Dictionary

All Word

79951 विकसन ना. १. फूलको कोपिला अवस्थाबाट फक्रेको अवस्थामा पुग्ने काम; प्रफुल्लता।
79952 विकसन ना. २. अगाडि बढ्ने काम; उन्नति।
79953 विकसित वि. १. फक्रेको; फुलेको; प्रफुल्ल।
79954 विकसित वि. २. खुसी भएको; प्रसन्न।
79955 विकसित वि. ३. वृद्धि भएको; हल्केको।
79956 विकस्वर वि. १. फुलेको; विकसित।
79957 विकस्वर वि. २. चम्किलो; टलकदार; झलमलाउँदो। ना.
79958 विकस्वर वि. ३. विशेष कुरालाई सामान्य कुराले पुष्टि गर्दा पर्ने एक काव्यालङ्कार।
79959 विकार ना. १. कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण।
79960 विकार ना. २. बिग्रेको स्थिति; खराब भएको अवस्था।
79961 विकार ना. ३. अदलबदल; हेरफेर; परिवर्तन।
79962 विकार ना. ४. पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली।
79963 विकार ना. ५. अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम।
79964 विकार ना. ६. अरुलाई जानेर वा नजानेर बिगार गर्ने काम।
79965 विकारी वि. १. कुनै किसिमको विकार पैदा भएको; विकारयुक्त।
79966 विकारी वि. २. बदलिने स्वभावको; परिवर्तनशील।
79967 विकारी वि. ३. मनमा राग, द्वेष आदि विकार उत्पन्न भएको। ना.
79968 विकारी वि. ४. साठी संवत्सरमध्येको एक संवत्सर।
79969 विकाश ना. १. देखाउने काम; प्रकटीकरण; प्रदर्शन।
79970 विकाश ना. २. उज्यालो; प्रकाश; चहक।
79971 विकाश ना. ३. फैलावट; विस्तार।
79972 विकाश ना. ४. बढ्ती; वृद्धि।
79973 विकाश ना. ५. आकाश।
79974 विकाश ना. ६. आकाङ्क्षा; उत्सुकता।
79975 विकाशी वि. १. प्रकट हुने; देखिने।
79976 विकाशी वि. २. फुल्ने; खुल्ने।
79977 विकास ना. १. क्रमशः बढ्दै वा सुध्रिदै गएको स्थिति; उन्नति।
79978 विकास ना. २. उत्तरोत्तर प्रगति; क्रमिक परिवर्तन।
79979 विकास ना. ३. हुर्केको वा सप्रेको अवस्था; वृद्धि।
79980 विकास ना. ४. फूल आदिको फुलाइ।
79981 विकास ना. ५. विस्तार; फैलावट।
79982 विकास ऋण ना. सरकारका तर्फबाट अनुमतिप्राप्त ब्याङ्क वा संस्थाबाट विकासखर्चका लागि निर्धारित समयमा फिर्ता दिने प्रतिज्ञापनसहित तोकिएको ब्याज दिने गरी उठाइने ऋण।
79983 विकास कार्य ना. देशको विकास वा उन्नति गर्ने काम; निर्माणकार्य।
79984 विकास खर्च ना. विकासका कार्यमा गरिने सरकारी खर्च।
79985 विकास बजेट ना. विकासका कार्यहरूसँग सम्बन्धित बजेट; विकास -योजनासम्बन्धी आयव्यय।
79986 विकासमूलक वि. विकासलाई प्रमुख प्राथमिकता दिइएको; विकास नै प्रधान लक्ष्य भएको।
79987 विकास योजना ना. देशको चौतर्फी विकासका लागि अल्पकालीन वा दीर्घकालीन अवधि तोकेर सरकार वा सम्बद्ध निकायबाट गरिने नीति-तर्जुमा वा पूर्वयोजना।
79988 विकासवाद ना. एउटै मूल तत्त्वबाट वनस्पति, वृक्ष, जीवजन्तु आदि क्रमशः बढ्दै आएका हुन् भन्ने एक वैज्ञानिक सिद्धान्त; डार्बिनद्वारा प्रतिपादित प्राणीहरूको उत्पत्ति र विकाससम्बन्धी भौतिक सिद्धान्त।
79989 विकासवादी वि. विकासवादको अनुयायी।
79990 विकासशील वि. क्रमश: विकास हुँदै गएको।
79991 विकासित वि. १. फैलाइएको; विस्तारित।
79992 विकासित वि. २. फुलेको; विकसित।
79993 विकासित वि. ३. देखाइएको; प्रदर्शित।
79994 विकासी वि. १. विकास हुने वा गर्ने; विकास भएको; विकसित।
79995 विकासी वि. २. विकास गराउने।
79996 विकासी वि. ३. विकासशील।
79997 विकासे वि. वैज्ञानिक प्रविधिबाट विकास गरिएको; उन्नत।
79998 विकासोन्मुख वि. १. विकासकार्यमा अघि सरेको; भर्खरभर्खर विकास हुन लागेको; विकासतिर लम्केको (देश)।
79999 विकासोन्मुख वि. २. अविकसित र विकसित अवस्थाको दोसाँधमा रहेको; अल्पविकसित।
80000 विकिरण ना. १. छर्ने वा फिँजाउने काम।