Dictionary

All Word

80101 विगत वि. ५. नभएको; रहित; विहीन।
80102 विगतराग वि. सांसारिक मायामोह नभएको; राग वा वासना छुटेको; विरक्त।
80103 विगति ना. खराब गति; दुर्गति; दुर्दशा।
80104 विगलन ना. १. पग्लने वा गल्ने काम; द्रवीभवन।
80105 विगलन ना. २. चुहुने काम; क्षरण।
80106 विगलन ना. ३. कमजोरी; शिथिलता।
80107 विगलनशीलता ना. पग्लने वा गल्ने स्वभाव।
80108 विगलित वि. १. चुहिएको; तप्केको।
80109 विगलित वि. २. पग्लेको; गलेको।
80110 विग्रह ना. १. छुट्ट्याउने काम; अलग्ग्याउने काम।
80111 विग्रह ना. २. कलह; झगडा; विद्वेष।
80112 विग्रह ना. ३. टुक्रा; खण्ड; विभाग।
80113 विग्रह ना. ४. व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नाका निम्ति तिनलाई अलगअलग पार्ने वा छुट्ट्याउने काम।
80114 विग्रह ना. ७. राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक।
80115 विग्रह ना. ८. आकार; रूप; आकृति।
80116 विग्रही वि. १. झगडा गर्ने; झगडिया।
80117 विग्रही वि. २. प्राणी; शरीरी।
80118 विग्रही वि. ३. छुट्ट्याउने; अलग्याउने।
80119 विघटन वि. १. कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी।
80120 विघटन वि. २. नाश; खतम; समाप्ति।
80121 विघटन वि. ३. अलगअलग पार्ने काम; छुट्ट्याउने काम।
80122 विघटन वि. ४. तहसनहस पार्ने काम।
80123 विघटन वि. ५. फोर्ने वा तोड्ने काम।
80124 विघटित वि. १. विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि)।
80125 विघटित वि. २. अलग्याइएको; छुट्ट्याइएको।
80126 विघटित वि. ३. तहसनहस पारिएको; छिन्नभिन्न गरिएको।
80127 विघटित वि. ४. तोडफोड गरिएको; फोरिएको।
80128 विघट्टन ना. १. घोट्ने वा रगड्ने काम; पिँधाइ।
80129 विघट्टन ना. २. उघार्ने वा खोल्ने काम।
80130 विघट्टन ना. ३. अलग्याउने वा छुट्ट्याउने काम।
80131 विघट्टनीय वि. विघट्टन गर्न योग्य।
80132 विघत ना. १. दुष्ट्याइँ; उपद्रो।
80133 विघत ना. २. नोक्सानी; हानि।
80134 विघात ना. १. घाउखटिरा; आघात।
80135 विघात ना. २. हत्या; वध; मार।
80136 विघात ना. ३. टुक्र्याउने काम; छिन्नभिन्न गराउने कार्य।
80137 विघात ना. ४. रोक्ने प्रयास; बचावट।
80138 विघाती १. बाधा पुर्‍याउने; काम पूरा हुन नदिने; प्रतिबन्धक।
80139 विघाती २. हत्यारा; घातक।
80140 विघ्न ना. १. कुनै कामको थालनीमा वा बिचमा सो काम नै विथोल्ने गरी आइपरेको घटना; अपशकुन।
80141 विघ्न ना. २. वाधा अड्चन, अड्काउ; रोकावट।
80142 विघ्न ना. ३. विरोध; शत्रुता।
80143 विघ्नकारी वि. विघ्न पुऱ्याउने; उपद्रव गर्ने, काम बिथोल्ने।
80144 विघ्नविघात ना. विघ्नवाधालाई हटाउने काम, वाधा अड्काउको निराकरण।
80145 विचक्षण ना. १. कुनै विषयको विशेषज्ञ; निपुण।
80146 विचक्षण ना. २. बुद्धिमान्; चतुरो; चलाक।
80147 विचक्षण ना. ३. ज्ञानगुन भएको; विद्वान्; पण्डित।
80148 विचक्षण ना. ४. चम्किलो; चहकदार।
80149 विचक्षणता ना. विचक्षण हुनाको भाव वा स्थिति; वैचक्षण्य।
80150 विचयन ना. १. जम्मा गर्ने काम; एकत्र गर्ने क्रिया।