Dictionary

All Word

80401 वितर्कित वि. २. वादविवाद गरिएको।
80402 वितर्क्य वि. तर्क वा विचार गर्न लायक।
80403 वितल ना. हे. बितोल।
80404 वितल ना. १. पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पाताल)-मध्ये एक; पृथ्वीभन्दा मुनिको कल्पित लोक।
80405 वितल ना. २. कुनै ठाउँको ठिक उल्टो ठाउँ; प्रतिलोम।
80406 वितस्ति ना. बाह्र अङ्गुलको नापो; वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ता बराबरको परिमाण; बित्ता।
80407 वितह ना. १. तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप।
80408 वितह ना. २. अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ।
80409 वितान ना. १. पुगेजति फैलाउने काम; फैलावट; विस्तार।
80410 वितान ना. २. मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चँदुवा।
80411 वितान ना. ३. पाल।
80412 वितान ना. ४. मौका; अवसर। वि.
80413 वितान ना. ५. खाली; रित्तो; शून्य।
80414 वितान ना. ६. मूर्ख; बुद्धिहीन; शठ।
80415 विताल वि. ताल नमिलेको; बेतालको।
80416 वितुष वि. बोक्रा छोडाइएको; बोक्रा नभएको; भुस वा कसर फ्याँकिएको।
80417 वितृष्ण वि. तृष्णा वा तिर्सना नभएको; कामनामुक्त; निस्पृह।
80418 वितृष्णा ना. १. तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष।
80419 वितृष्णा ना. २. नराम्रो खालको तृष्णा।
80420 वित्त ना. १. धनमाल; जायजेथा; सम्पत्ति; अर्थ; ऐश्वर्य।
80421 वित्त ना. २. सामर्थ्य; शक्ति। वि.
80422 वित्त ना. ३. उपलब्ध; प्राप्त।
80423 वित्त ना. ४. परीक्षा गरिएको; जाँचिएको।
80424 वित्त आयोग ना. खर्चबर्च र अर्थसम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको समिति।
80425 वित्त प्रबन्धक ना. राज्यको आयव्यय, राजस्व आदिको समुचित रेखदेख र व्यवस्था मिलाउने सरकारी कर्मचारी।
80426 वित्तमन्त्री ना. अर्थमन्त्री। वित्त विधेयक- ना. प्रतिनिधिसभासमक्ष राखिने आयव्ययसम्बन्धी आर्थिक विधेयक।
80427 वित्तसचिव ना. अर्थसचिव।
80428 वित्तसाधन ना. राज्य वा संस्था आदिले नगद धन प्राप्त गर्ने भौतिक वस्तु।
80429 वित्तीय वि. वित्तसम्बन्धी; आर्थिक।
80430 वित्तीय विवरण ना. अर्थसम्बन्धी कारोबारको लेखाजोखा; वित्तसम्बन्धी विवरण।
80431 विद् वि. १. ज्ञाता; जान्ने; जानिफकार।
80432 विद् वि. २. विद्वान्; पण्डित।
80433 विद् वि. ३. शब्दको पछाडि गाँसिएर 'जान्ने; विज्ञ' आदि अर्थ बुझाउने शब्द ( जस्तो- नीतिविद्, शास्त्रविद्, शिक्षाविद् आदि)। ना.
80434 विद् वि. ४. ज्ञान; बुद्धि।
80435 विद् वि. ५. बुधग्रह।
80436 विदग्ध वि. १. ज्यादै डढेको; पोलिएको।
80437 विदग्ध वि. २. पकाइएको; पक्व।
80438 विदग्ध वि. ३. खाएर पचाइसकिएको; हजम पारिएको।
80439 विदग्ध वि. ४. उद्भट विद्वान्; पण्डित।
80440 विदग्ध वि. ५. रसरङ्गमा भुल्ने; रसिक; रसज्ञ।
80441 विदग्ध वि. ६. सिपालु; चतुर; निपुण।
80442 विदग्धता ना. विदग्ध हुनाको भाव वा स्थिति; पण्डित्याइँ; चातुर्य।
80443 विदग्धा ना. हावभावद्वारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री; भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका।
80444 विदर्भ ना. भारतको दक्षिण-पश्चिम राज्यमा पर्ने एक प्राचीन राज्य (अहिलेको बरारक्षेत्र)।
80445 विदल वि. १. चिराचिरा पारिएको; चिरिएको।
80446 विदल वि. २. पात नभएको; दलहीन।
80447 विदल वि. ३. फुलेको; प्रफुल्ल। ना.
80448 विदल वि. ४. बाँसको चोयाको टोकरी; बास्केट।
80449 विदल वि. ५. हाँगो। ६ .टुक्रो।
80450 विदल वि. ७. माड्ने वा दल्ने काम।