ना. भवन बनाउने शास्त्र; वास्तुकला; गृहनिर्माणको शास्त्र।
79857 वास्तुशान्ति ना. नयाँ घरमा प्रवेश गर्दा गरिने शान्तिस्वस्ति आदि मङ्गलकार्य।
79858 वास्तुशास्त्र ना. वास्तुविद्या।
79859 वास्ते ना. यो. लागि; निम्ति; खातिर।
79860 वास्सा ना. हे. बास्सा।
79861 वाह वि.बो. १. राम्रो काम गर्नेलाई स्याबासी दिँदा वा तारिफ गर्दा प्रयोग गरिने शब्द; धन्य।
79862 वाह वि.बो. २. खराब काम गर्नेलाई व्यङ्ग्यपूर्वक भनिने तिरस्कारसूचक शब्द।
79863 वाह वि. १. शब्दको पछाडि जोडिएर बोक्ने, लैजाने, ओसार्ने आदि अर्थ बुझाउने पद। (जस्तो- वारिवाह, जलवाह आदि )। ना.
79864 वाह वि. २. परिआएको बखत डोली, भारी आदि बोक्ने एक प्रकारको रकम।
79865 वाह वि. ३. लैजाने काम; ओसार्ने काम।
79866 वाह वि. ४. बोक्ने साधन; ओसार्ने वस्तु; यान।
79867 वाह वि. ५. मानिसलाई बोकी ओसार्ने हात्ती, घोडा, गोरु आदि पशु।
79868 वाहक वि. १. बोकेर पुऱ्याउने; काँधमा वा पिठिउँमा बोकी हिँड्ने।
79869 वाहक वि. २. रथ, गाडा आदि चलाउने; चालक; हँकुवा; ड्राइभर। ना.
79870 वाहक वि. ३. भारी बोक्ने पेसा गरी जीविका गर्ने व्यक्ति; भरिया।
79871 वाहक वि. ४. सबारी हाँक्ने व्यक्ति (सारथि, सबार, ड्राइभर इ.)।
79872 वाहन ना. १. मानिस चढेर हिँड्ने सजीव वा निर्जीव साधन; सामान ओसार्ने यान; सवारी; यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)।
79873 वाहन ना. २. बोकेर लग्ने काम; ओसार्ने काम।
79874 वाहन ना. ३. भारी बोकेर लग्ने पशु वा अन्य साधन।
79875 वाहवाह वि.बो. १. राम्रो काम गर्दा वा चित्तबुझ्दो काम देख्दा भनिने प्रशंसासूचक शब्द; धन्यधन्य।
79876 वाहवाह वि.बो. २. खराब वा निन्दनीय काम गर्नेलाई व्यङ्ग्यपूर्वक तिरस्कार गरेर भनिने शब्द।
79877 वाहवाही ना. वाहवाह भन्ने भाव वा किसिम; प्रशंसा; तारिफ।
79878 वाहान्चोट ना. हे. बान्चोट।
79879 वाहिनी ना. १. देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज।
79880 वाहिनी ना. २. उहिलेको सेनाको एक विभाग। (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन् )। वि.
79881 वाहिनी ना. ३. वाहित गर्ने; लग्ने; बगाउने (जस्तो- उत्तरवाहिनी, रक्तवाहिनी आदि)।
79882 वाहियात वि. १. नचाहिँदो; अनावश्यक; फजुल।
79883 वाहियात वि. २. काम नलाग्ने; रद्दी; निकम्मा। क्रि.वि.
79884 वाहियात वि. ३. विनाकारण; निष्प्रयोजन; नाहक।
79885 वाहियाती वि. वाहियात।
79886 वाही वि. १. मालमत्ता बोक्ने; ओसार्ने; वाहक।
79887 वाही वि. २. बग्ने; बगाउने; बहाउने
79888 वाहु ना. पाखुरा; बाहु।
79889 विंश ना. बिस।
79890 विंशतितम वि. बीसौँ।
79891 वि उप. अनेकता, निषेध, विशेषता, प्रतिकूलता आदि बुझाउन मूल शब्दका अगाडि जोडिने उपसर्ग (जस्तो- विपर्याय, विनियोजन, विरोध, विभाग इ.)।
79892 विकट वि. १. डरलाग्दो; भयङ्कर; भीषण।
79893 विकट वि. २. अप्ठेरो; कठिन; मुस्किल।
79894 विकट वि. ३. जान वा पुग्न नसकिने; दुर्गम।
79895 विकट वि. ४. बडेमाको; नसुहाउँदो; भद्दा
79896 विकट वि. ५. ज्यादै नराम्रो; कुरूप।
79897 विकट वि. ६. घमन्डी; गर्विलो; अभिमानी।
79898 विकट वि. ७. रिसले आँखीभौँ तन्केको; रिसाहा।
79899 विकत्थन ना. आफ्नो पौरख वा यस्तै साहसिक कामबारे स्वयं तारिफ गर्ने आदत; मिथ्या प्रशंसा।
79900 विकम्पन ना. १. थुरथुर काँप्ने काम; कँपाइ; प्रकम्पन।