Dictionary

All Word

80251 विच्छेद ना. ४. बिछोड; वियोग।
80252 विच्छेद ना. ५. बरबादी; नाश; खतम।
80253 विच्छेदक वि. छिन्नभिन्न पार्ने; टुक्र्याउने; सम्पर्क टुटाउने।
80254 विच्छेदन ना. १. प्वाल पार्ने वा छेड्ने काम; रोपण।
80255 विच्छेदन ना. २. काटेर टुक्र्याउने वा छुट्ट्याउने काम।
80256 विच्छेदन ना. ३. बिछोड; अलग्याइ; वियोग।
80257 विच्छेदन ना. ४. चट्टान फस्रिने चाल।
80258 विच्छेदनीय/ विच्छेद्य वि. काटेर एकएक गरी टुक्र्याउन लायक; छुट्ट्याउन योग्य।
80259 विजन वि. १. केही पनि नभएको; निर्जन।
80260 विजन वि. २. कोलाहल नभएको; मानिसको आवागमन नहुनाले हल्ला नभएको; एकान्त। ना.
80261 विजन वि. ३. निर्जन ठाउँ; एकान्त स्थल।
80262 विजय ना. १. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।
80263 विजय ना. २. वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी।
80264 विजय ना. ३. साठी संवत्सरमध्ये एक।
80265 विजयचिह्न ना. युद्ध; प्रतियोगिता आदिमा जित भएको चिनो; विजयको चिन्नल।
80266 विजय डिण्डिम हे. विजय दुन्दुभि।
80267 विजय दुन्दुभि ना. लडाइँका समयमा जित भएपछि बजाइने एक किसिमको प्राचीन बाजा।
80268 विजय पताका ना. लडाइँमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न।
80269 विजय मुहूर्त ना. १. काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण।
80270 विजय मुहूर्त ना. २. युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थानसमय।
80271 विजय यात्रा ना. शत्रुपक्ष वा यस्तै विपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान; प्रतियोगिता, युद्ध आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव।
80272 विजय लक्ष्मी ना. युद्ध आदिमा विजय दिलाउने देवी; विजयश्री।
80273 विजय शाल ना. ज्यादै बलियो काठ हुने एक जातको रुख; विजयसार।
80274 विजयश्री ना. विजयलक्ष्मी।
80275 विजयसार ना. विजयशाल।
80276 विजयसिद्धि ना. युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ; रणस्तम्भ; जयस्तम्भ।
80277 विजया ना. १. दुर्गा भवानी; देवी।
80278 विजया ना. २. दुर्गा वा पार्वतीकी सखी।
80279 विजया ना. ३. युद्ध आदिमा विजय प्राप्त गरेपछि मनाइने उत्सव; विजयोत्सव।
80280 विजया ना. ४. विजयादशमी; दसैँ।
80281 विजयादशमी ना. १. आश्विन शुक्ल दशमी।
80282 विजयादशमी ना. २. त्यस दिन नवदुर्गाको प्रसाद आदि लगाई हिन्दुहरूले मनाउने उत्सव; दसैँ; दसैँको टीकाको दिन।
80283 विजयाहोम ना. सन्न्यास लिँदा गर्नुपर्ने धार्मिक कर्म।
80284 विजयार्थी वि. विजय चाहने; जित्न इच्छुक।
80285 विजयास्त्र ना. युद्धमा विजय दिलाउने हतियार वा अस्त्र।
80286 विजयी वि. १. विजय प्राप्त गर्ने; जित्ने; विजेता। ना.
80287 विजयी वि. २. युद्ध, खेलकुद, वादविवाद आदिमा विजय प्राप्त गर्ने व्यक्ति।
80288 विजयोत्सव ना. १. विजय प्राप्त गरेपछि त्यस उपलक्ष्यमा मनाइने उत्सव; विजयको उल्लासमय वातावरण।
80289 विजयोत्सव ना. २. विजयादशमीका दिन मनाइने उत्सव; दसैँ।
80290 विजयोपहार ना. विजयको स्मृतिस्वरूप दिइने वा राखिने वस्तु, उपहार (सिल्ड, कप इ.)।
80291 विजल वि. १. पानी नभएको; जलरहित; निर्जल। ना.
80292 विजल वि. २. पानी नभएको अवस्था; वर्षाको अभाव; खडेरी; सुक्खा।
80293 विजल्प ना. १. साँचोझुटो वा भएनभएको उटपटाङ कुरा; बकवाद।
80294 विजल्प ना. २. दुष्टतापूर्ण कुराकानी; ईर्ष्यापूर्ण वार्तालाप।
80295 विजल्पित वि. १. भनिएको।
80296 विजल्पित वि. २. बकबक गरिएको।
80297 विजात वि. १. पैदा भएको; जन्मेको; उत्पन्न।
80298 विजात वि. २. जात नमिल्दा बाबुआमाबाट पैदा भएको; वर्णसङ्कर; ठिमाहा।
80299 विजात वि. ३. अर्कै रूपमा बदलिएको; परिवर्तित।
80300 विजाति वि. १. अर्कै जातको; भिन्न जातिको।